बृद्धस्याहार केन्द्रमा लागु रेटिङ्गलाई लिएर मिश्रित प्रतिक्रिया

Australian Federal Budget 2018/19

Source: SBS

बृद्धहरुलाई आफू अनुकूल स्याहार केन्द्रको छनौट गर्न 'रेटिङ्ग सिस्टम'ले सजिलो पारिदिने सरकारी भनाई छ।


शाही आयोगले बृद्धस्याहारको क्षेत्रको सुधारका लागि दिएका सुझाव कार्यान्वयन गर्नका लागि सङ्घीय सरकारले चासो देखाएको छ।

यस अघि नर्सिङ होमहरूमा २४ घण्टा रजिस्टर्ड नर्सको व्यवस्था गरिनु पर्ने नियममा कढाइ गरेको सरकारले अब भने स्याहार केन्द्रहरूको रेटिङ्ग गर्ने र यसका आधारमा केन्द्रहरूलाई वर्गीकरण गर्ने योजनालाई मूर्तरूप दिएको छ।

तर सङ्घीय सरकारले रेटिङ्गको व्यवस्था लागु गर्दै गर्दा यसमा उत्साह र निराशाका आवाजहरू पनि सुनिएका छन्।

यस वर्षको सुरुमा बृद्धस्याहार सम्बन्धी मन्त्री अनिका वेल्सले सातै दिन २४ घण्टा एज्डकेयर होमहरूमा रजिस्टर्ड नर्सको व्यवस्था हुनु पर्ने नियम लागु गरेपछि सुधारको सुरुवातको आशा गरिएको थियो।

कम तलबमा काम गर्ने स्यहारकर्ताहरुको भरमा बृद्धस्याहार केन्द्र चल्ने गरेको गुनासाका बिचमा सरकारले यस्तो निर्णय गरेको हो।

“यो कानूनले नर्सिङ होमहरूमा नर्सहरूको व्यवस्था गर्नेछ, स्याहारकर्ताले बासिन्दाहरूको हेरचाहका लागि बढी समय पाउनेछ पारदर्शिता, जबाफदेहिता र इमान्दारीता बढ्नेछ,” मन्त्री वेल्स ले भनिन्।

यस बाहेक नर्सिङ होमहरूमा काम गर्ने कामदारको तलब वृद्धिका लागि पनि सहयोग गर्ने सरकारले वाचा गरेको छ।

“फेयर वर्कले काम अगाडि बढाइरहेको छ, नयाँ वर्ष लागेपछि १० प्रतिशतसम्म तलब बढ्न सक्छ र यसको केही महिना पछि अर्को ५ प्रतिशत बढ्न सक्छ” मन्त्री वेल्स भन्छिन्।

सरकारको अर्को कदम अनुरूप रेटिङ्ग सिस्टम लागु हुँदा कुनै पनि बृद्धस्याहार केन्द्रको अवस्था कस्तो छ, सुविधाहरू के के छन् र तिनले उचित तवरले काम गरेका छन् की छैनन् भनेर जानकारी दिनेछ।

सरकारको कदम प्रति अधिकांसले खुसी व्यक्त गरेपछि केही भने निराश बनेका छन्।

वृद्ध मानिसहरूको वकालत गर्ने संस्था वल्डर पर्सन एडभोकेसी नेटवर्कका क्रेग गियर भने सरकारी कदमको तारिफ गर्छन्।

“धेरै पहिले देखि नै वृद्धहरूका आफन्तले पारर्दशीताको माग गरिरहेका थिए, ताकि उनीहरूले आफन्तहरू स्याहारका लागि राखिने स्थानहरूका बारेमा तुलना गर्न सकुन् र छान्न सकुन्।”

तर यता गठबन्धनकी बृद्धस्याहार सम्बन्धी प्रवक्ता एन रुस्टन भने सरकारी निर्णयबाट खुसी छैनन्।

उनका अनुसार यसले वृद्ध अस्ट्रेलियालीहरूलाई अझै बढी तनाव दिनेछ।

कोभिड–१९ ले ग्रस्त बनाएको उद्योगका सञ्चालकहरूलाई पनि यसले तनाव दिने उनको भनाई छ।

Nurse pushing patient in wheelchair
Nurse pushing patient in wheelchair Source: AFP

रेटिङ्ग सिस्टम के हो?

सेवा प्रदायकहरूलाई मूल्याकंन गर्नका लागि रेटिङ्ग सिस्टम लागु गरिएको हो।

माई एज्ड केयर सरकारी वेबसाइटमा सेवा प्रदायकहरूको रेटिङ्ग राखिने छ।

एक स्टार भन्नुको अर्थ निकै सुधारको आवश्यक रहेको मानिनेछ भने दुई स्टारको अर्थ थोरै सुधार आवश्यक रहेको भन्ने हुनेछ।

यसै गरी तीन स्टारको अर्थ स्वीकार गर्न सकिने सेवा, चार स्टारको अर्थ भने राम्रो सेवा र पाँच वटा स्टार चाहिँ उत्कृष्ट सेवा भन्ने हुनेछ।

तर यता नर्सिङ होम सञ्चालकहरूको मुख्य सङ्गठनले भने यसको स्वागत गरेको छ।

संस्थाका कार्यकारी प्रमुख टम साइमड्नसनका अनुसार सञ्चालनमा रहेका ९० प्रतिशत भन्दा बढी संस्थाहरूले तीन वटा स्टार वा बढी स्वीकार्य रेटिङ्ग पाइसकेका छन्।

उनका अनुसार सरकारको अनुदानबाट उपलब्ध हुन सक्ने जति सुविधा यी संस्थाहरूले दिइरहेका छन्।

सरकारले लागु गरेको नियमको घोषणा क्वीन्सल्यान्ड स्थित नामबोरमा रहेको सनडेल नामक बृद्धस्याहार केन्द्रबाट भएको हो, उक्त संस्था फाइफ स्टार रेटिङ्ग पाउने राज्यको एक मात्र नर्सिङ होम हो।

मन्त्री अनिका वेल्सले आफै बसेर अडिटीङ्ग प्रक्रिया सामेल भएको र त्यहाँ बासिन्दाहरू सेवाबाट निकै खुसी भएको पाएको बताइन्।

यता युनियनहरू भने त्यो पर्याप्त नभएको बताउँछन्।

अस्ट्रेलियन नर्सिङ एन्ड मिडवाइफरी सङ्घकी एनि बट्लर यसले जबाफदेहिता कायम गर्न नसक्ने बताउँछिन्।

उनको भनाइमा आवश्यक सङ्ख्यामा कर्मचारी नहुनु सबैभन्दा ठुलो समस्या हो।

“हामीलाई थाहा छैन कि कर्मचारीहरू पनि रिर्पोटीङ्ग भएका छन्, हामीले रजिस्टर्ड नर्सले गर्ने स्याहारको एकिन समय थाहा पाउन सक्दैनौ, अहिलेको परिपेक्षमा यो त्यति विश्वासिलो छैन,” उनले भनिन्।

यता युनाइटेड वर्कस युनियनकी क्यारोलिन स्मिथ पनि स्याहार केन्द्र स्वयंले रिर्पोटीङ्ग गर्ने भएकाले यसमा पूर्ण रूपमा भर पर्न नसकिने बताउँछिन्।

एनी बट्लर युनियनहरूले सरकारसँग मिलेर यसमा सुधार गर्न खोजिरहेको बताउँछिन् ता कि के भइरहेको छ भनेर यर्थात जानकारी पाउन सकियोस्।

मन्त्री वेल्स पनि अझै धेरै सुधार गर्न बाकि रहेको कुरो स्विकार्छिन्।

उनका अनुसार रेटिङ्ग सिस्टम एज्डकेयरको क्षेत्रमा आउन लागेको सुधारको एक झट्का मात्र हो।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now