"महिलाप्रति हेर्ने दृष्टिमा परिवर्तन हुनसकेको छैन"- अभिनेत्री गौरी मल्ल

Gauri Malla as Nepal's first Prime Minister in Singha Durbar 2

Gauri Malla as Nepal's first Prime Minister in Singha Durbar 2 Source: Facebook

अभिनेत्री गौरी मल्लद्धारा अभिनित ‘सिंहदरबार–२’ नामक टेलिसिरियल प्रसारण भइरहेको छ । जनमुखी र बौद्धिक नेतृको अभाव महशुस भइरहँदा निर्देशक नविन सुब्बाले यस टेलिसिरियलको निर्देशन गरेका हुन् । यसअघिको ‘सिंहदरबार’को सिक्वेल भनिएको टेलिसिरियलमा नेपालको पहिलो महिला प्रधानमन्त्री आशा सिंहको भूमिकामा देखिएकी अभिनेत्री गौरी मल्लसँग एसबीएस नेपालीले गरेको कुराकानी ।


अभिनेत्री गौरी मल्लसँगको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरको प्ले बटन थिच्नुहोस्
१) तपाईद्धारा अभिनित ‘सिहंदरबार २’ हालै सार्वजनिक भएको छ । ‘सिहंदरबार २’ को आशा सिंह जस्तो जनमुखी र बौद्धिक महिला प्रधानमन्त्री नेपालले पाउनेमा ढुक्क हुनुहुन्छ ?

कुनैपनि नेतृत्वको लागि राम्रो अभ्यासको आवश्यकता पर्दछ । पुरुषहरुपनि नेतृत्वमा कमजोरी देखिएका छन् । सामाजिक र राजैतिक पृष्ठभूमि हेर्ने हो भने, महिलालाई जहिलेपनि पछि पारिएको छ ।

त्यसैले ‘सिहंदरबार २’ ले जनमुखी र बौद्धिक महिला नेतृत्वको परिभाषालाई बयान गरेको छ । ‘सिहंदरबार २’ को आशा सिंह जस्तो महिला प्रधानमन्त्री नेपालले पाउन अझ केही समय लाग्छ । मेरो लागि ढुक्क हुने स्थिति भने छैन् ।

२) नेपालका राजनैतिक दलमा नेतृहरुलाई ३३ प्रतिशत आरक्षणमा मात्र केन्द्रित गरिरहेको बेला राष्ट्रको नेतृत्व महिला राष्ट्रपतिले गरिरहनुभएको छ । यस्तो स्थितिमा नेपालमा महिलाहरुको अवस्था कस्तो पाउनुभएको छ ?

राष्ट्रको नेतृत्व महिला राष्ट्रपतिले गरिरहेको स्थितिमा महिलाहरुलाई दोस्रो दर्जाको नागरिकको रुपमा परिभाषित गरिएर विभेद गरिएको छ । त्यसलै अझपनि हामीहरु संघर्ष गरिरहनु पर्ने अवस्थाको अन्त हुन सकेको छैन् ।

महिला र पुरुष बराबर भनिरहँदा महिलालाई प्रतिशतमा सिमित गरिनु आफैमा लाजमर्दो कुरा हो । पुरुषत्व सोचमा परिवर्तन आउनु जरुरी देखेको छु।
शहरमा बसेर यो कुरा गर्न सहज होला । ग्रामीण परिवेशको पृष्ठभूमि फरक छ ।
३) अहिलेको सन्दर्भमा तपाईको विचारमा ‘सिहंदरबार २’ को आशा सिंह जस्तो बौद्धिक र नेतृत्व लिनसक्ने खालको नेतृ को होला ?

व्यत्तिगत रुपमा मैले त्यस्तो खालको बौद्धिक नेतृत्व लिनसक्ने सक्षम महिला नेतृ देखेको छैन् । अधिकांश नेतृहरु ३३ प्रतिशत आरक्षणको भरमा पाटीमा समेटिनुभएको छ ।

आशा सिंह जस्तो नेतृ नेपालले पाउला भन्नेमा आशावादी छु ।

४) ‘सिहंदरबार’को सिक्वेलहरुमा काम गरिरहँदा नेपालको प्रधानमन्त्री तपाईनै हुनुपर्छ भन्ने खालका प्रतिक्रियाहरु कत्तिको आउने गरेका छन् ?

