बेन क्यारोल भिक्टोरियाका प्रिमियरका रूपमा निर्वाचित भएका छन्। उनले लेबर ककसको समर्थन गुमाएकी जसिन्टा एलनको स्थान लिएका हुन्। मङ्गलवार बिहान बसेको तनावपूर्ण र अस्तव्यस्त भनिएको ककस बैठकमा महान्यायाधिवक्ता सोन्या किल्केनीले उनलाई नेतृत्वका लागि चुनौती दिएकी थिइन्। तर अन्ततः क्यारोल निर्विरोध रूपमा नेता चयन भएका हुन्। त्यस्तै यातायात मन्त्री गेब्रिएल विलियम्सले उपप्रिमियरको जिम्मेवारी सम्हाल्नेछिन्। यसलाई लेबरका सक्रिय सदस्य तथा टार्नेट ब्रान्च अध्यक्ष समेत रहिसकेका महेश भण्डारी सामान्य पार्टी अभ्यास भएको विचार राख्छन्। भण्डारीसँगको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





