महिनावारी बारे जनचेतना फैलाउन नारीनिकुञ्जले कार्यक्रम गर्ने

Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal.

Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal. Source: RPP

महिनावारी र यस अन्तर्गतको स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गत महिला विभाग नारीनिकुञ्जले सिड्नीमा एक कार्यक्रम गर्ने भएको छ ।


अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपालका ग्रामीण भेगका महिलामा महिनावारी प्रतिको परम्परागत सोच र स्वास्थ्य जोखिम बारे जनचेतना फैलाउने उद्देश्य सहित अन्तरक्रिया कार्यक्रम गर्न लागेको संस्थाले बताएको छ ।

शनिवार मार्च ६ तारिखमा हुन लागेको उक्त कार्यक्रममा उठेको रकम नेपालका विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारी हुँदाको समयमा प्रयोग हुने स्वास्थ्य सामाग्री र जनचेतनामा खर्च गरिने नारीनिकुञ्जकी राष्ट्रिय सचिव स्वीकृति भट्टले जानकारी दिइन् ।

“नेपालका ग्रामीण भेगका कतिपय छात्राहरू उचित स्वास्थ्य सामाग्रीको अभावमा महिनावारी हुँदा विद्यालय जाँदैनन्, उनीहरूलाई महिनावारी हुँदा प्रयोग गरिने स्वास्थ्य सामाग्री र जनचेतना अभिवृद्धिमा लागिरहेको एक संस्थामा मार्फत सहयोग गरिनेछ ।” भट्टले भनिन् ।

नेपालकी एक महिला राष्ट्रको सबैभन्दा उच्च ओहदामा रहँदा त्यहीका महिला महिनावारी हुँदा गोठमा बस्नु पर्ने अवस्थामा परिवर्तन गरिनु पर्ने उनले बताइन् ।

“गाउँमै जानुपदैन नेपालको सहरमा पनि महिनावारिलाई लिएर नकारात्मक धारणा छ, यसलाई परिवर्तन गर्न घरबाटै सुरुवात हुनुपर्दछ ।” भट्टले भनिन् ।
Nirinikunja,womens forum of NRNA is hosting a program for the awareness of menstrual health.
Nirinikunja,womens forum of NRNA is hosting a program for the awareness of menstrual health. Source: Supplied
मार्च ६ तारिखमा न्यु साउथ वेल्सको ग्रान्डभीलमा हुने कार्यक्रममा सहभागिता जनाउन संस्थाले समुदायका सदस्यहरूलाई आग्रह पनि गरेको छ । 

अन्तर्राष्ट्रिय नारी दिवस सन् १९७७ देखि मार्च ८ तारिखका दिन मनाइने गरिन्छ । 

विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा “चुज टु च्यालेन्ज” रहेको छ ।

नारी निकुञ्जको आयोजनामा अन्य राज्यहरूमा पनि विभिन्न कार्यक्रम गरिने संस्थाले जानकारी दिएको छ ।

न्यु साउथ वेल्स लगायत ए सी टी, साउथ अस्ट्रेलिया र नदर्न टेरीटरीमा पनि नारी दिवसको अवसरमा गैर आवासीय सङ्घले कार्यक्रम गर्न लागेको छ ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand