SKIP TO MAIN CONTENT

के भन्छीन त विश्वको प्रभावशाली सुचीमा परेकी नेपाली किशोरी

100 influential women of 2020 Ms.sapana roka magar
Source: BBC

बेवारिसे लासको व्यवस्थापन गर्ने नेपालकी सपना रोका मगर यो वर्ष बिबिसीका १०० प्रेरणादायी महिलाको सूचीमा छानिएकी छिन्।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

बेवारिसे लासको व्यवस्थापन गर्ने नेपालकी सपना रोका मगर यो वर्ष बिबिसीका १०० प्रेरणादायी महिलाको सूचीमा छानिएकी छिन्।


१९ वर्षीय मगरले करिब एक वर्ष अगाडि यो काम थालेकी थिइन्।

जीवनमा थुप्रै हन्डर खाएपछि बेवारिसे लासको व्यवस्थापन गर्ने संस्थाको नजिक उनी पुगेकी थिइन्, र त्यसपछि आफ्नै इच्छाले यो काम गर्न थालेको उनले बताएकी छिन्।

यो काम गर्दा आफूलाई शान्ति र सन्तुष्टि मिल्ने उनले बिबिसी नेपाली सेवालाई बताएकी छिन्।

"कतिपय ठाउँमा त भन्ने पनि गर्छन् कि छोरी मान्छेले दागबत्ती दियो भने त्यो मृत आत्माले शान्ति पाउँदैन जस्तो कुराहरू पनि गर्छन्। वर्षौँदेखि कुहिएर भत्किएका, किरा परेका, गन्हाउने लासहरू हुन्छन्। त्यसलाई हामीले दागबत्ती दिएर मुक्ति दिएका छौँ। "

उसको आत्माले पक्कै पनि शान्ति पाउँछ। त्यस्तो व्यक्तिहरूलाई दागबत्ती दिँदा त मलाई त हरेक चुनौतीलाई हाँसी हाँसी स्विकार्न मन लाग्छ, हाँसी हाँसी अगाडि बढ्न मन लाग्छ।"

आफू पनि केही समय निरुपाय भएर सडकमा पुगेको हुनाले सडकमा बस्ने मानिस र उनीहरूका बेवारिसे लासप्रति आफ्नो समभाव र करुणा रहेको उनी बताउँछिन्।

कतिपय ठाउँमा त भन्ने पनि गर्छन् कि छोरी मान्छेले दागबत्ती दियो भने त्यो मृत आत्माले शान्ति पाउँदैन जस्तो कुराहरू पनि गर्छन्। वर्षौँदेखि कुहिएर भत्किएका, किरा परेका, गन्हाउने लासहरू हुन्छन्। त्यसलाई हामीले दागबत्ती दिएर मुक्ति दिएका छौँ।

दिवङ्गत शरीरको पनि सम्मानपूर्ण सद्गति हुने हक हरेक मानिसको मानव अधिकार भित्र पर्ने मगरको विचार छ।

नेपालमा बेवारिसे अवस्थामा भेटिएका लासलाई प्रहरीले ३५ दिनसम्म राख्छन् र त्यसपछि मगरले काम गर्ने सँस्थालालाई सद्गत गर्न आग्रह गर्ने गरेको उनी बताउँछिन्।

सामान्यतया नेपालमा मृतकको छोरा नत्र कुनै पुरुष नातेदारले दागबत्ती दिने गर्छन्। हाल सम्म आफ्नै हातले ९० भन्दा बढी शवलाई दागबत्ती दिइसकेकी मगरले नेपालका थुप्रै धार्मिक र सांस्कृतिक मान्यता तोडेकी छिन्।

सन् २०२० मा बिबिसीका १०० महिलाको सूचीमा परेपछि भने उनलाई थुप्रैले बधाई दिइरहेका छन्।

महिलाका मुद्दा र कथामाथि प्रकाश पार्ने उद्देश्यले बिबिसीले सन् २०१३ देखि प्रत्येक वर्ष विश्वभरबाट १०० जना प्रभावशाली र प्रेरणादायी महिला छान्ने गरिरहेको छ।

यस वर्षको सूचीमा फिनलण्डकी प्रधानमन्त्री सान्ना मरीन लगायत थुप्रै प्रसिद्ध महिला परेका छन्।

मगरले काम गर्ने संस्थाले बेवारिसे लास व्यवस्थापन गर्ने शाखाहरू ७७ वटै जिल्लामा विस्तार गर्ने योजना बनाएको छ, र हालसम्म २० भन्दा बढी जिल्लामा शाखा बनाइसकेको छ।

यसका साथै बेवारिसे शवमा अधिकांशमा लागूपदार्थको कुलत देखिएका कारण त्यसको समाधानका लागि सुधार केन्द्र पनि बनाउँदैछ।

१२ कक्षासम्म पढेकी मगरले भविष्यमा पढाइलाई अघि बढाउने र गरिरहेको कामलाई पनि निरन्तरता दिने बताएकी छिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now