कोरोनाको खोप लगाईदै
अहिले नेपालमा कोरोनाको कारण मृत्यू हुनेको सङ्ख्या दिनकै ३० जनासम्म पुगे पनि संक्रमणको दर स्थिर रहेको देखिन्छ।
यस हप्ता दैनिक सङ्क्रमणको सङ्ख्या २ हजारदेखि २५०० सम्मको हाराहारीमा रह्यो। संक्रमणको फैलावट दर १ भन्दा मुनि रह्यो। तेस्रो लहरको त्रास भईरहेको बेला सरकारले शुक्रबार करिब १ लाख ८० हजार जनालाई खोप लगाउन सफल भएको छ।
जापान सरकारले कोभ्याक्स सुविधा अन्तरगत २ लाख ८ हजार ६० वटा एस्ट्रोजेनेका खोप पनि यसै हप्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।
यस अलावा नेपाल सरकारले अझै ४० लाख मोडेर्ना खोप भित्राउने तैयारी गरिरहेको छ। अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालमा कुल संक्रमण ८ लाख नाघेको छ र सकृय संक्रमितमा झण्डै ४० हजार जति रहेका छन्।

ऐमालेको भयो फुट
नेकपा ऐमालेका वरिष्ठ नेता माधवकुमार नेपालले यस हप्ता आफ्नो नयाँ पार्टी ‘एकिकृत समाजवादी पार्टी’ को आधिकारिक घोषणा गरेर यसलाई सञ्चालनमा ल्याएका छन्।
यसले गर्दा महिनौँदेखि चलिरहेको नेकपा एमालेको पार्टी विभाजनको विवादमा नयाँ मोड आएको छ।
यसअघि मङ्गलबार नेपाल सहित १४ जना नेतालाई नेकपा एमालेले कारवाही गरेको थियो। यस अन्तरगत उनीहरुलाई आफ्नो पदबाट हटाउने निर्णय सहित निर्वाचन आयोगमा यसको जानकारी गराउन सिफारिस गरिएको थियो।
त्यसै दिन, कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपालले एक जुम मिटिङ् कार्यक्रम मार्फत भनेका थिए, “यो पार्टीलाई बिभाजनको दिसा तर्फ लिएर जानको लागि, यसै पार्टीका अध्यक्ष केपी ओली लागिपर्नुभएको छ। वहाँले यो पार्टीलाई एकताबद्ध गर्न चहानुभएको छैन। वहाँले पदिय अध्यक्षको दायीत्व पुरा गर्नु भएको छैन। वहाँ अहङ्कारको घोडामा सवार हुनुभएको छ।”
यसै क्रममा आफ्नो समर्थनमा रहेका सबै नेतासँग मिलेर नेपालले यस नयाँ पार्टीलाई आधिकारिकताको प्रकृयामा लगेका हुन्।
अहिले यो पार्टीको सामाजिक सञजालहरुमा चर्चा भईरहेको र यसको आधिकारिक वेबसाईटहरुमा पनि उल्लेखनिय समर्थन आईरहेको पाईएको छ। यसरी पार्टी विभाजन हुनु गलत रहेको भन्दै बाग्मती प्रदेशकी मुख्यमन्त्री तथा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेकपाको एक कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गरेकी थिईन्।
यस्तै पार्टी बिभाजनको बेला नेपाललाई साथ नदिएका ५७ नेताहरुले पनि एउटा संयुक्त वक्तव्य जारी गरेका छन्। यस अनुसार एमालेका नेताहरुबीच मेलमिलाप् कायम राख्न पहल गरिएको छ।

अफगानिस्तानबाट नेपालीको उद्दार
गत आईतबार अफ्गानिस्तानको काबुलमा तालेबानले कब्जा गरे लगत्तै त्यहाँ रहेका नेपालीहरुलाई देश फर्काउने कार्यहरु भईरहेका छन्।
अहिलेसम्म करिब ४७० जना नेपाल फर्किसकेका छन् भने त्यहाँ अझै रहेकाहरुको उद्दारको निम्ति सरकारले अन्य मुलुकहरुसँग हवाई उडानको साहायता लिईरहेको छ।
यसरी फर्कनेहरुमा कुटनितिक तथा विभिन्न कम्पनिहरुमा कार्यरत नेपालीहरु छन्।
उनीहरुलाई काठमाडौँको सामाखुसीस्थिय होल्डिङ सेन्टरमा कोभिड परिक्षणको निम्ति राखिएको छ। यसरी अफ्गानिस्थानबाट नेपाल फर्कन चाहानेहरुले नेपाल सरकारको परराष्ट्र मन्त्रालयको आधिकारिक वेबसाईटम गई एउटा फारम भरेर बुझाउनुपर्ने हुन्छ।

ब्रिटिस गोर्खाले तोडे अनसन
बेलायती सरकार वार्तामा आउन तैयार भएपछि आफ्नो पेन्सन कम भएको भन्दै करिब १३ दिन लामो आमरण अनसन बसेका नेपाली ब्रिटिस गोर्खाली सेना का अवकास प्राप्त केहि व्यक्तीहरुले आफ्नो सत्याग्रह तोडेका छन्।
उनीहरुले बेलायती सेनामा झण्डै ३० वर्षसम्म काम गरेर सेवा गरेतापनि आफूहरुलाई बेलायती सेनाको तुलनामा १ तिहाई मात्र पेन्सन दिईएको भन्दै विरोध प्रदर्शन गरेका थिए।
उनीहरुले बेलायती सरकारलाई त्हाँका आफ्नै सेनाहरुलाई पेन्सन दिँदा पुरै २५ वर्षसमम्को सेवा गरेको मापदण्ड पछिको मुल्यमा दिईरहेको, तर आफूहरुलाई भने १५ वर्षसम्म सेवा गरेको अनुसार दिईएको मा आपत्ती जनाएका थिए।
यसरी यतिका दिनहरुको पहलपछि बेलायत सरकारलाई आफ्नो माग राख्न पाएको, तर नेपाल सरकारले यसप्रति कुनै चासो नदेखाएकोमा अभियानकर्ताहरु चिन्तित छन्।
बेलायत सरकारसँग हुन गईरहेको वार्तामा नेपाल सरकारको पनि बराबर सहभागिता हुनुपर्ने उनीहरुको बुझाई रहेको छ।

पार्टी फुट सम्बन्धी अध्यादेश
प्रधानमन्त्री शेर बहादुर देउवाले ल्याएका नयाँ अध्यादेश अनुसार कुनै राजनितिक पार्टीमा भएका २० प्रतिशत सदस्यहरुले चाहेमा त्यस पार्टी छोडेर आफ्नै अर्को पार्टी खोल्न सक्ने प्रावधान रहेको छ।
यस अध्यादेशको सन्दर्भमा धेरैले उनले नेकपा एमालेलाई फुटउन चाल चलेको भन्दै आलोचना गरेका छन्।
एमाले संसदिय दलको बैठकमा नेकपा ऐमाले का अध्यक्ष केपी शर्मा ओलीले यसको विरुद्ध यस्तो भने, “हिजो षड्यन्त्रपूर्व ढङ्गले पास गरिएको अधिवेशनको अन्त्य अत्यन्तै गलत नियत र मनसायका साथ अनैतिक प्रयोजनको निम्ति गरिएको हुँदा यसलाई हामी निन्दा र भर्तसना गर्छौँ।”
पूर्व प्रधानमन्त्री के.पी ओलीले पनि यो अध्यादेश ल्याउन खोजेको, र यसको कार्यन्वयन भईसकेपछि माधव कुमार नेपाललाई नयाँ पार्टी खोल्न सहज हुन्छ भन्ने अनुमान सबैले सजिलै गरेका थिए।
अबको दिनमा कतै प्रधानमन्त्रीकै पार्टी विभाजनमा यो अध्यादेशले असर पार्छ कि भन्ने संभावना पनि रहेको देखिन्छ।

भारतीय सिमाना बललेनै तुईन काटेको पुष्टी
दार्चुलामा केहि समय अगाडि तुईनको लट्ठाबाट महाकाली नदीमा खसेर हराएका ३३ वर्षिय जयसिंह धामीको बारेमा नेपाल प्रहरीले निष्कर्ष निकालेको छ। त्यस अनुसार भारतीय पक्षले तुईनको लट्ठा खुस्काईदिएको देखिएको छ।
करिब दुई हप्ताको अनुसन्धानपछि प्रहरी यस्तो निचोडमा पुगेको छ। व्यास गाउँपालिका-२, मालगाउँकाका धामी त्यस दिन, यानेकी ३० जुलाईमा मालघाट र गस्कु जोड्ने तुईन् तरेर जाँदा-जाँदै भारतिय ससस्त्र सीमा बलले लट्ठा खुस्काईदिएको घटना त्यहाँ भएका उनका गाउँलेहरुले आफ्नै आँखा देखेको भनेर दावी गर्दै आईरहेका छन्।




