Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बिगुल पण्डित: अझै फेला परेनन्

Search is still underway for missing Nepali student Bigul Pandit

Search is still underway for Nepali student Bigul Pandit who went missing from Murray River banks at Noreuil Park in Albury, NSW on 9th January 2019. Source: Facebook/Bigul Pandit/Steve Panozzo (Digital Composite)

जनवरी ९ तारिख, बुधवार अल्बरी स्थित मर्री नदी तटमा बा'हिया धर्ममा आस्था राख्ने आफ्ना साथीहरूसँग रमाइलो गर्दै अन्तिम पटक देखिएका नेपाली अन्तर्राष्ट्रिय छात्र बिगुल पण्डितको अवस्था अझै अज्ञात रहेको छ।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Share this with family and friends


जनवरी ९ तारिख, बुधवार अल्बरी स्थित मर्री नदी तटमा बा'हिया धर्ममा आस्था राख्ने आफ्ना साथीहरूसँग रमाइलो गर्दै अन्तिम पटक देखिएका नेपाली अन्तर्राष्ट्रिय छात्र बिगुल पण्डितको अवस्था अझै अज्ञात रहेको छ।


चार्ल्स स्टुवर्ट विश्वविद्यालयमा अध्ययनरत २१ वर्षीय पण्डित २०१७ मा अस्ट्रेलिया आएपछि आफ्नो दिदी (काकाको छोरी) र भिनाजुसँग अल्बरीमा बस्दै आएका थिए।

राम्रो काम पाएको र आत्मविश्वास पनि बढ्ने भन्दै उनी केही हप्ता अगाडीदेखि विश्वविद्यालय अन्तर्गत कै छात्रवासमा बस्न थालेको भिनाजु ह्यारी अधिकारीले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

अधिकारीसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

त्यस दिन पनि ५ बजे काम सकेर साथीहरूका साथ बार्बिक्यु गर्न मर्री नदी किनारमा गएका बिगुल, "मलाई पौडिन आउँदैन है" भन्दै मर्री नदीमा छिरेको पण्डितका एक साथीलाई उद्धृत गर्दै अधिकारीले हामीलाई जानकारी दिए।

अधिकारीका अनुसार, पण्डित आफू सहित अन्य दुई जनासँग नदी भित्र हिँड्दै जाँदा एक्कासि गहिरो ठाउँमा पुगेर आत्तिए। उनीहरू मध्ये दुई जना किनारमा आए पनि बिगुल भने किनारमा आउन सकेनन्।

लम्जुङ्ग सुन्दर बजार स्थायी घर भएका बिगुलको परिवारमा आमा, बुवा, एक भाइ र हजुरबुवा हजुरआमा रहेको अधिकारीले जानकारी दिए।

Search continues for missing Nepali man Bigul Pandit
Photo: Facebook/Albury and Border Rescue Squad - NSW Volunteer Rescue Association Source: Facebook/Albury and Border Rescue Squad - NSW Volunteer Rescue Association

उता, पण्डितकी आमा - गुणा रिमालले भने यहाँ रहेको नेपाली समुदायलाई आफ्नो छोराको खोजीमा कुनै कसर बाँकी नराख्न तथा खोजी गर्ने अधिकारीहरूलाई झक्झकाइ राख्न अपिल गरेकी छिन्।

"म लगायत बिगुलको सम्पूर्ण परिवार उसको खोजीमा लाग्ने सबै माथि कृतज्ञ छौँ र साथै, हामी उसको खोजी कार्यमामा केही कमी नरहोस् भन्ने चाहन्छौँ।"

हामीले गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियालाई समपर्क गरी उहाँहरूले यस विषयमा के गरिरहनु भएको छ त भनी सोधेका थियौँ। सङ्घका प्रवक्ता डीला खरेलका अनुसार आफूहरूले स्थानीय राज्य प्रहरीसँग यस विषयमा आवश्यक समन्वय गरिरहेको रहेको बताउनुभयो।

A helicopter hovers over Murray River to search for Nepali man Bigul Pandit
Source: Facebook/Albury and Border Rescue Squad - NSW Volunteer Rescue Association

उता खोजी कार्यमा संलग्न एक अधिकारीले भने यस्तो घटनामा आफूहरूले सधैँ परिवारलाई केही आसा राख्न अनुरोध गर्ने गरेको तर अब निकै दिन बितिसकेकाले आफूहरूले अब एक शवको खोजी गरिरहेको बताएका छन्।

"मर्रीको पानी निकै धमिलो छ र यहाँ मुनि रुखका हाँगाबिँगा लगायत धेरै अवरोधहरू पनि छन्। यसले खोजी कार्यलाई निश्चय नै केही अप्ठेरो बनाइदिएको छ।"

खोजीमा संलग्न अल्बरी एन्ड बोर्डर रेस्क्युका एक अधिकारीले प्राइम सेभेनसंगको कुराकानीमा आफूहरू पण्डितलाई उनको परिवारको जिम्मा लगाउने कुरामा आफूहरू विश्वस्त रहेको बताएका छन्।

"हामीहरू प्रियजनहरुलाई आफ्नो परिवारसँग पुनर्मिलन गराउने कुरामा निकै गर्व तथा ध्यान दिन्छौँ। परिवारलाई आफ्नो प्रियजनबारे थाहा पाउने प्रबल चाहाना हुन्छ र त्यस कुरालाई सम्मान दिन पनि हामी उनलाई नभेटेसम्म खोजी कार्य जारी नै राख्ने छौँ।

Search Squat in Albury for Bigul Pandit
Source: Facebook/Albury and Border Rescue Squad - NSW Volunteer Rescue Association

अधिकारीले भने अहिलेसम्म खोजी कार्य जारी रहे पनि नतिजा केही नआउँदा खोजीमा संलग्नहरूको सङ्ख्या घट्दै गएको जानकारी दिए।

पण्डित कार्यरत क्याफेका सञ्चालक गुरु गुमान, बिगुललाई आफ्नै परिवारको एक सदस्य झैँ मान्ने बताउँछन्।

जीवन एक सङ्घर्ष हो, यसलाई हाँसी-हाँसी नै सामना गर्नुपर्छ भन्ने पण्डितको भनाई र गराई उस्तै रहेको गुमानले बताउँदै गर्दा उनलाई आफूहरूले एकदमै "मिस गरिरहेको र उसकै सम्मानमा आफ्नो क्याफे अझै बन्द रहेको प्रतिक्रिया पनि दिए।

" ऊ त्यो बुधवार पाँचबजेसम्म मेरै साथमा थियो। यदि ऊ फर्केर नआउने कुरा थाहा पाएको भए म उसलाई जानै दिन्न थिएँ," उनले एसबीएस नेपालीसँग भने।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now