Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा आप्रवासी कामदार: सिप एकातिर काम भने अर्कै

cleaner

आप्रवासी कामदारहरू वास्तविक सीपका बाबजुद कम तलब हुने उद्योगहरूमा काम गर्ने गरेको एक रिर्पोटले देखाएको छ।


Published

Updated

By Julien Oeuillet

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


आप्रवासी कामदारहरू वास्तविक सीपका बाबजुद कम तलब हुने उद्योगहरूमा काम गर्ने गरेको एक रिर्पोटले देखाएको छ।


अस्ट्रेलियाली तथ्याङ्क विभागले वर्षौँदेखि अस्ट्रेलियाली कार्यबलको प्रकृति कस्तो छ भन्ने विषयमा अध्ययन गरिरहेको छ।

यसको पछिल्लो अध्ययनले चाहिँ व्यक्तिगत कर दाखिलाको प्रकृति र यसमा रहेका तथ्याङ्कहरुको अध्ययन गरे पश्चात् अस्ट्रेलियाली रोजगार बजारको स्पष्ट तस्बिर बाहिर ल्याएको छ।

अध्ययन रिर्पोटका अनुसार रोजगारी र आम्दानीका हिसाबमा आप्रवासी कामदारहरू निकै पछाडि छन्।

उक्त प्रतिवेदन सन् २०१९/२० को आर्थिक वर्षमा केन्द्रित भए तापनि कतिपयले चाहिँ आप्रवासी कामदारहरूको अवस्था अहिले पनि उस्तै रहेको बताउँछन्।

रिर्पोटका अनुसार समग्रमा आप्रवासी कामदारको वार्षिक औसत आम्दानी ४५,००० डलर भन्दा थोरै मात्र बढी छ।

यो समग्र अस्ट्रेलियाली कामदारको आम्दानीको तुलनामा करिब ७,००० डलरले कम हो।

मुडीस पोइन्ट नामक संस्थाकी अर्थशास्त्री कट्रिना इल आप्रवासी कामदारहरूले कम तलब हुने क्षेत्रमा काम गर्ने गरेको बताउँछिन्।

“आप्रवासी कामदारहरूको कम तलब दिइने रोजगारीका क्षेत्रमा बढी उपस्थिति छ; यी भनेका स्वास्थ्य, हेरचाह, प्रशासन, सामाजिक सेवा, आतिथ्य जस्ता उद्योगहरू हुन्, र यी क्षेत्रमा समग्र अस्ट्रेलियालीहरूको जस्तो तलबमा वृद्धि भएको देखिएको छैन,” अर्थशास्त्री इल भन्छिन।

गत मे महिनामा ग्राटन इन्स्टीच्यूटले सार्वजनिक गरेको रिर्पोटले, 'आतिथ्य व्यवसायहरू आप्रवासी त्यसमा पनि बिद्यार्थीहरुमा भर परिरहेको' देखाएको थियो।

तथ्याङ्क विभागको पछिल्लो रिर्पोटले अस्ट्रेलियाली कार्यबलमा आप्रवासी कामदारहरूको महत्त्वलाई झनै प्रस्ट पारेको अर्थशास्त्री इल बताउँछिन्।

तर कामदारका पक्षमा बोल्ने अन्य आवाजहरू भने केही आशावादी सुनिन्छन्।

द माइग्रेसन इन्स्टिच्युट अफ अस्ट्रेलिया नामक आप्रवासीहरूलाई अस्ट्रेलिया भित्रन मद्दत गर्ने संस्थाकी अध्यक्ष जुली विलियम्स सन् २०१९/२० को जस्तो अवस्था अहिले नरहेको बताउँछिन्।

“यो त पुरानो भइसक्यो नि, 'दक्ष आप्रवासीहरूले उनीहरूको विज्ञता रहेको पेसामा काम नपाएको' भए तापनि, रोजगारदाताहरूले आप्रवासी कामदारहरूको महत्त्व बुझेका छन्,” उनले भनिन्।

विलियम्स कोभिड १९ पछि अवस्था परिवर्तन आएको बताउँछिन्।

Premier Daniel Andrews Gives COVID-19 Update
MELBOURNE, AUSTRALIA - SEPTEMBER 30: Workers perform maintenance at a work site. Source: Getty / Getty Images AsiaPac

एबीएसको रिपोर्ट अनुसार अस्ट्रेलियाको कुल जनसङ्ख्याको ३० प्रतिशत ओगट्ने आप्रवासी कामदारले अस्ट्रेलियाका २६ प्रतिशत रोजगारलाई धानेका छन्।

ती मध्ये आधाले अस्ट्रेलियाको स्थायी भिसा लिएका छन् भने आधा अस्थायी भिसामै छन्।

अस्ट्रेलियन माइग्रेसन इन्स्टीच्यूटकी जुलि विलियम्स सङ्घीय सरकारको स्थायी भिसाहरूलाई बढाउने निर्णयले पनि 'जब मार्केट'मा परिवर्तन आउने आशा राख्छिन्।

“सीमा बन्दका कारण सरकारले दक्ष कामदारबाट आवेदन लिएन तर अगस्टमा १२,२०० जनाको इन्भीटेसन आएको छ, डिसेम्बरमा अफ सोर र अनसोर गरी ३५,००० भिसाका लागि आवेदन मागिएको छ,” उनले भनिन।

रिर्पोटले सबैभन्दा बढी कमाउने आप्रवासीहरू अस्ट्रेलियन क्यापिटल टेरीटरीमा बस्ने र कम कमाउने आप्रवासीहरू चाहिँ टास्मेनीयामा बस्ने पनि देखाएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now