Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अनुवाद गर्नै गाह्रो नेपाली झर्रो भाषा र स्लाङ: तपाईँले प्रयोग गर्ने शब्दहरू पो पर्‍यो कि?

Dhan Bahadur Shahi and Geeta Shahi are introducing the unique flavor of Jumli slang.
Dhan Bahadur Shahi and Geeta Shahi are introducing the unique flavor of Jumli slang. Source: SBS / Sunita Pokharel

अस्ट्रेलिया यहाँको फरक शैलीको अङ्ग्रेजी शब्द प्रयोगलाई लिएर चर्चित भए जस्तै, नेपालका पनि बोलीचालीको शैली र प्रयोग हुने शब्दहरू सुनेर कुन चाहिँ क्षेत्रको मान्छे हो भन्ने अनुमान गर्न खासै गाह्रो हुँदैन। यति मात्र होइन एक निश्चित समयमा के कस्ता नेपाली 'स्लाङ' बढी नै प्रयोग गरिन्थ्यो? ती सुन्दा मात्र पनि कतिपयलाई आफ्नै साथीभाइसँग नेपालमा हुँदा बोलेको समयको याद दिलाउन सक्छ। अब नेपालका 'लोकल' भाषालाई अस्ट्रेलियाको भूमिबाट सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलिया यहाँको फरक शैलीको अङ्ग्रेजी शब्द प्रयोगलाई लिएर चर्चित भए जस्तै, नेपालका पनि बोलीचालीको शैली र प्रयोग हुने शब्दहरू सुनेर कुन चाहिँ क्षेत्रको मान्छे हो भन्ने अनुमान गर्न खासै गाह्रो हुँदैन। यति मात्र होइन एक निश्चित समयमा के कस्ता नेपाली 'स्लाङ' बढी नै प्रयोग गरिन्थ्यो? ती सुन्दा मात्र पनि कतिपयलाई आफ्नै साथीभाइसँग नेपालमा हुँदा बोलेको समयको याद दिलाउन सक्छ। अब नेपालका 'लोकल' भाषालाई अस्ट्रेलियाको भूमिबाट सुन्नुहोस्।

बिराटनगरिया स्लाङ र तिनको अर्थ:

  • झकास् छ ब्रो – राम्रो छ साथी
  • रोक्डा - पैसा
  • बबाल - निकै ठूलो वा धेरै रमाइलो (यस वार्तालापको सन्दर्भमा)
  • फ्यास्स - रित्तो, खोक्रो
  • मक – बन्द
  • झुट्टै बिजी- बिना अर्थको व्यस्तता

जुम्ली स्लाङ्ग

कर्णाली प्रदेशमा पर्ने जुम्ला खस भाषाको केन्द्रबिन्दु नै मानिन्छ। विभिन्न अध्ययनहरूले नाम परिवर्तन हुँदै खस कुरा वा खस भाषादेखि सिञ्जाली भाषा, पर्वते भाषा, गोर्खे वा गोर्खाली भाषा हुँदै नेपाली भाषासम्म आइपुगेको देखाउँदा, नेपाली भाषा कै सुरुवात भएको जुम्लाका बासिन्दाहरूले प्रयोग गर्ने केही शब्दहरू बारे जान्ने हो कि?

  • बड्डी - बुढी
  • कपाल दुख्नु - टाउको दुख्नु
  • नट्टो - ढाड
  • टिम्कि - टर्रो मिजासको हुनु
  • उचाट लाग्छ - दिक्क लाग्छ
  • टिट्याका - चिच्याएका
  • ट्वाटकी - केटाकेटी
  • पुडि - पर
  • हस्का - नक्कल
  • कैती: कस्ती
  • स्वाइनि: स्वास्नी

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now