Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पहिलो घर किन्न चाहने सबै नेपालीले मोरिशन सरकारको आर्थिक सहायता नपाउने

First-home buyers will get a break now (AAP)
Source: AAP

निम्न र मध्यम आय रहेका मानिसहरुलाई आफ्नो पहिलो घर किन्न सहयोग गर्ने मोरिशन सरकारको योजनामा अस्ट्रेलियाली नागरिकता नलिएका नेपालीहरु सहभागी हुन नपाउने भएका छन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


निम्न र मध्यम आय रहेका मानिसहरुलाई आफ्नो पहिलो घर किन्न सहयोग गर्ने मोरिशन सरकारको योजनामा अस्ट्रेलियाली नागरिकता नलिएका नेपालीहरु सहभागी हुन नपाउने भएका छन्।


आगामी ज्यानुवरी १, २०२० देखि सुरु हुने उक्त योजना अन्तर्गत नयाँ घर किन्न ५ प्रतिशत मात्र पैसा बचत गरेकाहरुका लागि बाँकीको १५ प्रतिशतको बैंक ग्यारेन्टी सङ्घीय सरकारले प्रदान गर्ने छ।

प्रत्येक आर्थिक वर्ष देशभर बाट १० हजार आवेदनहरुलाई मात्र उक्त बचत सहयोग प्रदान गर्ने सरकारी नीति रहेको छ।

साथै एकल आवेदकको वार्षिक आय १ लाख २५ हजार डलर र दम्पत्ति तलब वार्षिक २ लाख डलर सम्म मात्र रहनु पर्ने प्रावधान छ।

सरकारी आर्थिक ग्यारेन्टी चाहनेहरुले आफ्नो पहिलो घर कति मूल्य सम्मको किन्न सक्नेबारे पनि तोकिएको छ। यसअन्तर्गत न्यु साउथ वेल्सको सहरी स्थानमा ७ लाख डलर सम्मको मूल्य तोकिएको छ भने राज्यका अन्य भागमा घर भाउ ४ लाख ५० हजार सम्मको हुनुपर्ने छ।

नर्दर्न टेरिटोरीमा उक्त ग्यारेन्टी ३ लाख ७५ हजार डलर सम्मको घरको लागि प्रदान गरिने पनि सरकारी मापदण्ड रहेको छ।

यसबारे आर्थिक सल्लाहकार विश्वास भट्टराईसंगको हाम्रो कुराकानी माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now