नेपालकी महिला पर्वतारोही पूर्णिमा श्रेष्ठले यो वर्ष सहित गरेर हालसम्म ६ पटक सगरमाथा आरोहण गरेकी छन्। यसपालि उनी अगिल्लो बुधवार, मे २० मा सगरमाथाको चुचुरोमा पुगेकी थिइन्। र यसैको २४ घण्टा अवधिमा २७० जनाभन्दा बढी व्यक्तिले सगरमाथा आरोहण गरे जुन हालसम्मकै सबैभन्दा धेरै पनि हो। लामो नागबेली आकारको लस्करमा मानिसहरू सगरमाथा चढिरहेको तस्बिर र भिडियोहरू सोसल मिडिया र पारम्परिक सञ्चार माध्यमहरूबाट सार्वजनिक पनि भएका थिए। एकै याममा तीन पटक सगरमाथा चढेर कीर्तिमान बनाइसकेकी श्रेष्ठसँग यस पटक सगरमाथामा देखिएको आरोहीहरूको भिड र त्यसले आरोहणमा पारेको असरबारे नेपाल संवाददाता प्रतिक्षा दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share




