के आफैले परीक्षण गर्न मिल्ने विधिले पाठेघर क्यान्सरको जोखिमलाई कम गर्ला?

Cervical cancer

Australia is on track to become the first country in the world to eliminate cervical cancer. Source: Getty

अस्ट्रेलियामा बर्सेनि करिब २०० महिलाहरूको पाठेघरको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्कले देखाउँछ।


सर्भिकल क्यान्सर भनिने महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट बर्सेनि करिब ९०० महिलाहरू प्रभावित हुने गरेका छन्।

ती ९०० महिलामा पनि आप्रवासी र आदिवासी समुदायका महिलाहरू भने अन्य भन्दा बढी नै जोखिममा भएको देखिन्छ।

यी समुदायका महिलाहरूमा जँचाउन जान अप्ठेरो मान्ने, हिचकिचाहट हुने र लाज मान्ने जस्ता समस्याहरूका कारण उचित समयमा रोगलाई पहिचान नभएर मृत्युको जोखिमलाई बढवा दिन्छ।

तर आदिवासी समुदायबाट प्रतिनिधित्व गर्ने रर्जिर्स्टड नर्स एलिसन बर्नेस जस्ता केही स्वास्थ्यकर्मीहरू सर्भिकल क्यान्सरको जोखिमका बारेमा समुदायलाई सचेत गराउन लागि परेका छन्।

Eliminating cervical cancer
Diagram showing stage 3B cervical cancer CRUK 226.svg - Cancer Research UK - CC BY-SA 4.0 – Wikimedia Commons Credit: CRUK-Wikimedia Commons

वेर्स्टन सिड्नी विश्वविद्यालयमा कार्यरत बर्नेस विश्व स्वास्थ्य सङ्गठनको सर्भिकल क्यान्सरलाई उन्मुलन गर्ने लक्ष्यलाई साथ दिन परीक्षणको दायरालाई बढाउनु पर्नेमा जोड दिन्छिन्।

तर अब भने नयाँ आएको प्रविधि र दृष्टिकोणले महिलाहरूलाई बिना हिचकिचाहट पाठेघर क्यान्सरको बारेमा परीक्षण गर्न सजिलो बनाउने भएको छ।

प्रत्येक पाँच वर्षमा जाँचका लागि सिफारिस र सजिलैसँग आफैले जाँच गर्न मिल्ने प्रविधिले जाँचको दायरालाई बढाउने आशा गरिएको छ।

“आफैले जाँच गर्न मिल्ने भएकाले, यसले लाज मान्ने कारणलाई हटाउँछ, तपाईँलाई जाँच्नका लागि अन्य मानिसहरू हुँदैनन्, घरमा, कोठामा, क्लिनिकमा, आफूलाई सजिलो लाग्ने स्थानमा जाँच गर्न सक्नुहुन्छ, यो र्याट टेस्ट गरे जस्तै हो,” बर्नेस भन्छिन्।

अस्ट्रेलियामा बर्सेनि २०० महिलाको पाठेघरको क्यान्सरका कारण मृत्यु हुँदै गर्दा, यसमा बाहुल्यता भने आप्रवासी र आदिवासी महिलाहरूको बर्नेसको भनाई छ।

“आदिवासी महिलाहरू, गैर-आदिवासी भन्दा चार गुणा रोगका कारण मारिन्छन्, उनीहरूको परिक्षण पनि केवल ३३% मात्रै छ, आफ्नो गोप्य अङ्ग अन्य मानिसहरू जँचाउन उनीहरू अप्ठेरो मान्छन्।”

बर्नेसले लाज नै आफ्नो एक पारिवारिक सदस्यको पनि मृत्युको कारण बनेको तितो अनुभव पनि सुनाइन्।

यता २६ बर्सिया क्रिस्टी ब्राउन, युवा उमेर मै पाठेघरको क्यान्सरबाट पीडित भएकी एक आमा हुन्।

उनले पाठेघरको मुखको क्यान्सर नलागोस् भनेर हुमन् पापिलोमा भाइरस–एचपिभि विरुद्ध खोप पनि लगाएकी थिइन्।

उनका अनुसार, नियमित परीक्षण र प्रारम्भिक पहिचानले रोगको उपचार गर्न सम्भव भयो।

Female hands gynecological mirror examination gynecologist isolation
Female hands gynecological set gynecologist on white background isolation Source: iStockphoto

यता क्यान्सर काउन्सिलकी करेन क्यानफेल भने कोभिड-१९ महामारीका बेला, परीक्षण गर्न जाने मानिसहरूको सङ्ख्यामा कमी आएको भन्दै, छुटेकाहरूलाई परीक्षणका लागि जान अनुरोध गर्छिन्।

“यदि बेलैमा पहिचान भयो भने, उपचार गर्न पनि सजिलो हुन्छ, अहिले पाठेघरको क्यान्सरबाट उपचार हुने दर पनि पछिल्लो पाँच वर्षमा निकै राम्रो छ, करिब ७५ प्रतिशतलाई उपचार सम्भव भएको छ,” क्यानफेल भन्छिन्।

यद्यपि सन् १९९१ मा राष्ट्रिय रूपमा पाठेघरको जाँच कार्यक्रम ल्याइएपछि भने सर्किभल क्यान्सर हुने दरमा आधा कमी आएको छ।

प्राध्यापक क्यानफेलका अनुसार अस्ट्रेलियाले पछिल्लो समय पाठेघरको क्यान्सरको उपचारमा विश्वमा अग्रणी भुमीका खेलिरहेको छ।

तर समुदायमा यसका बारेमा जनचेतना जगाउनु भने निकै महत्त्वपूर्ण छ।

आदिवासी महिला ब्रुक टोरी ३५ बर्सकी भइन् तर लामो समय भइसक्यो उनले पाठेघरको क्यान्सर बारेमा जाँच गरेकी छैनन्।

तर आफैले जाँच गर्न मिल्ने नयाँ विकल्पलाई भने उनले स्वागत गरिन्।

टोरी यसबाट संयौ महिला मृत्युको मुखबाट जोगिन सक्ने बताउँछिन्।

“डाक्टरकोमा नपुगी गर्न मिल्ने यस्ता टेस्टलाई हामी प्रयोग गर्छौ, अरूलाई पनि जाँच गराउन प्रोत्साहन गर्छौ” टोरी ब्रुक भन्छिन्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now