फ्रि-तिब्बतमा सहभागी सासंद निलम्बित र पौडेलको मृत्युबारे बहस: गए ७ दिन नेपालमा

Home minister Ram Bahadur Thapa answering question from Nepali Congress MP in Parliament.

Ram Bahadur Thapa in Parliament. Source: RSS

समाजवादी पार्दीले सासंद प्रदीप यादवलाई लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएको भन्दै छ महिना निलम्बन र नेत्रविक्रम चन्द विपल्व नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या वा इन्काउन्टर बारे संसदमा चर्चा। गए ७ दिनका प्रमुख नेपाल समाचार।


पौडेलको हत्या वा इन्काउन्टर बारे संसदमा चर्चा

नेत्रविक्रम चन्द विपल्व नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या बारे सत्तारुण दलकै सासंदहरूले गृहमन्त्री रामबहादुर थापा र आइजीपी सर्वेन्द्र खनालसंग प्रश्न गरेका छन्।

संसदको राज्य व्यवस्था समितिमा सोमवार भएको बैठकमा सत्तारुढ दलका सासंद यशोदा सुवेदी र रेखा शर्माले झोलामा पेस्तोल भएको व्यक्तिसंग प्रहरीको कसरी इन्काउन्टर भयो भन्दै प्रश्न गरे।

जवाफमा गृहमन्त्री थापाले भन,"पौडेल भुठभेडभै मारिए सरकारका वार्ता चाहन्छ तर चन्द समूहले राजनीतिक समाधान खोज्न मानेन।''

यसैबीच राज्य व्यवस्था समितिले सरकारलाई एक साताभित्र उक्त घटनाबारे सत्यतथ्य सहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।

फ्रि-तिब्बतमा सहभागी सासंद निलम्बित

समाजवादी पार्दीले सासंद प्रदीप यादवलाई पार्टीको नीति वपरित लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकामा कारबाही गरेको जनाएको छ।

उनलाई ६ महिना पार्टिबाट निलम्बित गरिएको हो।

साथै पार्टीलाई जनाकारी नै नगराइ उक्त कार्यक्रमा सहभागी भएको बारे सासंद यादवलाई लिखित स्पष्टिकरण समेत माग गरिएको तर जवाफ चित्तबुझ्दो नआएका कारण निलम्बन गरिएको उक्त पार्टीले जनाएको छ।
Nepal MP Pradip Yadav suspended from Samajwadi Party for 6 months
Nepal MP Pradip Yadav suspended from Samajwadi Party for 6 months. Source: Facebook

अध्यागम विभागले गलत व्यक्तिलाई प्रवेश आज्ञा दिएन

अध्यागमन विभागले गतसाता दलाई लामाको चेला भएको आशंकामा एक जना अमेरिकी नागरिकलाई नेपालमा प्रवेश गर्न अनुमति नदिएको खुलेको छ।

विभागले पेम्मा छिरिङ्लाई दलाई दलाई लामाको चेला भएको आशंकामा बुधबार त्रिभुव विमानस्थलबाटै फिर्ता पठाएको थियो।

चीनले स्वयी नाम गरेका तर धर्मशालामा निर्वासित जीवन बिताइरहेका एकजना व्यक्तिको नाम कालो सूचिमा राखेका कारण नेपाली अधिकारीहरू झुक्किएको बताइए छ।

११ वर्षिया बालकले गरे आत्महत्या

ललितपुरको वागमती गाउँपालिका २ माल्टास्थित कालीदेवी मावीमा कक्षा ५ मा अध्ययनरत ११ वर्षिया बालक समिर लुङ्वाले आत्महत्या गरेका छन्।

उनले घरमा कोहि नभएको समयमा आफ्नै ज्यान लिएको प्रहरीले जनाएको छ। यस्तै समिरको लाशसंगै एउटा सुसाइड नोट पनि भेटिएको र त्यसमा उनलाई कसैले पनि माया नगरेको गुनासो गरेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ।

एसईई परिक्षाफल सार्वजनिक

यसवर्षको एसईई परिक्षाको नतिजा बिहिवार सार्वजनिक भएको छ। करिब तीन महिना अघि भएको एसईईमा चार लाख पचास हजार भन्दा बढी विद्यार्थीले परिक्षा दिएका थिए।

जसमा १.६ देखि २.८ जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै अर्थात २ लाख ७० हजार रहेको छ। यस्तै ३.८२ प्रतिशत विद्यार्थीलेमा त्र ३.६ देखि ४ सम्म अर्थात ए पल्स ल्याएका थिए।

अधिकाशं विदर्थीले गणित विषयमा राम्रो नम्बर ल्याउन नसकेको अधिकारीहरूले बताएका छन्।

गणित विषयमा ५० प्रतिशत विद्यार्थीले जीपीए १.६ भन्दा कम ल्याएका छन्।

यस्तै यहि वर्ष एसईई दिएकी नायीका करिश्मा मानन्धर र नेतृ शान्ता चौधरीले पनि परिक्षा उत्तिरण गरेका छन्। मानन्धरले जीपीए ३ अर्थित बी प्लस ल्याइन। नेकपाकी सासंद चौधरीले अब कानुनु विषय लिएर अध्ययन गर्ने इच्छा रहेको बताएकी छन्।
Karishma Manandhar and Shanta Chaudhary
Actor Karishma Manandhar and MP Shanta Chaudhary sat for their SEE exams and have successfully passed. Source: Facebook

द्रुतमार्गको लम्बाइ कम तर लागत बढ्ने

काठमाण्डू-तराई द्रुतमार्गको दूरी छोटिएको सेनाले जनाएको छ। यहि साता संसदको विकास तथा प्रविधिसमितिमा द्रुतमार्गबारे बसेको बैठकमा सेनाका अधिकारीहरूले उक्त आयोजनाको लम्बाइ घटेको र लागत भने बढेको बताए।

यसअघि एसियाली विकास ब्याङ्कले बनाएको पेरतिवेदनमा द्रुतमार्गको दुरी ७६.२ निर्माणको लागत एक खर्ब १२ रुपैयाँ उल्लेख गरिएको थियो।

''द्रुतमार्गको लागत १ खर्ब ७५ अर्ब ९९ करोड र लम्बाइ ७२.५ रहेको छ,'' सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले समितिलाई भने।

बुढीगण्डकी बारे कुनै सम्झौता भएको छैन: मन्त्री पुन

उर्जा मन्त्री वर्षमान पुनले चिनियाँ कम्पनी गेजुवासंग बुढीगण्डकी जलविद्युत आयोजनाबारे कुनै सम्झौता नभको बताएका छन।

संसदमा उक्त आयोजना चिनियाँ कम्पनीलाई दिएको भन्ने समाचार आएको बारे प्रमुख प्रतिपक्षकी सासंद डिला संग्रोला पन्तले गरेको प्रश्नको जवाफमा मन्त्री पुनले यस्तो जवाफ दिएका हुन्।

"बुढीगण्डकी गेजुवा कम्पनीलाई दिने सम्झौता भएको छैन। मन्त्री परिषदले उर्जा मन्त्रालयलाई उक्त कम्पनीसंग छलफल गर्न भनेको हो। हामीले पाँच महिना अघि तीन चरणमा वार्ता गरेका हौं त्यसपछि अघि बढेको छैन।"


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand