दि ओड अफ रिमेम्ब्रेन्स अङ्ग्रेज कवि लरेन्स बिन्यनद्वारा लिखित एक कविताका चौथो श्लोक हो। यी सामान्यतया युद्धकालीन बलिदानको सम्झनामा एन्ज्याक डे सेवाहरूमा वाचन गरिन्छ। अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा एसबीएसले प्रस्तुत गरेको यो ओड अफ रिमेम्ब्रेन्स हाल नेपाली लगायतका ४५ भाषाहरूमा उपलब्ध छ। एन्ज्याक डेका दिन देश भरका मानिसहरू अस्ट्रेलिया र न्युजील्यान्डका सैनिक सेवामा लागेका, लडेका र ज्यान अर्पण गरेकाहरूको सम्झना गर्छन्। र समयको बहावसँगै लडाइँको विपरीत पक्षमा भएकाहरूका लागि पनि यो दिनको महत्त्वमा विस्तार भएको छ।
नेपालीमा दि ओड ओड अफ रिमेम्ब्रेन्स:
उनीहरूलाई बुढ्यौलीले छुने छैन, जसरी हामी बाँकी रहेकाहरू वृद्ध हुनेछौँ।
उमेरले उनीहरूलाई ढाल्ने छैन, न त वर्षहरूले नै खोट लगाउन पाउने छ।
सूर्य अस्ताउँदा र प्रभातमा
हामी उनीहरूलाई सम्झने छौँ

एन्ज्याक डे बारे थप जानकारीका लागि अस्ट्रेलियन वर मेमोरियलको वेबसाइट जानुहोस्।
Share





