नेपाल, भारतीय महाद्वीप लगायत विश्वभरबाट आउने विद्यार्थीहरूका लागि अस्ट्रेलिया एक प्रमुख गन्तव्य रहँदै आएको छ। यो सङ्ख्या घटबढ हुने क्रमसँगै, अन्तर्राष्ट्रिय विद्यार्थी जीवनका चुनौती र अवसरहरू पनि उत्तिकै रहेको देखिन्छ। यस्तै विविध पृष्ठभूमिका विद्यार्थीहरूलाई एकजुट गराइरहेको एक संस्था हो ‘द ब्रेक’ जसमा आवद्ध छिन्, सृष्टिना घिमिरे। हाल मेलबर्नमा ब्याचलर अफ सोसल वर्क पढ्दै गरेकी घिमिरे, द ब्रेक नामक गैर नाफामूलक संस्थामा आफ्नो प्लेसमेन्ट गर्दै छिन्, जसमा उनले अरूलाई काउन्सलिङ र अन्य सहयोग पनि प्रदान गर्दछिन्। प्लेसमेन्ट सुरु गर्नु अघि आफूले पनि अनिवार्य रूपमा काउन्सलिङ लिनुपर्ने प्रावधान, आफ्नो लागि नौलो रहेको घिमिरे बताउँछिन्। यिनै विषयहरू समेटेर उनको अन्तर्राष्ट्रिय विद्यार्थी यात्रा र समाज सेवाप्रतिको रुचिबारे घिमिरेसँग एसबीएस नेपालीले गरेको सहकर्मी दिनिता रिसालले घिमिरेसँग कुराकानी गर्नु भएको छ। सुरुमा भने, आफूलाई पहिलो पटक कसैले काउन्सलिङ दिँदा, सृष्टिना घिमिरेको अनुभव कस्तो थियो?
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो डाक्टर वा सम्बन्धित स्वास्थ्य चिकित्सकलाई सम्पर्क गर्नुहोस्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।




