नेपालमा सयभन्दा बढी चिनियाँ नागरिक पक्राउ र चिसोले कठाङ्गरियो काठमाडौं: गत ७ दिन नेपालमा

Nepal Police

Source: AP

नेपालको प्रहरिले शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट करिब एक सय २२ चिनिया नागरिकहरुलाई पक्राउ गरेको छ र यसपल्टको जाडोमा काठमाडौं तापक्रम झण्डै शून्यमा पुगेको लगायत गए ७ दिनका प्रमुख समाचार यहाँ सुन्नुहोस्।


एक सय २२ चिनियाँ नागरिक पक्राउ

शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा सोमबार काठमाडौंबाट करिब एक सय २२ चिनिया नागरिक पक्राउ परेका छन । नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसन अन्तर्गत यी व्यक्ति पक्राउ परेका हुन ।

चिनियाँ विदेश मन्त्रालयले मंगलबार सीमा अपराध र साइबर क्राइममा संलग्न रहेको अभियोगमा उनीहरु पक्रन दुवै देशको प्रहरीको संयुक्त अपरेसन सञ्चालन गरिएको जानकारी गराएको हो ।

मंगलबार चीनको विदेश मन्त्रालयले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा १ सय २२ चिनियाँ नागरिक पक्राउ परेको जानकारी गराएको हो । पक्राउ परेकामाथि ‘क्रसबोर्डर साइबर क्राइम’को अभियोग लागेको चीन सरकारले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त पहलमा उनीहरु पक्राउ परेको उल्लेख गरेका छन् । पक्राउ परेका सबैविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतले ‘अभद्र व्यवहार’ कसूरमा ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगन्ज, सिंहदरबार, बालाजु, सोह्रखुट्टे र प्रहरी प्रभाग बूढानीलकण्ठको हिरासतमा राखिएको छ । तर चिनियाँलाई पक्राउ गरिएपछि प्रहरीलाई भाषाको समस्याले निकै पिरोलेको छ । केही प्रहरी युनिटका थुनुवा कक्षमा चिनियाँ भाषा अनुवादकको सहयोग लिइए पनि अधिकांशमा त्यो सुविधा छैन । भाषा अनुवादक नभएका कारण महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठमा चिनियाँसँग संवाद गर्न मोबाइल एपको प्रयोग गरेको छ ।

 

तस्करीको नौलो तरिका

मोडलिङसम्बन्धी काम गर्ने भन्दै विराटनगर पुर्याएर २२ वर्षीया युवतीलाई ’तान्त्रिक पूजा’ गराउने तयारी गर्ने एक महिलासहित सात जना पक्राउ परेका छन ।

प्रारम्भिक अनुसन्धानमा मोटो रकम लिएर उनीहरूले ती युवतीलाई भारत पठाउन लागेको देखिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ उनीहरूलाई मानव बेचबिखन अन्तर्गत सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरुले विभिन्न खालका सर्तहरू राख्न थाले पछि परिवारका सदस्यहरू प्रहरीको सम्पर्कमा आएको र प्रहरीले उनीहरूको पिछा गरेको बताइएको छ ।

 

शनिवार यस बर्षकै चिसो दिन

केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम् तापक्रम शनिबार शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौं उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।
Kathmandu Durbar Square.
Kathmandu Durbar Square. Source: Trinh Le
शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविदहरुको भनाइ छ । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका चिसो बढेको छ ।

कांग्रस अधिवेशन २०७७ फागुनमा

नेपाली कांग्रेसले २०७७ फागुन ७ देखि १० गतेसम्म पार्टीको १४ औं महाधिवेशन आयोजना गर्ने भएको छ । पार्टिले यसको कार्यतालिका पनि सार्वजनिक गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतले १४ औं महाधिवेशनको कार्यतालिकासहितको मिति तय गरेको हो ।

महाधिवेशनको मिति र कार्यतालिका तय गर्ने बैठकमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका पदाधिकारी तथा सदस्य सहभागी थिएनन् । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले यही पुस मसान्तसम्म पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने निर्णय गरेको छ ।

२०७६ माघ देखि २०७७ वैशाख मसान्तसम्म प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण गरी केन्द्रमा पठाउनुपर्नेबैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्रीको बचाउ

सरकारले विभिन्न निर्णय मार्फत सस्तो र कतिपय ठाउमा कानुन समेत मिचेर सरकारी र नेपाल टष्टको जग्गा यति होल्डिग्सलाई दिन गरेको निर्णयको साताभर आलोचना र चर्चा भइरह्यो । मिडिया र संसदमा पनि यसको चर्चा भयो ।

लामो समय यसबारे प्रतिक्रिया नदिएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार गोकर्ण रिसोर्टको २ हजार ७९३ रोपनी जग्गा थप २५ वर्षलाई यति समूहलाई नै लिजमा दिने निर्णयको बचाउ गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले सरकारलाई बद्नाम गराउन देश विदेशबाट अनेक प्रयास भएरहेको बताए । स्रोत साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसमार्फत सरकारमाथि हमला गर्न खोजेको भन्दै उनले मिडियाको आलोचना गरे । गोकर्ण रिसार्टको लिज अवधि थपलाई लिएर उठाइएको प्रश्न पनि यस्तै भएको उनले बताए ।
Nepal's Prime Minister KP Sharma Oli.
Nepal's Prime Minister KP Sharma Oli Source: RSS
‘जब कसैले लिजमा लिएको छ, उसले प्रगति गर्छु भन्छ । आकर्षक ढंगले सरकारलाई कर तिर्छु, लिजको रकम राम्रो तिर्छु, कम्पिटिसनमा जान्छु भन्छ भने उसले नपाउने भन्ने होइन । पहिले भएन भने उसले निर्माण गर्न सक्दैन । बैंकबाट लोन लिनपुर्यो, निर्माण गर्नुपर्यो र सञ्चालन गर्नुपर्यो । २० वर्षका लागि लियो, १० वर्ष निर्माण गर्नै लाग्छ । त्यसैले समय हुँदा नै लिज अवधि थप्यो भने अनुचित होइन,’ उनले भने ।

गोकर्णको यति समूहलाई दिने पुरानो सम्झौता अवधि ५ वर्ष ८ महिना बाँकी रहँदा नै अर्को २५ वर्षका लागि सम्झौता गरेकोमा सरकार विवादमा परेको छ ।

सगरमाथा आरक्षण क्षेत्रको जमिन पनि (यति समूहले) लियो भन्ने अहिले बाहिर आएको भन्दै उनले यो सरकार कमिसनखोर नभएको र त्यसको छानविन गर्न सकिने पनि वताए । यसअघि  राष्टिय सभाका सांसद राधेश्याम अधिकारीले यसको विरोध गरेका थिए ।

उता सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले भने निर्णयको बचाउ गरेका थिए । यति होल्डिसले पुर्व राजा विरेन्द्रको सम्पत्ति जुन पछि नेपाल टष्टको नाममा सारियो त्यसमा व्यापारिक कम्प्लेक्स र होटल लिजमा लिएर संचालन गरिरहेको छ । निक्कै सस्तो अपारदर्शि ढंगबाट दिइएकाले यसको विरोध भइरहेको हो ।

 

सरकारबाट संघीय समाजवादी बाहिरियो

सरकारलाई समर्थन दिदै आएको संघीय समाजवादी पार्टि सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री केप ओली संविधान संसोधनका बिषयमा गम्भीर नभएको भन्दै सरकार छाडेको उक्त पार्टिले जनाएको छ ।

पार्टिका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीपरिषदमा संसोधन प्रस्ताव गर्न खोजेका थिए । तर प्रधानमन्त्री ओलीले त्यसलाई ठाडै अस्वीकार गरेका थिए । यादव आफूलाई स्वास्थ्यबाट कानुन मन्त्रालय सारिएकोमा पनि रुष्ट थिए ।

उनको पार्टि शहरी बिकास मन्त्रालय पनि दिइएको थियो । जसमा इस्तियाक राइ मन्त्री थिए । दुवै जना सरकारबाट बाहिरिएका छन । नेकपासंग राष्टिय सभामा सहकार्य गर्ने गरि सहमिति जनाएको राष्टिय जनता पार्टि सरकारमा जान सक्ने देखिएपनि निर्णय भने भइसकेको छैन ।

 

एमसिसि इन्डोप्यासेफिक अन्तर्गत

काठमाडौंस्थित अमेरिकी दूतावासले एमसीसी परियोजना उसको इन्डो प्यासेफिक रणनीति अन्तर्गतकै कार्यक्रम रहेको वताएको छ । दुतावासका एक अधिकारीले उक्त कार्यक्रम नेपालकै हित र अनुरोधमा अघि बढेको पनि वताए ।

