अन्तरदेशीय पाइपलाइनको उद्घाटन
बहुप्रतिक्षित मोतिहारी-अमलेखञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको औपचारिक उद्घाटन मंगलवार भएको छ।
नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। भारतका प्रधामन्त्री नरेन्द्र मोदीले दिल्लीबाट र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट हाइडेक प्रविधि मार्फत उक्त परियोजनाको उद्घाटन गरेका हुन्।
उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले उक्त परियोजना नेपाल र भारतको मात्र नभइ दक्षिण एसियामानै पहिलो भएको बताए।
यसका साथै उक्त परियोजने समय बचत गर्नुका साथै पेट्रोलियम पदार्थ आपूर्तिमा लाग्ने व्यभार कम हुनुका साथै ट्राफिक व्यवस्थापन समेत सहज हुने बताए।
पाइपलानबाट पेट्रोलियम पदार्थ ल्याउँदा हाल ढुवानीमा मात्रै खर्च भइरहेको वार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने नेपाल आयल निगमको अनुमान रहेको छ।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्ला केहि वर्षयता नेपाल-भारत राजनीतिक सम्बन्धमा अभूतपूर्व निकटता आएको बताए।

प्रचण्डका घरबेटीले पाए मेलम्चीको ठेक्का
नेकपाका एकजना अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डका घरबेटीले मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएका छन्।
सैलुङ कन्स्ट्रक्सनलर् भारतीय सिआइपिइएलसंग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माइ गर्ने ठेक्का पाएको हो।
सैलुङ् कन्स्ट्रक्सनका संचालका प्रचण्डका घरबेटी शारदा अधिकारी हुन्।
यस्तै उनकी बुहारी बिना मगर खानेपानीमन्त्री हुन्। मेलम्ची परियोजनाले भने सबैभन्दा कम लागतमा निर्माण गर्ने भनी 'बिड' गरेकाले उक्त कम्पनीलाई ठेक्काको जिम्मा दिएको बताएका छन्।
चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता
चिनियाँ विदेशमन्त्री वाङ् यी तीन दिने नेपाल भ्रमण सकेर मंगलवार स्वदेश फर्किए। उनले नेपालले अघि सारेका परियोजनामा सहयोग गर्ने र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण गराउन प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताएका छन्।
नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठकपछि सोमवार तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
"मनाङ्मा ३५ करोड रुपैयाँको अस्पताल खोलिदने, विपत व्यवस्थापनका लागि ५ हजार त्रिपाल उपलब्ध गराउने र चिनियाँ भाषा पढाउने शिक्षक आपूर्ति गर्ने समझदारी भएको छ," परराष्ट्रमन्त्री ज्ञवालीले भने।

यसैक्रममा उनले परराष्ट्रमन्त्री ज्ञवाली बाहेक राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचाण्ड, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवासंग भनी भेटघाट गरेका थिए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)क एक जना अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अमेरिकाले अघि सारेका इन्डो प्यासिफिक रणनीतिका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति वास्तविक्ता भन्दा बाहिर आएको बताएका छन्।
शनिवार इलाममा भएको एक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
चिनियाँ विदेशमन्त्री वाङ् यीसँगको भेटमा प्रचण्डले नेपाल इन्डो प्यासिफिकलाई 'तथाकथित' भनेको र त्यसमा नेपाल संगल्न नहुने बताएको विवरणहरू स्थानीय संचार माध्यमहरूमा आएका थिए।
यस विषयमा अमेरिकाले पनि नेपाल सरकारको धारणा मागेको सामचारहरू नेपाली छापामा प्रकाशित भएका थिए।तर उक्त पत्रकार सम्मेलनमा प्रचण्डले चीनले त्यस किसिमको वक्तव्य ननिकालेको र अमेरिकाले पनि औपचारिक रुपमा कुनै जवाफ नमागेकोमा जोड दिए।

असोज पाँच देखि टिकट बुकिङ शुरु
दशैंमा काठमाण्डू बाहिर जाने यात्रुका लागि असोज ५ बाट आग्रिम टिकट बुकिङ खुल्ने भएको छ। यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच भएको बैठकले यस्तो निर्णय गरेको हो।
विभागले दशैंको लागि यायताया भाडा पुरानै कायम गर्ने जनाएको छ।यसअघि २०७० साल देखि भाडा नबडेको भन्दै व्यवसायीहरूले यस वर्ष भाडा बढाउने तयारी गरेका थिए।
यसैबीच दशैंका लागि यात्रुहरुलाई सहयोग पुर्याउनका लागि महानगरीय ट्रायाफिक प्रहरी कार्यालयले १४ स्थानमा दशैं – तिहारको समयमा सहायता कक्ष संचालन गर्ने जनाएको।
एनसेल कर विवाद बारे अदालतको आदेशमाथि छानविन गर्न माग
एनसेल कर विवाद बारे सर्वोच्च अदालतले गरेको फैसला बारे छानविन गर्न प्रतिनिधिसभामा सत्तारुढ दल र प्रतिपक्षि दुवै सासंदहरूले माग गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक देव गुरुङले एनसेल लाभकर बारे सर्वोच्चले गरेको निर्णय गलत भएकोले सरकारले त्यसलाई तुरुन्तै अपिल गर्नुपर्ने बताए।
अर्का सासंद प्रेम सुवालले न्यायाधिशमाथी महाअभियोग लगाउने तयारी गर्नु पर्ने बताए। "संसदले छानविन समितिम बनाउनुपर्छ। गलत फैसला गर्ने न्यायाधीशमाथी महाअधियोग लगाउने तयारी गरौं," सुवालले भने।
नेपाल उपविजेता
नेपाल नादेझ्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ। किर्गिस्तानमा भएको फाइनलमा नेपाल उज्वेकिस्थानसंग ३-२ गोलले पराजित भएको हो नेपालले अन्तिम समयतिर खेलमा फर्किँदै दुई गोल गरेपनि त्यसो प्रयास उपाधि जित्नका लागि भने पर्याप्त हुन सकेन।
यसअघि नेपालले लिग चरणमा उज्वेकिस्तानसंग २-० र आयोगजक किर्गिस्तानलाई ८-२ले पराजित गरेको थियो। ताजकिस्तान विरुद्धको खेल नेपालले १-०ले जितेको थियो।

पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाउन हुँदैन: चौधरी
नेपाली कांग्रेसका सासंद विनोद चौधरीले पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउन नहुने बताएका छन्।
सरकारले पैतृक सम्पत्ति हस्तान्तरण गर्दा कर लगाउने बारे विचार गरिरहेको भन्ने विवरण आएका बेलामा सासंद चौधरीले यस्तो बताएका हुन्।
प्रतिनिधिसभामा बोल्दै उद्योगपति एवं नेपालका एकमात्र अर्बपति चौधरीले भने, "अहिले संचारमाध्यममा पैतृक सम्पत्तिमा कर लगाउन विषय बाहिर आएङ्को छ। तर यो हल्लामात्रै होला भेन्ने लागेको छ। यदि यो कर कार्यान्वयनमा ल्याइयो भने गम्भिर विकृति निम्त्याउने निश्चित छ। यसले सामाजिक चुनौति जन्माउने निश्चित छ।"




