Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

सिड्नीको मुटुमा नेपाली स्तूप

Nepal House Stupa in Nepal Festival 2018 Sydney

आफूलाई प्राय: रचनात्मक कार्यहरूमा व्यस्त राख्ने नेपाली फोटोग्राफर सुधिरा शाहले नेपाल महोत्सव २०१८ को अवसर पारेर नेपाललाई अस्ट्रेलियामा नितान्त भिन्नै कुराबाट चिनाउने आफ्नो अभियानको क्रममा सिड्नीको मुटुमै मौलिक नेपाली शैलीको स्तूप खडा गरिदिएर नेपालको अद्भुत तथा ऐतिहासिक वास्तुकलाको परिचय दिन सफल भएकी छिन्।


Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


आफूलाई प्राय: रचनात्मक कार्यहरूमा व्यस्त राख्ने नेपाली फोटोग्राफर सुधिरा शाहले नेपाल महोत्सव २०१८ को अवसर पारेर नेपाललाई अस्ट्रेलियामा नितान्त भिन्नै कुराबाट चिनाउने आफ्नो अभियानको क्रममा सिड्नीको मुटुमै मौलिक नेपाली शैलीको स्तूप खडा गरिदिएर नेपालको अद्भुत तथा ऐतिहासिक वास्तुकलाको परिचय दिन सफल भएकी छिन्।


हिमालय पर्वत शृङ्खलाको काखैमा अवस्थित नेपाललाई हिमालको देश भनेर चिनिन कुनै नौलो भएन। तर नेपाल नगएका विदेशीहरूका लागि भने नेपालमा हिमाल बाहेक अरू कुराहरू पनि छ है भनेर बुझाउने काममा सुधिरा शाह यसपालि दत्तचित्त भएर लागिन्।

त्यसैको फलस्वरूप उनको समन्वयमा प्रीति कर्ण, प्रीति शर्मा, ७५ वर्षीय क्षेत्रलाल श्रेष्ठ लगायतका नेपाली, नेपाली पृष्ठभूमिका अस्ट्रेलियालीहरूले गत शनिवार डार्लिंग हार्बरको टम्बालङ्ग पार्कमा एउटा स्तूप ठडियो।

Nepali Style Stupa in Sydney
Photo: Facebook/Sudhira Shah Source: Facebook/Sudhira Shah

"शताब्दियौं देखि नेपालमा वास्तुकला क्षेत्रमा रहिआएको कुशलतालाई अस्ट्रेलियामा चिनाउने हेतुले हामीले यो स्तूप यहाँ खडा गरेका हौँ, शाहले एसबीएस नेपालीसँग भनिन्।

नेपालमा रहेका स्तूपाहरु अन्य एसियाली देशहरूमा भेटिने स्तूपहरु भन्दा बेग्लै किसिमको हुने जानकारी पनि दिने कोसिस आफ्नो रहेको बताइन। स्तूपमा रहेको आँखा तथा नाकले ज्ञान, करुणा तथा दिव्यता लगायतका कुराहरू अभिव्यक्त गरेको र त्यसलाई नेपालको सुन्दर सन्देशको रूपमा अस्ट्रेलियामा छर्नु पनि एक उद्देश्य रहेको उनले प्रस्ट पारिन।

साधरणतया स्तूपा भित्र छिर्न मिल्दैन। तर नेपाल महोत्सवमा रहेको उक्त स्तूपले चाहिँ त्यहाँ आउने मानिसहरूको कौतुहलता बढाउँदै भित्र आउन प्रोत्साहित गरिरहेको भान हुन्थ्यो।

"यो महोत्सव अवलोकन गर्न आउनुभएकाहरुले नेपालमा रहेका अद्भुत एवं प्राचीन कार्यशैली, परम्परागत खाद्यान्नहरू तथा डोको नाम्लो, ढिकी-जाँतो लगायतका सर-सामानहरू स्तूप भित्र गएर हेर्नसक्नुहुनेछ," शाहले बताइन।

विभिन्न भागमा विभाजित गरिएको स्तूप भित्र अरनिको जस्ता प्रतिभा, नेपाली ढाकाको टोपी जस्ता पहिरन अनि हाम्रो जीवजन्तु तथा स्वयं आफूलाई पुज्ने संस्कारका बारे जानकारी दिने व्यस्था गरिएको उनले थपिन।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now