अडियो रिपोर्टमा समावेश भएका विषयहरु:
- आरोहण व्यवस्थित बनाउन प्रस्ताव
- प्रदेशमन्त्री खत्री वर्खास्त
- बाढीले सिँचाइ क्षेत्रमा २ अर्बभन्दा बढीको क्षति
- प्रमले लिए विश्राम
- साहित्यकार दीक्षितको निधन
- संचारकर्मी लामिछाने पक्राउ
प्रदेशमन्त्री खत्री वर्खास्त
कर्णाली प्रदेशका भौतिक पूर्वाधर विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन्।
बैंक कसुरसम्बन्धी अभियोग लागेका खत्रीलाई बिहिवार कर्णाली प्रदेशको मन्त्रीपरिदष बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
उच्च अदालत पाटनले खत्रीलाई ब्याङ्क कसुरमा दोषी ठहर गर्दे पक्राउ गर्ने निर्देशन दिएको हो। कृषि विकास ब्याङ्क रत्नपार्क जाहेर रहेको ब्याङ्ककी कसुर मुद्धामा खत्रीकै नाम प्रतिवादी कामय भई आएपछि उनलाई पक्राउ गरी उपस्थित गराउन अदालतले आदेश दिएको हो।
खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रुपैयाँ कृषि विकास ब्याङ्क भोजपुरबाट जारी किर्ते ब्याङ्क ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यल्य भोजपुरमा पेस गरेको अदालतको ठहर छ।
यसैबीच नेत्रविक्रम चन्द विप्लवको समूहले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई लक्ष्तित गरी दुईवटा बम विस्फोट गराएका छन्। एउटा गाउँसभालाई सम्बोधन गरिरहेका शाहीलाई लक्ष्तिगरी चन्द समूहका कार्यकर्ताले दुईवटा बम विस्फोट गराएको प्रहरीले जनाएको छ।

कार्यान्वयन नभएका सम्झौता खारेज गरौं: मन्त्री ज्ञवाली
नेपाल र भारतबीच कार्यान्वयन नभएका सन्धि- सम्झौता खरारेज गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएक छन्। काठमाण्डूमा बुधबार आयोजित नेपाल भारत सम्बन्धको भविष्य र सम्बन्ध विषय कार्यक्रममा उनले यस्तो बताएका हुन्।
लामो समयदेखि अल्झिएर कार्यानवयनमा आउन नसकेका सम्झौता खारेज गर्नु उपयुक्त हुने उनले बताएका हुन्।
यसैबीच नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठकमा विगतदेखि थाती रहँदै र बहस हुँदै आएका एजेण्झामा छलफल हुने भनीएको समयमा परराष्ट्रमन्त्रीले यस्तो बताएका हुन्।
बाढीले सिँचाइ क्षेत्रमा २ अर्बभन्दा बढीको क्षति
गत महिना गएको बाढीले दुई दर्जनभन्दाबढी सिँचाइका आयोजनाको संरचनाहरुमा क्षती पुर्याएको अधिकारीहरूले बताएका छन्।
उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीले सिँचाइ क्षेत्रमा पुर्याएको क्षतिको पुर्ननिर्माणका लागि २ अर्ब ११ करोड रुपैयाँ लाग्ने भएको छ।
प्रमले लिए विश्राम
हालै स्वास्थ्य परिक्षण गराएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार स्वास्थ्यमा समस्या आएका कारण विश्राम लिए।
उनको अस्वस्थाका कारण बिहिवारका लागि बोलाइएको सत्तारुढदल नेकपाको सचिवालय बैठक शुक्रबारका लागि स्थाति गरिएयो।
ओलीले सिंगापुरमा १० दिन उपचार गरेर सोमवार स्वदेश फर्केका हुन्।
प्रधानमन्त्री ओली शुक्रबारको बैठकमा भने शरिक भए। यसैबीच नेपाल कम्युनिष्ट पार्टि (नेकपा)को केन्द्रीय सचिवालयले वामदेव गौतमलाई संगठन विभाग प्रमुखका साथै उपाध्यक्षको जिम्मेवारी दिएको छ।
शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्षको जिम्मेवारी दिन स्थायी समितिमा प्रस्ताव दिने निर्णय गरेको हो।
यसैबीच शुक्रबारनै बसेको बैठकले इश्वर पोखरेललाई स्कुल विभागको जिम्मेवारी दिने निर्णय गरेको छ।

साहित्यकार दीक्षितको निधन
साहित्यकार मदनमणी दीक्षितको ९७ वर्षको उमेरमा निधन भएको छ। उनलाई निमोनिया भएका कारण एक साता अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमा एक साता उपचार गराएर बुधबार डिल्लबजार स्थित निवास फर्काइएका दीक्षितको बिहीवार निधन भएको हो।
उनका उपन्यास, निबन्ध, तथा संस्मरण गरेर दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनको माधवी उपन्यासले २०३९ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो।
२ हजारभन्दा बढी चिनियाँ कामदारलाई श्रम स्विकृति
श्रम विभागले गत वर्ष २ हजार भन्दा बढी चिनियाँलाई श्रम स्विकृति दिएको जनाएको छ। त्यसमध्ये ७७ महिला रहेका छन्।
कानुनत नेपालभित्रै दक्ष कामदार नभएको खण्डमा मात्र विदेशी नागरिकलाई श्रम स्विकृति दिन पाइन्छ।विभागका अनुसार जलविद्युत परियोजनाहरूमा काम गर्नका लागि चिनियाँ कामदारहरूलाई श्रम स्विकृति दिइएको हो।
नेपालमा श्रम स्विकृति पाएर काम गरि रहेका कामदारको संख्या करिव ३२ सय रहेको छ।
संचारकर्मी लामिछाने पक्राउ
पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या प्रकरणमा बिहिबार प्रहरीले संचारक्रमी रवि लामिछाने सहित अन्य तीन जनालाई पक्राउ गरेको छ।
आत्महत्या दुरुत्साहन अन्तर्गत अनुसन्धानका क्रममा प्रकाउ परेका लामिछाने सहति युवराज कँडेल र अस्मिता कार्कीलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको चितवन प्रहरी प्रमुख दानबहादुर मल्लले बताए।
पत्रकार पुडासैनीले साउन २०मा चितवनस्थित कंगारु होटलमा आत्महत्या गरेका थिए। आत्महत्या गर्नु अघि उनले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गर्न लागेको भनी भिडियो रेकर्ड गरेका थिए।
सोमवार उनीहरूलाई पुन:अदालतमा उपस्थित गरिने छ। प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लान लाग्दा लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका थिए।
तेस्रोलिंगी समुदायले मनायो गाइजात्रा
दिवंगत आफन्तको सम्झनाका रुपमा मनाइने गाइजात्रा पर्व शुक्रवार सम्पन्न भयो।
विगतमा झैं यसपालि पनि तेस्रोलिंगी समुदायले र्यालीको आयोजना गर्दै यस चाडलाई मनायो। जसमा इन्द्रेणीका सातै रंगका पहरिन, छाता, झण्डाहरु प्रयोग गरिएका थिए।





