SKIP TO MAIN CONTENT

अस्ट्रेलियाली नागरिकताको लागि आवेदन प्रक्रिया पुरा गर्न २ वर्ष भन्दा बढी समय लाग्नु 'अस्वीकार्य'

An Australian citizenship recipient holds his certificate during a citizenship ceremony.
Source: (AAP)/SBS

अस्ट्रेलियाली नागरिकता पाउ भनेर परेका आवेदनहरूका सम्बन्धमा निकै लामो समय लगाएर निर्णय गरिएको भन्दै अस्ट्रेलियाका अध्यागमन क्षेत्र र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाली नागरिकता पाउ भनेर परेका आवेदनहरूका सम्बन्धमा निकै लामो समय लगाएर निर्णय गरिएको भन्दै अस्ट्रेलियाका अध्यागमन क्षेत्र र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।


गृह मामिला विभागको तथ्याङ्कका अनुसार ७५ प्रतिशत नागरिकताका लागी परेका आवेदनहरू हालेको दिन देखि नागरिकता वितरण समारोहमा सहभागी हुन पाउने समयसम्म पुग्न अहिले आवेदकले २३ महिना पर्खनु पर्दछ।

गत वर्षको जुन महिनामा भन्दा यो पर्खाइको समय १६ महिनाले बढेको हो।

अहिले ९० प्रतिशत अस्ट्रेलियाको नागरिकताका लागी हालिने यस्ता आवेदनहरूको प्रक्रिया पुरा गर्न २५ महिना लाग्ने गरेको छ जुन एक वर्ष अगाडी मात्र 20 महिनामा पुरा हुन्थ्यो।

Long waiting times for citizenship processing branded as 'unacceptable'
This year's pre-pandemic Citizenship Ceremony in Newcastle, NSW Source: AAP

एक वक्तव्य मार्फत विभागका प्रवक्ताले एसबीएस न्युजलाई महामारीका कारण नागरिकता आवेदन प्रक्रियामा ढिलाइ भएको बताएका छन्।

"कोभिड-१९ का कारण सम्पूर्ण नागरिकता सम्बन्धी प्रत्यक्ष रूपमा गरिने भेटहरू जस्तै अन्तर्वार्ता र नागरिकताका लागी लिइने परीक्षा स्थगित गरिएको छ। यसले गर्दा नै सम्पूर्ण प्रक्रिया समय लम्बिएको हो।"

तर आप्रवासन परिषद् अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत कार्ला विल्शाएरले महामारी कै बहानामा पनि यति लामो पर्खाइ स्वीकार्य नभएको बताएकी छन्।

एक पटक नागरिकता लिने मानसिकता बनाएका मानिसहरूले त्यो नपाउन्जेल धेरै अन्य योजनाहरूलाई पनि थाती राख्ने भएकाले उनीहरूलाई यसरी अनिश्चिततामा राख्न नहुनेमा उनले जोड दिइन।

निर्णय पर्खने समय घटाएर उनीहरूलाई पनि जीवनमा अगाडी बढ्न र अस्ट्रेलियाका लागी पनि केही गर्ने उनीहरूको सोच र प्रतिबद्धतामा अगाडी बढ्न सहयोग गर्नु पर्ने उनको भनाइ छ।

"विशेष गरेर अहिले कोभिड महामारीको समयमा मानिसहरूले एक किसिमको बेचैनी र असुरक्षित महसुस गरेका छन् , र मलाई लाग्छ कि समय सीमाका सम्बन्धमा पारदर्शिताका साथ साथै नागरिकताका सम्बन्धमा स्रोत साधनहरूको प्रयोग गर्दै जति सक्दो छिटो त्यो सुनिश्चितता प्रदान गर्नु महत्त्वपूर्ण हुन्छ।"

Fadi and Faris Masarweh
Fadi and Faris Masarweh attending their virtual citizenship ceremony via video link with department of home affairs. Source: SBS

यो नै मेलबर्नमा रहेका अध्यागमन एजेन्ट कर्क यानको पनि भनाइ हो। उनी भन्छन् कि सरकारले किन यति लामो समय लागेको हो भन्ने बारेमा न्यायसङ्गत र स्वीकार्य हुने किसिमको स्पष्टीकरण दिएको आफूले पाएका छैनन्।

"किन यसका लागी दुई वर्ष लाग्छ भनेर कसैले चित्तबुझ्दो जवाफ दिन सक्दैन। नागरिकताका लागी जहाँ सम्म बसाइको आवश्यक मापदण्डहरू पुरा गरेपछि, नागरिकताको परीक्षामा उत्तीर्ण भए पछि र अन्य व्यवहार र पहिचानको प्रमाण पुरा गरे पछि त यो प्रदान गरिनु पर्ने हो।"

उनी भन्छन् धेरै लामो समय सम्म पर्खनु परे पछि र जानकारी वा कुनै प्रतिक्रियाको पर्खाइमा उनका धेरै ग्राहकहरू अत्तालिएका छन्।

यस क्षेत्रले यही पर्खाइको समय लामो हुनाले गर्दा अस्ट्रेलियाको नागरिकता लिन चाहनेहरूको सङ्ख्या र यसको मागमा कमी आएको औँल्याएको छ।

तर विभागका प्रवक्ताले भने पर्खाइको समय लम्बिएको भए पनि सरकारले जम्मा भएका धेरै आवेदनहरूलाई यसै आर्थिक वर्षमा सम्बोधन गर्न सकेको बताएका छन्।

झन्डै ७५० मानिसहरूले अनलाइन समारोह मार्फत प्रत्येक दिन नागरिकता प्राप्त गरेको बताइएको छ। र मे २२ सम्ममा १६ हजार ८ सय बढी मानिसहरूले यसरी नै नागरिकता पाएका छन्।

अहिले जम्मा भएका आवेदनहरूको सङ्ख्या १ लाख १७ हजार ९ सय ५८ रहेको छ जुन गत वर्ष २ लाख २१ हजार ६ सय ९५ रहेको थियो।

तर आप्रवासन परिषद् अस्ट्रेलियाकी विल्शाएर भन्छिन् यो सङ्ख्या उल्लेखनीय रहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now