वाक् स्वतन्त्रताको उपयोग कि अभद्र वचनको प्रयोग?

Independent Senator David Leyonhjelm reacts during Senate Question Time in the Senate chamber during a ceremony at Parliament House in Canberra, Thursday, March 22, 2018. (AAP Image/Lukas Coch) NO ARCHIVING

Independent Senator David Leyonhjelm Source: AAP

स्वतन्त्र सांसद डेभिड ल्यानहल्मले, अस्ट्रेलियाको संसदमा अर्की एक महिला सांसदको नीजि जीबनको प्रसंग उठाई अभद्र वचन बोलेको कुराले पछिल्ला दिनहरुका समाचारमा प्रमुखता पाईरहेको छ। सांसद ल्यानहल्मले आफूले वाक् स्वतन्त्रताको प्रयोग गरेको बताए पनि अन्य धेरै संसदिय प्रतिनिधिहरुले भने उनको यस व्यवहारलाई अभद्रताको संज्ञा दिंदै उनले माफी माग्नु पर्ने बताउछन्।


 

ग्रीन्स पार्टिकी सांसद सेरा हान्सन योङ्गले आफूलाई लोग्नेमानिसहरुको पछि लाग्ने एक महिलाको रुपमा सांसद ल्यानहल्मले इंगित गरेको बताईन्।

उता, हान्सन योङ्गले लगाएको आरोप सहि भए पनि आफू यो कुरालाई लिएर माफी नमाग्ने सांसद ल्यानहल्मले बताएका छन्।उनले आफ्ना धारणा लिङ्गभेदमा आधारित नभएर, देशमा चलनचल्तिमा रहेको भाषा प्रयोग गरेको बताएका छन्।

सांसद हान्सन योङ्गले आफूले महिला भएकै कारणले बर्षौदेखि लिङ्गभेदी भनाईहरु सुन्दै आएको, र त्यसलाई बेवास्ता गर्ने गरेको खुलासा गरिन्। तर ल्यानहोल्मको यो पछिल्लो अशोभनिय भनाईले भने आफू अगाडि आउन बाध्य भएको उनले बताईन्।

संसद जस्तो गरिमामय ठाउँ एक महिला माथिआपत्तिजनक अभिव्याक्ति दिएकोमा, फ्रधानमन्त्री म्यालकम टर्नबुल लगायत धेरै प्रतिनिधिहरुले सांसद ल्यानहल्मले क्षमा माचना गर्नु पर्ने कुरा उठाएका छन्। सांसद ल्यानहल्म आफूले कुनै गल्ति नगरेको बताउदै, माफी नमाग्ने कुरामा अडिग रहेका छन्।

 यसैबिच, प्रधानमन्त्री टर्नबुलले- संसद लगायत सबै काम गर्ने ठाउहरुमा एक अर्काको सम्मान गर्नुपर्छ भनी बताउदै, सांसद ल्यानहल्मले आपत्तिजनक भाषा पर्योग गरेकाले- त्यसका लागि माफी माग्नु पर्छ भनी बताइ।

प्रधानमन्त्री टर्नबुल जस्तै, बिपक्ष नेता बिल शोर्टेनले पनि, सांसद ल्यानहल्मले आफूले बोलेको कुरा निकै अशोभनिय छ भनि बुझ्न आवश्यक रहेको बताउछन्।उनले पनि, बोलेको कुरालाई लिएर सांसद ल्यानहल्मले माफी माग्नु पर्ने बताए।

तर उता सांसद ल्यानहल्म माफी नमाग्ने कुरामा अडिग छन्। सांसद हान्सन योङ्गले सबै पुरुषहरु महिलाहरु बिरुद्ध हुने अपराधका भागिदारी हुन् भन्ने भावको अभिव्यक्ति दिएपछि मात्र आफूले उनको नीजि जीबनको कुरा उल्लेख गरेको बताए।

साथै उनले, फर्धानमन्त्री लगायत अन्य प्रतिनिधिहरुले पुरुषहरुको पनि हक, अधिकार रहेको छ भन्ने कुरा बुझ्न आवश्यक रहेको छ भनि जोड दिन्छन्।

 यसैबिच, सांसद हान्सन योङ्गले यो मानहानीको बिषयलाई लिएर अदालत जाने जानकारी दिएकी छिन्। महिला प्रतिनिधिहरुको संसदमा कमी भएर पनि यो समस्या आएको हुन सक्ने आशंका व्यक्त गर्दै, सांसद हान्सन योङ्गले- यो घटनाले महिलाहरुलाई संसदिय प्रतिनिधि हुन नरोक्ने कुरामा आफू आशावादी रहेको बताईन्।

 


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now