आर्थिक वर्ष सन् २०२५-२६ लाई बिदा गर्दै २०२६-२७ लाई स्वागत गर्ने समय भएको छ। अस्ट्रेलियामा जुलाई १ देखि के-के परिवर्तन हुँदै छन् त? यो लगायत रिजर्भ ब्याङ्कले ४.३५ प्रतिशतमा यथावतै राखेको ब्याज दर र ‘क्यापिटल गेन्स ट्याक्स‘मा फेरबदलसँगै के अब ‘प्रपर्टी इन्भेस्टर’ बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त जस्ता जिज्ञासाहरूको उत्तरका साथ हामी आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग यस महिनाको आर्थिक कुराकानी लिएर आएका छौँ।
यस महिनाको कुराकानीका मुख्य विषयहरू:
📉 रिजर्भ ब्याङ्कले ब्याजदर ४.३५ प्रतिशतमै राखेपछि अब ऋण लिने र घर किन्नेहरूको योजना कस्तो हुनुपर्छ?
💰 बढ्दो ऋणको किस्ताले दबाबमा परेकाहरूका लागि — घर बेचेर भाडामा बस्ने कि केही समय धैर्य गर्ने?
📊 आर्थिक वर्ष २०२५–२६ कस्तो रह्यो? र जुलाई जुलाई १ देखि लागू हुने प्रमुख आर्थिक परिवर्तनहरू के हुन्?
🏘️ क्यापिटल गेन्स ट्याक्समा प्रस्तावित परिवर्तनपछि के अब ‘प्रपर्टी इन्भेस्टर’ बनेर पैसा कमाउन सकिने दिन अस्ट्रेलियामा सकिएकै हो त?
🏠 इन्भेस्टमेन्ट प्रपर्टीहरूको सङ्ख्यामा गिरावट हुँदै गर्दा, के अब रेन्टल प्रपर्टीहरूको सङ्ख्या पनि घट्न सक्छ होला? र ‘स्टक कम’ भएपछि, के घरभाडा पनि बढ्ला?
⚽ फिफा विश्वकपले विश्व अर्थतन्त्रलाई कत्तिको चलायमान बनाउँछ?
🥅 सकरुजका थुप्रै खेलाडी उत्पादन गरेको सिड्नीको वेस्टफिल्ड्स स्पोर्ट्स हाई स्कुल रहेको फेयरफिल्ड वेस्ट क्षेत्रमा घरको माग र मूल्य कस्तो छ? राम्रो विद्यालय र खेलकुदको प्रतिष्ठाले स्थानीय घरबजारलाई कत्तिको प्रभाव पार्छ?




