बाल बालिका सहित मेलबर्नको नेपाली समुदायका करिब दुई सय सदस्यहरूले आइतबार २४ जुनको दिन कार्लटन नर्थको प्रिन्सेस पार्कमा आयोजना भएको "वाक फर वेलफेयर" नामक एक कल्याणकारी पदयात्रा कार्यक्रममा सहभागिता जनाएका छन् |
घरेलु हिंसा र आवास समस्या देखि एक्लोपन लगायतका विषयबारे चर्चा र सहायताका लागि उपलब्ध सेवाहरूबारे जानकारी उक्त कार्यक्रमका उपलब्ध गराइएको थियो |
गैर आवासीय नेपाली संघ एनआरएनको अस्ट्रेलिया शाखा द्वारा देशव्यापी रूपमा आयोजना गरिने यसप्रकारको कार्यक्रम अन्तर्गत मेलबर्नमा पनि उक्त पदयात्रा आयोजना भएको हो|
उक्त कार्यक्रममा व्यक्त गरिएका अनुभाव र सहयोगका विकल्पहरु बारे थप रिपोर्ट शिखा बस्नेत खड्का बाट |
मेलबर्नमा आयोजित "वक फर वेलफेयर"का केही झलक
यसैसँग संबन्धित
Share





