फ्रान्स र इङ्गल्यान्डलाई पछार्दै स्पेन र अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा पुगेका छन्। वर्ल्ड कप चर्चालाई जारी राख्दै हामीले बिहीवार, जुलाई १७ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा न्यु साउथ वेल्स र भिक्टोरियाको सीमामा रहेको रिजनल शहर अल्ब्रीमा बसोबास गर्दै आएका रोजन रिमाल र रोविना रिमालसँग कुराकानी गरेका छौँ। अठार वर्षीय रोजन रिमाल फुटबल भिक्टोरिया अन्तर्गत एक रेफ्री हुन् भने, सानै उमेरदेखि मैदानमा सक्रिय रहँदै आएकी रोविना रिमाल मर्री युनाइटेड एफसीबाट कम्युनिटी प्रिमियर लिगकी खेलाडी हुन्। यसपालिको विश्वकपमा एआईको प्रयोग, केही विवादास्पद रेफ्री निर्णय, महिला विश्वकप २०२७ र फाइनल अगि फुटबल प्रेमीहरूले थाहा पाउनु पर्ने केही नियम लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBS र SBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।
एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
Share