म एक कलाकार भएकाले त्यस्तो प्रतिक्रिया आउनुलाई सामान्य रुपमा लिने गरेको छु । टेलिसिरियलले देशको नेतृत्व महिलाले गर्नुपर्छ भन्ने कुरा समेटेको हुँदा देखाइएको पात्रलाई दर्शकले रुचाइदिनुभयो । र, भावुक भएर आशावादी हुनुभएको हो ।

फेरि नेपालमा महिला नेतृत्वको अभाव महशुस भइसहेको बेला यस्तो प्रतिक्रया आउनुपर्छ ।

५)झण्डै ३१ वर्ष लामो अभियन यात्राको दौरान सफल असफल दुवै खालका फिल्महरुमा काम गर्नुभइसकेको छ । तपाइको लागि ‘सिहंदरबार २’ले कतिको महत्व राख्छ ?

अभिनयको दौरान हामी कलाकारहरुले विभिन्न पात्रको जीवन बाँच्ने अवसर पाउने गरेका छौं । त्यसले ‘सिहंदरबार २’को आशा सिंह मेरोलागि महत्वपूर्ण पात्र हो । यो पात्रको जीवन आनन्द र अविष्मरणीय छ ।

६) अभिनयको सुरुवाती दिनलाई अहिले कसरी सम्झनु हुन्छ ? नसिङमा रुचि राख्ने तपाई कलाकारितामा कसरी जोडिनु भयो ?

रहरैरहरमा अभिनयमा आवद्ध भइयो । झण्डै ३१ वर्षअघिको पृष्ठभूमि मेरोलागि एक नयाँ यात्रा थियो । अभिनयलाई गन्तव्य बनाएर फिल्ममा काम गर्न थालेको ३१ वर्ष भइसकेछ ।
बाल्यकालदेखि हुर्किदै जाँदा सोच र सपना परिवर्तन हुन जान्छ । त्यसैले मेरो नर्स बन्ने सपना केवल सपनामा सिमित हुनपुग्यो ।
Gauri Malla during filming of Singha Durbar.
Gauri Malla during filming of Singha Durbar. Source: Facebook


७)  ३१ वर्षे अभियन दौरानमा फिल्म क्षेत्रमा हुने हिंसा र डिप्रेसनको शिकार हुन भयो?

यस विषयहरुमा मैले खासै बोल्न चाहेको थिइन् । हाम्रो समाजमा महिलाप्रति हेर्ने दृष्टिनै नकारात्मक छ । यसलाई म बलात्कारको रुपमा परिभाषा गर्दछु । मैले महिलामाथि हुने हिंसा महशुस गरेको हुँदा समाजमा खबरदारीको लागि बाहिर ल्याएको थिए ।

८) तपाईले अभिनय गरेका फिल्महरु आफैले हेरेर मूल्याङ्कन गर्नुपर्दा कस्तो पाउनु भएको छ ? तपाईले अभिनय गरेका भूमिकाहरु सबै राम्रा थिए ?

फिल्म राम्रा नराम्रा दुवै खालका हुन्छन् । राम्रो फिल्म नचल्नपनि सक्छ र नराम्रो फिल्म चल्नपनि सक्छ । मैले आफैले आफ्नो फिल्महरुको मूल्याङ्कन गर्नचाँहि ग्राहो हुन्छ ।

९) फिल्म निर्देशन गर्दै हुनुहुन्छ भन्ने हल्लाहरुलाई कसरी पृष्टी गर्नुहुन्छ ?

फिल्म निर्देशन गर्ने रहर छ । अहिले काम गरिरहेको प्रोजेक्ट सिध्याउन लागिपरेको छु । आफ्नालागि समय निकाल्न भ्याएको खण्डमा फिल्म निर्देशनमा लागिपर्नेछु ।


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand