SKIP TO MAIN CONTENT

नेपाल फेयर होबार्ट: नेपालको संस्कृति र सम्पदाको प्रदर्शनी

Nepal Fair Hobart
Source: Facebook

नेपालको संस्कृति, खाना तथा नेपालको पहिचान बोकेका बस्तुहरूको बहु सांस्कृतिक समाज समक्ष चिनारी गराउने उद्देश्यले आगामी फेब्रुअरी १६ मा तास्मेनियामा 'नेपाल फेयर २०१९' को आयोजना गरिने भएको छ। नेपाली सोसाइटी अफ तास्मेनिया र द एभरेष्ट मिडिया को आयोजनामा नेपाल मेलाको आयोजना हुन लागेको हो।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

नेपालको संस्कृति, खाना तथा नेपालको पहिचान बोकेका बस्तुहरूको बहु सांस्कृतिक समाज समक्ष चिनारी गराउने उद्देश्यले आगामी फेब्रुअरी १६ मा तास्मेनियामा 'नेपाल फेयर २०१९' को आयोजना गरिने भएको छ। नेपाली सोसाइटी अफ तास्मेनिया र द एभरेष्ट मिडिया को आयोजनामा नेपाल मेलाको आयोजना हुन लागेको हो।


तास्मेनियामा नेपाली समुदायको बसोबास बाक्लिए सँगै बहुसांस्कृतिक समाजमा नेपाल र नेपाली बारे जानकारी दिएर सामाजिक सद्भाव बढाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको विश्वास रहेको छ।

नेपाल मेला बारे एसबीएस नेपालीसँग कुरा गर्दै आयोजक मध्येको द एभरेष्ट मिडियाकी पुनम पन्तले नेपालको सम्पदा, संस्कृतिलाई झल्काउने खानाका स्टलहरू देखि सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुनुका साथै बालबच्चाहरूका लागी पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुने बताइन।

नेपाली सोसाइटी अफ तास्मेनियाका अध्यक्ष अर्जुन प्रसाईँ र एभरेष्ट मिडियामा आबद्ध पुनम पन्त सँग गरिएको पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी भन्ने भाव बोकेको कार्यक्रमको आयोजक टोलीमा रहेकी पन्तले भनिन्, "यो मेलाले नेपालीलाई मात्र नभएर बहुसांस्कृतिक पृष्ठभूमिका साथीहरूलाई पनि नेपाल चिनाउने प्रदर्शनी बाटोमा नै देखाइनेछ।"

नेपाली सोसाइटी अफ तास्मेनियाका अर्जुन प्रसाईँले खानाका प्रदर्शनी, नेपाली गीत सङ्गीतमा गाउने र नाच्ने कार्यक्रम र साथमा नेपाली व्यवसायी हरूको पनि स्टल रहने जानकारी दिएका छन्।

यस्ता नेपाली कार्यक्रमहरूमा नेपाली संस्कृति र कलालाई झल्काउने प्रदर्शनी भन्दा व्यावसायिक संस्थाहरूको बढी प्रचार गरिने गुनासाहरू आउने गरेको बारे प्रश्न गर्दा प्रसाईँले त्यस्ता व्यवसायबाट आर्थिक पक्षमा सहयोग पुर्‍याए पनि नेपाली खाना, पहिरन, सम्पदाका प्रदर्शनी र लाखे तथा कुमारी नाच का साथ हुने सांस्कृतिक प्रस्तुतिहरू लाई नै प्राथमिकता दिइने बताएका छन्।

निशुल्क प्रवेशको व्यवस्था भएको मेला १६ इभान्स स्ट्रिट, होबार्टमा आयोजना हुनेछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now