SKIP TO MAIN CONTENT

२५ औँ विश्व आदिवासी दिवस: सिड्नीका नेपाली समुदायद्वारा विशेष कार्यक्रम

Nepalis at World Indigenous Day celebrations in Sydney
Source: SBS Nepali

२५ औँ विश्व आदिवासी दिवसको अवसरमा गत शनिवार नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)द्वारा दक्षिण सिड्नीको हर्स्टभिलमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

२५ औँ विश्व आदिवासी दिवसको अवसरमा गत शनिवार नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलिया (निन्फा)द्वारा दक्षिण सिड्नीको हर्स्टभिलमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो।


निन्फाका अध्यक्ष अरुण तामाङले यस्ता कार्यक्रमको औचित्य बारे प्रकाश पार्दै संयुक्त राष्ट्र सङ्घले विश्वभरका आदिवासी र जनजातिका मुद्दाहरू र हक अधिकारका निम्ति सन् १९९४ देखि अगस्त ९ तारिकल़ाई दिन छुट्ट्याएको अनि आफूहरूले पनि सोही अनुसार यसलाई मनाउने गरेको बताए।

विभिन्न सांस्कृतिक प्रस्तुति रहेको उक्त कार्यक्रमको महत्त्व, औचित्य एवं अस्ट्रेलियाका आदिवासी र नेपालका आदिवासीहरूको अवस्था अनि राज्यले दिने प्राथमिकतामा कत्तिको फरक छ भनेर हामीले त्यहाँ उपस्थित तामाङ लगायत विभिन्न व्यक्तिहरूलाई सोधेका थियौँ।

उक्त अवसरमा हामीले उहाँहरूसँग गरेको कुराकानी सुन्न सबैभन्दा माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्।

त्यसै गरी, थारु समाज सिड्नी अस्ट्रेलियाका अरुण कुमार चौधरीले थारू समाजको स्थापना अघिल्लो वर्षको आदिवासी दिवस कार्यक्रमबाट नै भएको भन्दै थारू समाजको वार्षिक उत्सव पनि मनाइएको बताए।

Young Nepali Female in a wedding dress during Indigenous celebrations
Source: SBS Nepali

साथै, नेपाली आदिवासीहरूसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू हुने क्रम बढ्दै जाँदा यस्ता कार्यक्रममा आउने र चासो राख्नेहरूको पनि सङ्ख्या बढिरहेको आयोजकहरूको भनाइ छ।

घुमघामको सिलसिलामा अस्ट्रेलिया आइपुगेका इलामका युवराज दाहाल पनि कार्यक्रममा उपस्थित भएका थिए।

उनले यसरी विभिन्न जातजातिका नेपालीहरू मिलेर बसेको देख्दा खुसी लागेको प्रतिक्रिया जनाए।

नेपालमा राज्य स्तर बाट जनजातिहरू लक्षित कार्यक्रमहरू न्यून हुने गरेको बताउने कार्यक्रममा उपस्थित भिजन फर मोटिभेसनमा आबद्ध एक युवा महेश प्रसाईँले कार्यक्रमको औचित्य बारे भने, “हामी पहिलेदेखि नै साझा फुलबारी स्वरूप विविधता भएको संस्कृतिमा हुर्के पनि यसको महत्त्व बुझेका रहेनछौँ। आज यो कार्यक्रमबाट यो कुरा नबुझेका मानिसहरूलाई बुझाउने प्रयत्न गरेका हौँ।”

Durapada Sapkota with participants at Nepali Indigenous Day
Source: SBS Nepali

त्यस्तै कार्यक्रममा प्रमुख आतिथ्य निभाएकी अस्ट्रेलियाका लागि कार्यवाहक नेपाली राजदूत दुरापदा सापकोटालाई आदिवासीहरूको संस्कृति र परम्परा झल्काउने यस्ता कार्यक्रम कत्तिको महत्त्वपूर्ण छ र नेपाल सरकारले आदिवासीहरूको उत्थानका लागी के कस्ता कदमहरू चाल्न सक्छ लगायत प्रश्न गरेका थियौँ।

सापकोटाकाले नेपालको परिप्रेक्ष्य आदिवासी जनजातिहरूको महत्त्वपूर्ण स्थान रहेको बताउँदै भनिन्, “नेपाल बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक देशको रूपमा चिनिन्छ र अनेकतामा एकता हाम्रो एक पहिचान हो।”

Nepali Indigenous Dance
Source: SBS Nepali

कार्यक्रममा प्रमुख आकर्षणका रूपमा विभिन्न जात जातिका संस्कृति झल्कने प्रस्तुतिहरू र नेपाली खानाहरू पनि रहेका थिए।

साङ्गीतिक प्रस्तुतिका साथ साथै विभिन्न नौं जनजातिका विवाहमा बेहुला र बेहुलीले लगाउने पहिरनका साथ फेशन सो को प्रस्तुति आकर्षक रहेको थियो।

Couple at Nepali Fashion Show
Source: SBS Nepali

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now