SKIP TO MAIN CONTENT

मानसिक तनावमा रहेका नेपालीहरूका लागी निःशुल्क परामर्श व्यवस्था

Nepalese Australian Association
Source: NAA via Facebook

नेप्लिज अस्ट्रेलियन एसोसिएसनले हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १२ बजे सम्म नेपाली समुदायमा मानसिक तनाव र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइरहेको छ। सो कार्यक्रम अन्तर्गत आर्थिक, पारिवारिक र अन्य जुन कुनै कारणले मानसिक तनावमा रहेका अस्ट्रेलियामा बसोबास गर्ने जो कोही नेपालीहरूका लागी परामर्श दिने व्यवस्था गरिएको छ। विशेष गरी पछिल्लो समयमा नेपाली विद्यार्थीहरू पढ्दै आएको कलेजको सम्बन्धनका विषय विवादित भइरहँदा अन्योलमा रहेका ती विद्यार्थीहरूमा रहेको मानसिक तनाव व्यवस्थापनका लागी सामूहिक परामर्श पनि प्रदान गर्ने एसोसिएसनको योजना रहेको छ। नेप्लिज अस्ट्रेलियन एसोसिएसन र यो निःशुल्क परामर्श सेवाका सम्बन्धमा संस्थाका अध्यक्ष मधुसुदन पुडासैनीले एसबीएस नेपालीसँग कुरा गर्नुभएको छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेप्लिज अस्ट्रेलियन एसोसिएसनले हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १२ बजे सम्म नेपाली समुदायमा मानसिक तनाव र मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिइरहेको छ। सो कार्यक्रम अन्तर्गत आर्थिक, पारिवारिक र अन्य जुन कुनै कारणले मानसिक तनावमा रहेका अस्ट्रेलियामा बसोबास गर्ने जो कोही नेपालीहरूका लागी परामर्श दिने व्यवस्था गरिएको छ। विशेष गरी पछिल्लो समयमा नेपाली विद्यार्थीहरू पढ्दै आएको कलेजको सम्बन्धनका विषय विवादित भइरहँदा अन्योलमा रहेका ती विद्यार्थीहरूमा रहेको मानसिक तनाव व्यवस्थापनका लागी सामूहिक परामर्श पनि प्रदान गर्ने एसोसिएसनको योजना रहेको छ। नेप्लिज अस्ट्रेलियन एसोसिएसन र यो निःशुल्क परामर्श सेवाका सम्बन्धमा संस्थाका अध्यक्ष मधुसुदन पुडासैनीले एसबीएस नेपालीसँग कुरा गर्नुभएको छ।

उहाँसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now