बिराटनगरिया स्लाङ र तिनको अर्थ:
- झकास् छ ब्रो – राम्रो छ साथी
- रोक्डा - पैसा
- बबाल - निकै ठूलो वा धेरै रमाइलो (यस वार्तालापको सन्दर्भमा)
- फ्यास्स - रित्तो, खोक्रो
- मक – बन्द
- झुट्टै बिजी- बिना अर्थको व्यस्तता
कर्णाली प्रदेशमा पर्ने जुम्ला खस भाषाको केन्द्रबिन्दु नै मानिन्छ। विभिन्न अध्ययनहरूले नाम परिवर्तन हुँदै खस कुरा वा खस भाषादेखि सिञ्जाली भाषा, पर्वते भाषा, गोर्खे वा गोर्खाली भाषा हुँदै नेपाली भाषासम्म आइपुगेको देखाउँदा, नेपाली भाषा कै सुरुवात भएको जुम्लाका बासिन्दाहरूले प्रयोग गर्ने केही शब्दहरू बारे जान्ने हो कि?
- बड्डी - बुढी
- कपाल दुख्नु - टाउको दुख्नु
- नट्टो - ढाड
- टिम्कि - टर्रो मिजासको हुनु
- उचाट लाग्छ - दिक्क लाग्छ
- टिट्याका - चिच्याएका
- ट्वाटकी - केटाकेटी
- पुडि - पर
- हस्का - नक्कल
- कैती: कस्ती
- स्वाइनि: स्वास्नी
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।




