गए रात, अस्ट्रेलियाको मध्यभागमा रहेको ग्रामीण शहर, एलिस स्प्रिङ्ग्स हिंसाग्रस्त भयो। केही दिनयतादेखि हराइरहेकी भनिएकी एक पाँच वर्षिया बालिकाको शव फेला परेको स्थानीय प्रहरीले हिजो, बिहीवार एप्रिल ३० मा बताएको थियो। प्रहरीले घटनाका कथित आरोपित, एक ४७ वर्षीय पुरुषलाई पक्राउमा लिएको, र त्यस पछि हिजो राति एलिस स्प्रिङ्ग्स अस्पताल बाहिर हिंसा भड्किएको रिपोर्टहरू आएका थिए। ती पाँच वर्षिया बालिकाको परिवारले अब उप्रान्त उनलाई ‘कुमान्जायी लिटल बेबी’ भनेर सम्बोधन गरिदिन आग्रह गरेको छ। र, यसै क्रममा एसबीएस नेपालीले मल्टिकल्चरल कम्युनिटी सर्भिसेज अफ सेन्ट्रल अस्ट्रेलियाकी प्रमुख मोना उलक, एलिस स्प्रिङ्ग्समा नर्स रहेका धरणीश खनाल र एकजना स्थानीय अभिभावक रचना सापकोटासँग खोजी कार्यदेखि पछिल्ला घटनाक्रम र समुदायमा परेको प्रभावबारे गरेको कुराकानी सुन्नुहोस्। चेतावनी: यस सामग्रीका केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- १३०० यार्न: १३ ९२ ७६
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।
यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।
Share





