बाढी, पहिरोका कारण देश अस्त-व्यस्त र प्रम ओलीले मागे माफी: गए ७ दिन नेपालमा

Members of armed police force rescue people from flooded houses following torrential rains in Kathmandu, Nepal.

Members of armed police force rescue people from flooded houses following torrential rains in Kathmandu, Nepal. Source: AAP

नेपाल परेको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोले कम्तिमा ४३ जनाको ज्यान गएको छ र सयौं विस्थापित भएको छन्। उता प्रधानमंत्री के पी ओलीले भने विषादी तरकारीको सम्बन्धमा गलत सूचना दिएका कारण माफी मागेका छन्। गए ७ दिनका प्रमुख नेपाल समाचार।


बाढीका कारण मृत्यु हुनेको संख्या ४३

मुलुकका विभिन्न भागमा बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनको संख्या ४३ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै केहि मानिस गम्भिर घाइते भएकाले यो संख्या बढ्न सक्ने बताइएको छ।यस्तै बाढी पहिरोको कारण हजारौं मानिसहरू विस्थापित भएका छन्। 

बिहिबार देखि परेको पानीका कारण देशका धेरै स्थानमा बाढी र पहिरो आएको छ। सबैभन्दा धेरै क्षती प्रदेश नम्बर २ मा परेको छ र त्यहाँका अधिकाशं स्थान डुबानमा परेको छ।

जल तथा मौसम विज्ञान विभागले सोमबारसम्म वर्षा हुने पूर्वानुमान गरेको छ।

विषादी परिक्षण रोक्न भारतबाट आएको पत्रबारे प्रम'अनभिज्ञ'

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आयात गरिएका तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्नका लागि भारतले पत्र पठाएको विषयमा आफू अनभिज्ञ रहेको बताएका छन्। केहि समय अघि एउटा सार्वजनिक कार्यक्रममा बोल्दै भारतबाट कुनै पत्र नआएको भनी दाबी गरेका प्रधानमन्त्रीले यो साता दुईटा छुट्टाछुटै कार्यक्रमा यस्तो बताएका हुन्। 

"भारतबाट आएको पत्रबारे मलाइ अनभिज्ञ राखियो। देशको प्रधानमन्त्रीको हैसियतले त्यसबारे मलाई जनाकारी दिइनु पर्थ्यो तर दिइन। मैले पछिमात्र थाहा पाएँ त्यसबारे," ओलीले भने। 

असारको पहिलो साता विषादी परीक्षण गरेरमात्र तरकारी तथा फलफूलको आयात अनुमति दिने निर्णय भएको थियो। तर भारतबाट दबाब आएपछि त्यसको दुईसाता भित्रै विषादी परीक्षण गर्न तयारी नपुगेको भन्दै मन्त्रीपरिषदको बैठकले परीक्षण बिनानै आयात गर्न दिने निर्णय गर्यो। 

जनस्वास्थ्य जस्तो संवेदनशीत विषयमा सरकार गम्भिर नभएको भन्दै सरकारको उक्त कदमको चर्को विरोध भएपछि प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो। 

यस्तै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मात्रीका प्रसाद यादवले पनि विषादी परिक्षण रोक्ने विषयमा आफू सचिवहरूद्वारा फसाइएको बताएका छन्। 

यसैबीच सर्वच्च अदालतले विषदी परीक्षणबीना तरकारी तथा फलफूत आयात गर्न दिने सरकारी निर्णय कार्यान्वयन नगर्न नगराउन बुधबार अन्तरिम आदेश दिएको छ।

शिक्षकबाट कुटीएका छात्रको मृत्यु

शिक्षकबाट घाइते भएका एकजना १५ वर्षय छात्रको उपचारको क्रममा मृत्यु भएको छ। कन्चनपुर भीमदत्त नगरपालिका -१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलोनीको उपचारको क्रममा मृत्यु भएको छ। उनी कक्षा ९ मा अध्ययनरत थिए। साथीहरूसंग झै झगडाको वषयलाई लिएर शिक्षकहरूले कुटेको भन्दै मृतका परिवारले प्रहरीकहाँ उजुरी हालेका छन्।

केहि समयअघि रोल्पामा पनि शिक्षिकाको कुटाइका कारण हात भाँचिएको विवरणहरू आएका थिए।

मुठभेडमा दुईको मृत्यु

प्रहरी र प्रतिबन्धित विपल्व समूहबीच भएको मुठभेठमा दुवै तर्फका एक एक जनाको मृत्यु भएको छ। भोजपुर सदरमुकामा बुधबार बिहान ९ बजे भएको सो घटनामा ल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान सञ्जीव राई र विपल्व समूहका कार्यक्रता निरकुमार राईको मृत्यु भएको छ। सञ्जीवको कोखामा  र निरकुमारको तिघ्रामा गोली लागेको हो। यस्तै प्रहरी जवान खेमनाथ भट्टराई घाइते भएका छन्।

उपकुलपति रौनियार घूससहित पक्राउ

धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारलाई अख्तियार टोलीले ८ लाख घूससहित पक्राउ गरेको छ। रौनियार र उनका डा.रामहरी रौनियारलाई प्रकाउ गरेको छ। प्रतिष्ठानको भवन निर्माणका क्रममा घूस लिएको आरोप उनीमाथी लगाइएको छ।

छोरीमात्र जन्माउने अभिभावकलाई पुरस्कार

कर्णाली प्रदेशमा रहको खाँडचक्र नगरपालिकाले एक वा दुईमात्र छोरी जन्माउने अभिभावकलाई पुरस्का दिने कार्यक्रमा ल्याएको छ। आगामि वर्षको बजेटमा यस्तो कार्यक्रमा ल्याइको नगरपालिकाकी उप प्रमुख विजया विष्टले बताइन्। उक्त कार्यक्रम अनुसार एकवा दुईमात्र छोरी जन्माएर परिवार नियोजन गरेका दम्पत्तीलाई एकलाख पुरस्कार र उनीहरूको छोरीको पढाइएको खर्च नगपालिकाले बोहोर्ने छ। 

"छोराक इच्छामा धेरै छोरी जन्माउने र छोरीलाई हेँला गर्ने अनी पछिल्लो समय गर्भमा रहेको भ्रूणको लिङ्ग परिक्षण गरि छोरी भए भ्रूणहत्या गर्ने प्रवित्ति बढेको देखिका कारण छोरी बचाउनका लागि हामीले यस्तो कार्यक्रमा ल्याएका हो," उप प्रमुख विष्टले बताइन्।

विमान चिल्पिएपछि विमानस्थल अवरुद्ध

नेपालगञ्जबाट उडान भरेर काठमाण्डूमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको विमान शुक्रबार धावनमार्गबाट चिप्लिएर घाँसे मैदामा पुगेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थान करिब ८ घण्टा अवरुद्ध बन्यो। जसका कारण सयभन्दा बढी उडान रद्ध भए भने हजारौं यात्रु प्रभावित भए। अन्तराष्ट्रिय  निमय अनुसार विमानस्थलको धावनमार्ग देखि १५ मिटर वरपरहो क्षेत्रमा कुनै पनि वस्तु रहन नहुने भएकाले नियमति उडान प्रभावित भएको नागरिक उड्डन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए।

क्यानेडियन नागरिक डग्सलाई ९ वर्ष कैद

काभ्रे जिल्ला अदालतले बाल यौन दुराचाक आरोपी क्यानेडियन नागरिक पिटर डग्लसलाई ९ वर्ष कैद सजाय सुनाएको छ। साथै दुई पीडित बालकालाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरिएको छ। उनलाई प्रहरीले २०७४ सालमा काभ्रेबाट पक्राउ गरेको थियो। एउटै मुद्धाका दुई पीडितको हकमा भएको सजया गाँभिदा उनलाई ९ वर्ष सजाय पाएका हुन्। 

 

 

 


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
बाढी, पहिरोका कारण देश अस्त-व्यस्त र प्रम ओलीले मागे माफी: गए ७ दिन नेपालमा | SBS Nepali