आइतबार १४ अगस्टको सिटी टु सर्फमा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ पर्यटन बोर्ड,दूतावासका साथै गैर आवासीय नेपाली सङ्घ र सामुदायिक सङ्घ संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
हरेक वर्ष मनाउने गरिएको यो परोपकारी फन रन वा रमाइलो दौडले कोभिड-१९ महामारीका कारण निरन्तरता पाएको थिएन।
उज्यालो कपडामा सजिएका भिडले हाइड पार्क देखि बोन्डाइ सम्मको दौडलाई पुरा गरेर ५० औँ संस्करण मनाएका छन्।
यस वर्ष ६० हजारले सहभागिता जनाएको आयोजकको भनाइ छ।
सो कार्यक्रममा नेपाली समुदायको उपस्थितिबारे गरिएको कुराकानी सुन्नुहोस्।