SKIP TO MAIN CONTENT

महिनावारी बारे जनचेतना फैलाउन नारीनिकुञ्जले कार्यक्रम गर्ने

Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal.
Women on their way to 2020 Dashain celebration in Kanchanpur, Nepal. Source: RPP

महिनावारी र यस अन्तर्गतको स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गत महिला विभाग नारीनिकुञ्जले सिड्नीमा एक कार्यक्रम गर्ने भएको छ ।


Published

Updated

By Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

महिनावारी र यस अन्तर्गतको स्वास्थ्यका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया अन्तर्गत महिला विभाग नारीनिकुञ्जले सिड्नीमा एक कार्यक्रम गर्ने भएको छ ।


अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपालका ग्रामीण भेगका महिलामा महिनावारी प्रतिको परम्परागत सोच र स्वास्थ्य जोखिम बारे जनचेतना फैलाउने उद्देश्य सहित अन्तरक्रिया कार्यक्रम गर्न लागेको संस्थाले बताएको छ ।

शनिवार मार्च ६ तारिखमा हुन लागेको उक्त कार्यक्रममा उठेको रकम नेपालका विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारी हुँदाको समयमा प्रयोग हुने स्वास्थ्य सामाग्री र जनचेतनामा खर्च गरिने नारीनिकुञ्जकी राष्ट्रिय सचिव स्वीकृति भट्टले जानकारी दिइन् ।

“नेपालका ग्रामीण भेगका कतिपय छात्राहरू उचित स्वास्थ्य सामाग्रीको अभावमा महिनावारी हुँदा विद्यालय जाँदैनन्, उनीहरूलाई महिनावारी हुँदा प्रयोग गरिने स्वास्थ्य सामाग्री र जनचेतना अभिवृद्धिमा लागिरहेको एक संस्थामा मार्फत सहयोग गरिनेछ ।” भट्टले भनिन् ।

नेपालकी एक महिला राष्ट्रको सबैभन्दा उच्च ओहदामा रहँदा त्यहीका महिला महिनावारी हुँदा गोठमा बस्नु पर्ने अवस्थामा परिवर्तन गरिनु पर्ने उनले बताइन् ।

“गाउँमै जानुपदैन नेपालको सहरमा पनि महिनावारिलाई लिएर नकारात्मक धारणा छ, यसलाई परिवर्तन गर्न घरबाटै सुरुवात हुनुपर्दछ ।” भट्टले भनिन् ।

Nirinikunja,womens forum of NRNA is hosting a program for the awareness of menstrual health.
Nirinikunja,womens forum of NRNA is hosting a program for the awareness of menstrual health. Source: Supplied

मार्च ६ तारिखमा न्यु साउथ वेल्सको ग्रान्डभीलमा हुने कार्यक्रममा सहभागिता जनाउन संस्थाले समुदायका सदस्यहरूलाई आग्रह पनि गरेको छ । 

अन्तर्राष्ट्रिय नारी दिवस सन् १९७७ देखि मार्च ८ तारिखका दिन मनाइने गरिन्छ । 

विश्वभर मनाइने अन्तर्राष्ट्रिय नारी दिवसको यस वर्षको नारा “चुज टु च्यालेन्ज” रहेको छ ।

नारी निकुञ्जको आयोजनामा अन्य राज्यहरूमा पनि विभिन्न कार्यक्रम गरिने संस्थाले जानकारी दिएको छ ।

न्यु साउथ वेल्स लगायत ए सी टी, साउथ अस्ट्रेलिया र नदर्न टेरीटरीमा पनि नारी दिवसको अवसरमा गैर आवासीय सङ्घले कार्यक्रम गर्न लागेको छ ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now