Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालले थप ठाउँहरुमा उडान भर्न पाउने र ८ करोडभन्दा बढीको सुन बरामद: गए ७ दिन नेपालमा

Nepal Airlines seen at Kathmandu Airport.

Nepal Airlines seen at Kathmandu Airport on February 27, 2019.(Photo by PRAKASH MATHEMA/AFP/Getty Images) Source: Getty

चिनियाँ सरकारले थप ठाउँहरुमा उडान गर्न मिल्ने अनुमति नेपाललाई दियो र गोरखाको एक ओडारमा भेटियो १६ किलो सुन। यसैबिच, नेपालको फुटबल टोली विश्व वरियताक्रममा खस्केको छ। गए ७ दिनका प्रमुख नेपाल समाचार।


Published

By Pratichya Dulal

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


चिनियाँ सरकारले थप ठाउँहरुमा उडान गर्न मिल्ने अनुमति नेपाललाई दियो र गोरखाको एक ओडारमा भेटियो १६ किलो सुन। यसैबिच, नेपालको फुटबल टोली विश्व वरियताक्रममा खस्केको छ। गए ७ दिनका प्रमुख नेपाल समाचार।


चीनका १५ वटा विमानस्थालमा नेपालको पहुँच

नेपालले चीनको १५ वटा विमानस्थलमा हवाई उडान गर्न पाउने भएको छ। यहि साता चीन बसेको नेपाल र चिनियाँ पक्ष बीचको वार्ता पछि भएको नेपाल र चीनबीच भएको हवाई सम्झौता पुनरावलोकन पछि नेपालले यस्तो सुविधा पाएको हो।

यसअघि नेपालले चीनमा उडानका लागि सातवटा गन्तव्य पाएको थियो। तर झण्डै एक दशक यता नेपालले पाएका ती गन्तव्यहरूमा उडान भर्न सकेको छैन। 

नेपाल एक स्थान तल 

फिफाले जुलाई महिनाको लागि सार्वजनिक गरेको विश्व वरियताक्रममा नेपाल एक स्थान तल झरेको छ। अघिल्लो महिना १ सय ६५ औं स्थानमा रहेको नेपाल बिहिवार सार्वजनिक भएको वरियताक्रममा १ सय ३५औं स्थानमा र दक्षिण एसियाली देशको वरियतामा भने तेस्रो रहेको छ। भारत र माल्दिभ्स नेपालभन्दा एसियाली मुलुकको वरियतामा क्रमश पहिलो र दोस्रो रहेका छन्। 

निर्मला घटना 

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एकवर्ष बितेको छ। यहि सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगले उक्त घटना बारे आफूले सरकारलाई दिएको सिफारिस कार्यान्वयनको अवस्थाबारे जानकारी गराउन पत्र खेलेको छ। आयोगले उकेत पत्र मन्त्रीपरिदम समक्ष शुक्रबार पठाएको हो। 

यसैबीच गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणलाई राजनीतिकरण गरिएको बताएका छन्। आफ्नो मन्त्रालयले गएको एकवर्षमा गरेका प्रगति विवरण सार्वजनिक गर्ने आयोजित पत्रकार सम्मेलनका क्रममा संचारकर्मीहरूले निर्माल हत्या प्रकरणको अनुसन्धानको प्रगति बारे गरेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो प्रतिकृया दिएका हुन्।

"निर्मला घटनाका प्रकरण यसभन्दा अघि पनि थए,आज पनि छन् र भोली पनि केहि समयसम्म रहन्छन्," उनले भने, "यो घटनालाई राजनीतिकरण गरियो जुन अत्यन्तै दुख हो।"

उक्त कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायित्वलाई पूर्णता दिने र उपलब्धि रक्षा गर्ने सवालमा नेत्र विक्रम चन्द 'विप्लव'नेत्रित्वको समूह चुनौती रहेको र सरकारले त्यसको सामना गरिरहेको बताए।  

धर्म प्रचार गरेको आरोपमा विदेशी पक्राउ

काश्कीमा धर्म प्रचार गरिरहेका तीन जना विदेशी नागरिकलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ। उनीहरू माथि क्रिचियन धर्मको प्रचार गरेको र धर्म परिवर्तन गराउन खोज्दै हिँडेको आरोप लागेको हो।

यसरी पक्राउ पर्नेमा दुईजना जापानी र एक जना कोरीयाली नागरिक रहेको प्रहरीले जनाएको छ। 

खर्च गर्न सकेनन् प्रदेशले पनि 

गत आर्थिक वर्षमा प्रदेश सरकारहले आफैं विनियोजन गरेको रकम खर्च गर्न सेकनन्। सातवटै प्रदेशले औसतमा ५४ प्रतिशतमात्र बजेट खर्च गरेको देखिएको छ। जसमा प्रदेश १ ले करिब ५८ प्रतिशत, प्रदेश २ ले करिब ५० प्रतिशत,प्रदेश ३ले करिब ५८ प्रतिशत,गण्डकी प्रदेशले ५८ प्रतिशत र प्रदेश ५ ले सबैभन्दा धेरै ६१ प्रतिशत बजेट खर्च गरेको देखिएको छ।  यस्तै सबैभन्दा थोरै बजेट खर्च गर्ने कर्णाली प्रदेश रहेको छ।

कर्णाली प्रदेशले विनियोजन गरेको बजेटमध्ये करिव ३५ प्रतिशत मात्र खर्च गरेको छ भने सुदुरपश्चिम प्रदेशले झण्डै ५६प्रिशत बजेट खर्च गरेको छ। 

यौन शोषणबाट जन्मेका बालबालिकाको जन्मदर्ता गर्न सिफारिस 

राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रजगारमा रहँदायौन शोषणबाट अनिच्छित गर्भधारण गइ जन्मेका बालबालिकाको जन्मदर्ताको बन्दोबस्त गर्न सरकारलाई सिफारिस गरेको छ।

आयोगले गरेको स्थलगत अध्ययनका क्रममा बैदेशिक रोजगारीका क्रममा यौन शोषणबाट अनिच्छित गर्भधारण भई जन्मेका बालबालिकाको जन्मदर्ता गराउन समस्या देखिएको भन्दै उसले सरकार समक्ष यस्तो सिफारिस गरेको हो। 

प्रधानमन्त्रीले दिए गलत व्यक्तिलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीको द्विटर ह्याण्डलबाट गलत व्यक्तीलाई बधाई गएको छ। उनले बिहिबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्रो बोरिस जोनसनलाई बधाई दिने क्रममा त्यस्तै जना गएका अर्का व्यक्तलाई ट्विटर मार्फत बधाई दिन पुगे।

उक्त विषयले सामाजिक सञ्जाल र स्थानीय संचार माध्यमा निकै चर्चा पायो। 

‌ओडारमा भेटियो १६ किलो सुन

प्रहरीले ओडारमा लुकाइ राखेको १६ किलो सुन बरामद गरेको छ। गोरखाको उत्तरी भागमा पर्ने धार्चे गाउँपालिका ३ माछाखोलास्थित ओडारमा लुकाएर राखिएको  सुन प्रहरीले भेटेको हो। धार्चे निवासी ४० वर्षिय धनकमल गुरुङले उत्तरी गोरखाको छेकम्पारबाट खच्चडलाई बोकाएर ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओम प्रसाद अधिकारीले बताए।

उक्त सुनको बजार मुल्य ८ करोड ८१ लाख रहेको बताइएको छ। 

 

रअ प्रमुखलाई प्रमले नभेटेको दावी 

गत साता भारतीय गुप्तचर संस्थाका प्रमुख समान्त कुमार गोयल नेपाल आएर विभिन्न दलका शिर्ष नेताहरूसंग भेटडघाट गरेका विवरणले नेपाली संचार माध्यमा निकै चर्चा पायो। त्यसै क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटरमा नै भेटेको। यस्तै सत्तारुढ दलका अर्का अध्ययक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई समेत भेटेको विवरणहरू आएका छन्।

तर हालसम्म कुनै पनि नेताले रअ प्रमुखसंग भेटेको पुष्टि गरेका छैनन्। यसै क्रममा सरकारका प्रवक्ता एवं संचारमन्त्री गोकुल बास्कोटाले प्रधामन्त्री ओली र नवनियुक्त रअ प्रमुखबीच भेट नभएको जनाएका छन्। उनको मन्त्रालयमा हुने साप्ताहीक पत्रकार सम्मेलनका क्रममा यस विषयमा संचारक्रमीहरूले राखेको जिज्ञासाको उत्तर दिँदै उनले भने, "भारतीय गुप्तचर प्रमुख नेपाल आएको र नेताहरू भेटेको हामीलाई थाहा छैन। तर म दाबाका साथ मन्छु प्रधानमन्त्री ज्यूले भेटे जस्तो मलाइ लाग्दैन।"

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now