लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा छाएका कलाकार हुन् नीर शाह। ठुलो पर्दामा विभिन्न भूमिकामा देखा परेका वरिष्ठ कलाकार शाहले अभिनय मात्र नभई निर्देशक र निर्माताको अनुभव पनि लिएका छन्। शाहसँग चलचित्र प्रदर्शनका वैकल्पिक प्लेटफर्महरू र यसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव साथै उनका अनुभवका बारेमा नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नु भएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





