Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

उबर प्रयोग गर्दा लिली माथि यौन दुर्व्यवहार भयो - गुनासो गर्दा उनलाई एपबाट वञ्चित गरियो

Lily got an Uber after a night out with friends.
Lily got an Uber after a night out with friends. Source: SBS News

ब्रिसबेनकी एक महिलाले उबरको राइडसेयर प्रयोग गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको बताइन्। तर, उबरले आफ्नो गुनासो बारे उचित कदम नचालेको र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिइनु पर्ने उनी बताउँछिन्।


Published

Updated

By Lin Evlin

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


ब्रिसबेनकी एक महिलाले उबरको राइडसेयर प्रयोग गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको बताइन्। तर, उबरले आफ्नो गुनासो बारे उचित कदम नचालेको र यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिइनु पर्ने उनी बताउँछिन्।


चेतावनी: यौन दुर्व्यवहारको विवरण समावेश गरिएको छ 

नाम परिवर्तन गरिएकी ब्रिसबेनकी लिली आफ्नो ३८ औ जन्मदिन वर्षकै सबैभन्दा राम्रो दिन भएको बताउँछिन्। जन्मदिनका अवसरमा साथीहरू सँग खानपिन गरेपछि उनले घर जान उबर मगाइन् - र त्यस पश्चात् सबै कुरा खराब बने।

"मेरो रात निकै रमाइलो गरी बितेको थियो र म घर जाँदा उबर ड्राइभरसँग धेरै नै बोल्दै गर्दै थिएँ। मेरो घर आइपुग्यो, अनि उसले मलाई अनौठा प्रश्नहरू सोध्न थाल्यो - 'तिम्रो घरमा तिमी र तिम्रो छोरी मात्र बस्ने हो?' अनि 'आज राति तिम्रो छोरी कता छिन्?'", लिलीले एसबीएस न्युजसँगको कुराकानीमा बताइन्।

उनी प्यासेन्जर सिटमा बसेकी थिइन्। जब उनको घर आई पुग्यो, उबर ड्राइभरले आफ्नो गाडीको इन्जिन बन्द गरे।

"यति बेला मैले सोच्न थालेँ, 'अलि अप्ठेरो हुँदै छ'। उसले त्यसपछि आफ्नो सिट बेल्ट खोल्यो, अनि मैले सोचेँ, 'यो त एकदमै नै अप्ठेरो हुँदै छ' र मैले भने, 'अब म जानु पर्छ'।"

यति बेला ड्राइभरले उनलाई अंगालो मार्न खोजे। 

"फेरी मैले अप्ठेरो लाग्यो, तर मलाई लग्यो कि अँगालो हाले पछि उसले मलाई घर जान दिन्छ।"

"उसले त्यस पछि मलाई चुम्न खोज्यो...मैले मेरो टाउको अर्को तिर फर्काए अनि उसले मलाई हेर्दै अलमल परेर भन्यो, 'कम अन' अनि फेरी दोस्रो पटक प्रयास गर्‍यो। मैले 'नो' भने, अनि गाडीबाट बाहिर निस्केँ।"

"गाडीबाट निस्किए पछि म स्तब्ध भएँ, मलाई असाध्यै अप्ठेरो महसुस भयो।"

अर्को दिन उनले राइडसेयर कम्पनी उबरलाई यसका बारेमा जानकारी गराइन्। प्रारम्भमा कम्पनीले प्रयोगकर्ताको सुरक्षालाई गम्भीरताका साथ लिएको र यस घटनालाई होसियारीका साथ हेर्ने प्रतिक्रिया दियो।

त्यसको केही दिनमा उनले उबरबाट इमेल प्राप्त गरिन जहाँ उनलाई “यात्राका क्रममा अनुचित क्रियाकलापमा संलग्न भएको” भन्दै लागि अस्थायी रूपमा एप प्रयोगबाट रोकिएको थियो।

Correspondence from Uber to Lily
Uber blocked Lily's access to the app. Source: Supplied

यस विषयमा एसबीएसले उबर सँग प्रतिक्रिया माग्दा, व्यक्तिगत केसका विषयमा टिप्पणी नगर्ने जानकारी गराएको छ। कम्पनीले उक्त घटनामा ड्राइभरको एकाउन्ट बन्द गरियो या गरिएन भन्ने जिज्ञासाको प्रतिक्रिया दिन पनि मानेन।

एक विज्ञप्ति मार्फत उबरका प्रवक्ताले सवार व्यक्ति र चालकका बिच एक अर्का विरुद्ध सुरक्षा सम्बन्धी रिपोर्टहरू परे, दुवै पक्षको एकाउन्ट केही समयका लागि बन्द गरिने र विशेष टोलीले छानबिन गर्ने बताएको छ।

कम्पनीले आफूहरू सँग कानुनी सवालमा छानबिन गर्न एक टोली रहेको र उक्त टोलीले प्रहरीको अनुसन्धानमा २४ घण्टा सहयोग गर्न तैयार रहेको बताएको छ।

बियान्का फाइलबर्न युनिभर्सिटी मेलबर्नकी अपराध विषय भित्रको यौन हिंसा र उत्पीडन विषयकी लेक्चरर हुन्। उनी भन्छिन्,

“कम्पनीहरू नाफामा मात्र केन्द्रित भएको देखिन्छ,अस्ट्रेलियामा रहेका अन्य डेटिङ एपहरूले पनि खर्च कटाउनका लागि धेरै कुरा तेस्रो पक्षलाई ठेक्कामा दिएको देखिन्छ।”

डाक्टर फाइलबर्न र अन्य केही अनुसन्धानकर्ताहरूले मेलबर्नका एक सय भन्दा बढी राइडसेयर र ट्याक्सीमा तिनीहरू कत्तिको सुरक्षित छन् त भन्ने विषयमा अध्ययन गरेका छन्।

यसमा सहभागी अधिकांशले यौन हिंसाका घटना बढी भोगेको बताएका थिए। सहभागी आधाले छेड छाड र करिब ४६ प्रतिशतले आफ्नो शरीरका बारेमा विभिन्न तर्क गरेको अनुभव गरेका छन्।

डाक्टर फाइलबर्न यस अनुसन्धानलाई राष्ट्रिय स्तरमा लिएर जान चाहन्छिन् जहाँ ड्राइभर र ग्राहक दुवैले यस क्षेत्रमा हुने हिंसा र सुरक्षाका बारेमा आफ्नो अनुभव बताउनेछन्।

लिलीले यस विषयमा प्रहरीमा खबर गरेकी छन् र उनी उबरको प्रयोग आइन्दा कहिल्यै नगर्ने बताउँछिन्।

यदि तपाईँ वा तपाईंले चिनेको कोही व्यक्ति पारिवारिक, घरेलु या यौन हिंसाबाट प्रभावित भएका छन् भने, राष्ट्रिय यौन हमला, घरेलु र पारिवारिक हिंसा परामर्श सेवा १८०० रिस्पेक्टलाई १८०० ७३७ ७३२ मा फोन गर्न सकिनेछ, अथवा 1800RESPECT.org.au मा हेर्नुहोस्। विपद्को समयमा वा आपत्कालीन सहायताको लागि ००० मा फोन गर्नुहोस्।

क्वीनसल्याण्ड प्रहरीले यौन हिंसा भोगेका मानिसहरूलाई अघि सर्न प्रोत्साहित गर्दै के गर्न सकिन्छ भन्ने बारे यो अनलाइन गाइड तयार परेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now