Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

SBS Examines: अलपत्रमा रहेको जीवन

portrait of a woman in a blue jacket standing outside of the Department of Home Affairs protesting the fast track policy

Rathy Barthlote has been waiting 13 years for a permanent visa. Source: SBS / Olivia Di Iorio

हजारौँ शरणार्थीहरू अझै पनि सरकारले खारेज गरेको फास्ट-ट्र्याक भिसा प्रणालीमा अड्किएका छन्, उनीहरू धेरैले स्थायी बसोबासको लागि एक दशक भन्दा बढी समयदेखि कुरिरहेका छन्।


Published

Updated

By Olivia Di Iorio

Presented by Olivia Di Iorio, Sapana Phuyal

Source: SBS




Share this with family and friends


हजारौँ शरणार्थीहरू अझै पनि सरकारले खारेज गरेको फास्ट-ट्र्याक भिसा प्रणालीमा अड्किएका छन्, उनीहरू धेरैले स्थायी बसोबासको लागि एक दशक भन्दा बढी समयदेखि कुरिरहेका छन्।


सन् २०१५ मा सङ्घीय सरकारले भिसा प्रक्रियाको काम छिट्टो गर्न चाहनेहरूको लागि शुल्क सहितको फास्ट ट्याक प्रक्रिया सुरु गर्‍यो।

तर यो सही नभएको पाइयो । र यस वर्षको जुलाईमा, यस प्रक्रिया नै खारेज गरियो।

हजारौँ मानिसहरू अलपत्र अवस्थामा छन्।

उनीहरू आफूलाई फास्ट ट्र्याक भिसा प्रणालीको पीडित भन्छन्।

आफ्नो देशबाट भागेर आएका उनीहरूले यहाँ शरण मागेका बसेका हुन्। तर अझै अस्ट्रेलियाको स्थायी बसोबास वा पिआर कुरेर बसेका छन्।

उनीहरू गृह मामिला विभाग बाहिर प्रदर्शनमा छन्। फास्ट ट्र्याक भिसा प्रक्रियामा गइसकेका नौ हजार भन्दा धेरैलाई पिआर दिनुपर्ने उनीहरूको माग रहेको छ।

र्याथी ब्य्राटलोट उनीहरूमध्येको एक हुन्। उनी १३ वर्ष देखि कुरिरहेकी छन्।

हामी अलपत्र जीवन बाँचिरहेका छौँ।
र्याथी ब्य्राटलोट

हामी अलपत्र जीवन बाँचिरहेका छौँ।

उनी सन् २०२१३ मा श्रीलङ्काको तामिल नरसंहारबाट भागेर डुङ्गाबाट अस्ट्रेलिया आएकी हुन्। उनले युद्धमा बुबा र आफ्नो एक सन्तान गुमाइन्।

उनी २८ वर्षको उमेरमा आफ्नो श्रीमान् र दुई वर्षको छोरी सहित अस्ट्रेलिया आएकी हुन्।

पिआर पाएपछि मात्र र्याथी आफ्नो परिवारसँग भेट्न र अस्ट्रेलिया बाहिर जान पाउँछिन्।

मानव अधिकार कानुन केन्द्रको कानुनी निर्देशक सम्मति वर्मा विशेष गरी अध्यागमन कानुन हेर्छिन्।

उनी भन्छिन्, यो अवस्था र्याथीको मात्र होइन। फास्ट ट्र्याकले अध्यागमन विभागद्वारा आरक्षण भिसा रद्द भएकाहरूको आवेदन छिट्टो प्रक्रिया मार्फत पुन चेकजाँच गर्ने भनिएको थियो।

यसले शरण खोजिरहेका धेरैको भिसा रद्द भयो। विशेषगरी श्रीलङ्का र इरानबाट आउनेहरूको।

र्याथीले अदालतमा आफ्नो मुद्दामा सुनुवाइको लागि हजारौँ डलर तिरेकी छन्। उनले सन् २०२१ देखि यस मुद्दामा केही भएको छैन।

वर्मा भन्छिन्, "हजारौँ मानिसहरू अदालत र निर्णय पुनरावलोकन निकायबिच ओहोर-दोहर गर्दै वर्षै देखि कुरेर बसिरहेका छन्।"

एसबीएस एक्जामिन्सले गृह मामिला विभाग सँग कुराकानी गर्दा, सरकारले यसबारेमा मेरिटको आधारमा समीक्षा गरेर प्रक्रिया अघि बढाउन लागेको जानकारी गराएको छ।

प्रवक्ता भन्छन् कि यसमा पिआरको बाटो दिइएको छ।

सरकारको रिपोर्ट हेर्ने हो भने पनि धेरै मानिसहरू ब्रिजिङ भिसामा छन्। यस वर्षको अगस्ट सम्ममा ३ लाख २० हजार भन्दा धेरै ब्रिजिङमा छन्।

गृह मामिलाका प्रवक्ता भन्छन् कि, लामो समयदेखि अस्ट्रेलियामा बसिरहेका मानिसहरूलाई यही सुरक्षित जीवन निरन्तरता दिन सकुन् भनेर सरकारले उनीहरूको भिसा प्रक्रियालाई महत्वका साथ हेरेको छ।

र्याथी र उनको परिवार अस्ट्रेलियामा निश्चितता र सुरक्षा सहितको जीवनको पर्खाइ जारी छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now