Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोभिड–१९ असर: सहरी क्षेत्र शान्त, स्थानीय व्यवसाय भने फस्टाए

Cafes and retail shops have reopened, with crowds flocking to Bourke St Mall for the first day of shopping in nearly 3 months.

Cafes and retail shops have reopened, with crowds flocking to Bourke St Mall for the first day of shopping in nearly 3 months. Source: Getty Images

कोरोना महामारीमा बाहिरी सहरी क्षेत्रमा असर परेको भए पनि भित्री सहरहरू भने कम प्रभावित भएका छन्।


क्रिसमस नजिकिँदै जाँदा सिड्नीको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा सपिङ मलमा मानिसहरू किनमेलमा व्यस्त भइरहेका भेटिए ।

महामारीका बिच सोमबार बैन्क्टाउन सेन्ट्रलमा किनमेल गर्ने मानिसहरू व्यस्त देखिन्थे । बालबालिका खेलिरहेका थिए वयस्कहरू कफीको चुस्की लिँदै साथीभाइ र परिवार सँग कुराकानीमा व्यस्त थिए ।

सेन्टरका व्यवस्थापक एन्थोनि विल्सन मानिसहरू छुट्टीको वातावरणमा किनमेलको आनन्द लिइरहेको बताउँछन् ।

गत अप्रिल महिनामा कोरोना महामारीको प्रकोप उचाइमा थियो,र त्यही समय थियो कि किनमेलका लागि सपिङमलहरुमा पुग्ने मानिसहरू आधाले घटेका थिए ।

Customers of Piato restaurant in the suburb of North Sydney sit outside having lunch
Source: James D. Morgan/Getty Images

तर जुन महिना सुरु हुँदै गर्दा करिब ९० प्रतिशतको सङ्ख्यामा मानिस पुन सपिङमलहरुमा फिर्किए ।

प्रतिबन्धहरू कायम रहँदा र प्रत्येक तिन व्यक्ति मध्ये एकले घरबाटै कार्यालयको काम गदै गर्दा र कतिपय मानिसहरू बेरोजगार रहँदाको अवस्थामा अधिकास मानिसहरूले आफ्नो घर टोलमा समय बिताएका छन् ।

र यो समयमा कतिपय स्थानीय व्यवसायहरू फस्टाएका पनि छन् ।

विल्सन भाइरसको डरका बाबजुद बैन्कस्टाउन क्षेत्रका स्थायी आफू वरपरकै स्थानीय व्यवसायीहरूमा भर परेको बताउँछन् ।

क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीमा खुद्रा व्यापार एवम् खरीदकर्ताहरुको व्यवहारका विषयमा विशेषज्ञका रूपमा कार्य गरिरहेका गेरी मोर्टीमोर स्थानीय सपिङ सेन्टरहरू पुन: मानिसहरूका लागि केन्द्र बन्दै गएको बताउँछन् ।

Market traders and shoppers at Paddy's Market
Market traders and shoppers at Paddy's Market in Sydney Source: AAP

गुगलको सामुदायिक गतिशीलताको रिर्पोटलाई विश्लेषण गदै उनले बाहिरी उपशहरी क्षेत्र भन्दा भित्री सहरहरू कम प्रभावित भएका बताए ।

स्थानीय व्यवसाय वा क्षेत्रमा फर्किनु महामारीको सकारात्मक प्रभावका रूपमा लिन सकिने उनी बताउँछन् ।

सिड्नीको पश्चिमी क्षेत्रमा रहेको लिभरपुल स्थानीय सरकारी क्षेत्रमा गत फेब्रुअरी देखि अक्टोबर सम्मको समयमा आगन्तुकहरूको सङ्ख्यामा केवल ८ दशमलव ९३ प्रतिशतको मात्र कमी आएको आएको छ ।

राष्ट्रिय औसत भने करिब २० प्रतिशतमा रहेको छ ।

डिक जोनस्टोन लिभरपुलमा रहेको वारह्यामर स्टोरका व्यवस्थापक हुन जसले खेल सम्बन्धी सामाग्रीहरू बिक्री गर्छन् ।

उनी महामारीको समयमा खेलका लागि तालिम लिन र आफ्नै मोडलहरू तैयार पार्न आउने ग्राहकहरूलाई प्रतिबन्धले अवरोध गरेको बताए ।

यद्यपि महामारीको समयमा पनि बिक्री भइरहेकोमा भने उनी खुसी छन् ।

तर कोभिड–१९ का कारण केही स्थानीय व्यवसायीहरूलाई भने असर पुर्‍याइरहेको छ र वर्षको अन्त्यमा बिक्री सन्तुलन गर्न सर्घष गरिरहेका छन् ।

एल एस बेकरी आफ्नो व्यापारमा ४० देखि ५० प्रतिशतको गिरावट आएपछि समस्या भोगिरहेको छ ।

यसका संस्थापक जभ्किो डेलेस्भकी अन्य समयमा डिसेम्बर देखि जनवरी व्यापारका लागि राम्रो समय हुने गरेको भए पनि यस वर्ष त्यसो नभएको गुनासो गर्छन् ।

कतिपय ग्राहकहरूले यस वर्ष उत्सव नचाहेको उनले बताए ।

स्थानीय साना व्यवसायाहीहरुले नजिकै रहेका ठुला वेस्टफिल्ड जस्ता व्यवसाय सँग प्रतिस्पर्धा गर्न मुस्किल परिरहेको बताए ।

सबि उल्होदोमनाी कापेडिप रेस्टुरेन्टका सञ्चालक हुन् ।

Small businesses impacted by the coronavirus pandemic
Small businesses impacted by the coronavirus pandemic Source: Pixabay

उनी स्थानीय ग्राहकहरूमा कमी नआए पनि बाहिर बाट आउने ग्राहकहरू भने आफूले गुमाएको बताउँछन् । उनी भन्छन् आजकल स्थानीय पनि बसेर कफी पिउन रुचाउँदैनन् ।

लिभर पुलका स्थानीय मिसेल कुर्नटले यो वर्ष घरमै अड्किएको महसुस गरे ।

धातु सम्बन्धी काम गर्ने उनको रोजगार कम्पनी महामारीका बेला व्यस्त नरहेपछि उनी घरमै बस्न बाध्य बने ।

तर बाहिर जाँदा भने स्थानीय व्यवसायलाई सहयोग गर्न पाउँदा खुसी भएको उनी प्रतिक्रिया दिन्छन् ।

भविष्यमा घर बाटै वा घर निकट काम हुने भएकाले स्थानीय क्षेत्रहरू बस्नका लागि अझै बढी आकर्षक बनाउनु पर्ने माग उठिरहेको छ ।

सिड्नी विश्वविद्यालय सहरी विकासका प्रोफेसर निकोल गुरान स्थानीय क्षेत्र सहरी क्षेत्र भन्दा बस्नका लागि झनै योग्य हुन्छन् कि हुँदैन भनेर अनुमान लगाउन अहिले निकै चाँडो हुने बताउछीन ।

स्थानीय क्षेत्रहरूलाई बाहिरी सहर जत्तिकै उत्कृष्ट निर्माण गर्नु चुनौती हुनेछ ।

कफिशप,व्यवसायहरु,हिँड्नका लागि सहज बाटाहरू र मानिसहरूले आफ्ना दैनिक आवश्यकताहरू हिँडेरै पुगिने स्थानबाट प्राप्त गर्न सक्षम हुनुपर्दछ ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now