दुतावासले यो कार्यक्रम कुनै संगठन वा गठवन्धन नभएको पनि वताएको छ । सार्वभौमिकता, स्वतन्त्रता, खुलापन र सुरक्षाको सिद्धान्त उल्लंघन गर्ने जुनसुकै देशविरुद्ध संरक्षण संयन्त्र निर्माण गर्ने उद्देश्य इन्डो–प्यासिफिक रणनीति रहेको अधिकारीहरुले वताएका छन । एमसीसी नेपालकै अनुरोधमा सुरु भएको र संसद्बाट सम्झौता अनुमोदन गर्ने सर्त नेपालका लागि मात्रै नभएको दूतावासले जनाएको छ । अन्तर्रा्ष्ट्रिय विकासको नयाँ ढाँचाका रूपमा एमसीसी सन् २००२ मा सुरुवात गरिएको हो र यो सबै महादेश गरी ५० राष्ट्रमा लागू भइरहेको दुतावासले जानकारी दिएको छ । र यी सबै देशमा सम्झौता संसदबाट अनुमोदन भएका छन ।

चार सय केभी क्षमताको तीन सय किमि लामो प्रसारण लाइन बनाएर जलविद्युतलाई भारतसम्म निर्यातको व्यवस्था गर्ने एमसिसिको मुख्य परियोजना हो । यससंगै ३ सय ५ किमि सडकको आवधिक मर्मत गर्ने भनेर नेपालले एमसीसीसँग सम्झौता गरेको हो । यसका लागि अमेरिकाले करिब ५७ अर्ब रुपैयाँ अनुदान सहायता प्रदान गर्दै छ, जुन पाँच वर्षमा खर्च गरिसक्नुपर्ने सर्तमा उल्लेख छ । यो परियोजना लागु भएका सबै देशमा पाच बर्षमा आयोजना सक्नै पर्ने प्रावधान रहन्छ ।

ठूलो रकम अनुदानमा आउने र त्यो पूर्वाधारमा खर्च गर्न पाइने हुनाले सन् २०१२ मा एमसीसीसँग जोडिने प्रक्रिया नेपालले सुरु गरेको थियो । सन् २०१५ मा यस परियोजनाका लागि नेपालमा कार्यालय पनि स्थापना गरिएको थियो ।

इन्डो–प्यासिफिक रणनीति नयाँ नीति भने ट्रम्प प्रशासनले गत बर्ष सार्वजनिक गरेको हो । एमसीसी सम्झौता अनुमोदनका लागि गत वर्ष असारमै संसद्मा दर्ता गरिएको थियो । बर्षे अधिवेशनमा सम्भव नभएपछि हिउदे अधिवेशसनबाट पारित गराउने सरकारी तयारी छ ।

 

 

सभाभुख चयन अन्यौलमा

प्रतिनिधिसभाको सभामुख चयनको बिषयलार्य नेकपाले टुंगो लगाउन सकेको छैन । यसै बिषयमा सहमति हुन नसक्दा प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक पुस १६ गते सरेको छ ।

सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिल्दा बैठक स्थगित भएको हो । प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ । तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सरेको हो ।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले  सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

अहिले पनि प्रचण्ड पूर्वमाओवादीलाई नै सभामुख बनाउने पक्षमा छन । यता उपसभामुख शिवमाया तुम्बाहाम्पेले पनि राजीनामा दिएकी छैनन ।

 

तस्करीको नौलो तरिका

मोडलिङसम्बन्धी काम गर्ने भन्दै विराटनगर पुर्याएर २२ वर्षीया युवतीलाई ’तान्त्रिक पूजा’ गराउने तयारी गर्ने एक महिलासहित सात जना पक्राउ परेका छन ।

प्रारम्भिक अनुसन्धानमा मोटो रकम लिएर उनीहरूले ती युवतीलाई भारत पठाउन लागेको देखिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार पक्राउ उनीहरूलाई मानव बेचबिखन अन्तर्गत सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरुले विभिन्न खालका सर्तहरू राख्न थाले पछि परिवारका सदस्यहरू प्रहरीको सम्पर्कमा आएको र प्रहरीले उनीहरूको पिछा गरेको बताइएको छ ।

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand