Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो जित र गंगामायाले दिइन् न्यायाधीशविरुद्ध उजुरी

Nepali cricket team celebrating after its first ever one day international victory against Netherlands on Aug 2018.

Nepali cricket team celebrating after its first ever one day international victory against Netherlands on Aug 2018. Source: ICC

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल एक रनले विजयी र चितवनका मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई कारबाहीको माग गर्दै गंगामाया अधिकारीले न्याय परिषद्मा सोमबार उजुरी। गत ७ दिनका नेपालका केहि मुख्य समाचार।


Published

Updated

By Smriti Dhungana

Source: SBS



Share this with family and friends


नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल एक रनले विजयी र चितवनका मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई कारबाहीको माग गर्दै गंगामाया अधिकारीले न्याय परिषद्मा सोमबार उजुरी। गत ७ दिनका नेपालका केहि मुख्य समाचार।


प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । १५ सांसद रहेको समितिमा जोशीको विपक्षमा १० मत परेको थियो । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको बहिस्कारका बावजुद समितिले दुई तिहाई बहुमतका आधारमा जोशीलाई अस्वीकृत गरेको थियो।

उनको आचरण, कार्य क्षमता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठाएर संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो । २०६३ को अन्तरिम संविधानबाट संसदीय सुनुवाईको व्यवस्था ल्याइएको थियो ।

उनी यसअघि संसदीय सुनुवाई समितिबाट अनुमोदित भएर सर्वोच्चको न्यायाधीश बनेका थिए । संसदीय सुनुवाईको इतिहासमा समितिबाट अस्वीकृत हुने उनी पहिलो व्यक्ति हुन् ।

त्यस्तै उनले शनिबार शीतल निवास पुगेर राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेर १५ दिन बिदा लिएका छन् ।

वरिष्ठताको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछन्।

Former acting Chief Justice Deepakraj Joshi being questioned by a parliamentary committee over appointing his as the Chief Justice.
Former acting Chief Justice Deepakraj Joshi being questioned by a parliamentary committee over appointing his as the Chief Justice. Source: RSS

...

नवनियुक्त दुई मन्त्रीलाई राष्ट्रपतिबाट शपथ

 

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन्।

शुक्रबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।

त्यस्तै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

यो सँगै मन्त्रिपरिषदमा २२ मन्त्रालय, २२ मन्त्री र तीन राज्यमन्त्री भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ मा गठन भएको मन्त्रिपरिषद् पाँचौँ पटकको विस्तार भएको थियो।

Nepal's President swearing in ministers Padma Aryal and Bhanubhakta Dhakal in Kathmandu.
Nepal's President swearing in ministers Padma Aryal and Bhanubhakta Dhakal in Kathmandu August 2018. Source: RSS

...

गंगामायाले दिइन् न्यायाधीशविरुद्ध उजुरी

चितवनका मुख्य जिल्ला न्यायाधीश कुलप्रसाद शर्मालाई कारबाहीको माग गर्दै गंगामाया अधिकारीले न्याय परिषद्मा सोमबार उजुरी दिएकी छन् ।

छोरा कृष्णप्रसाद अधिकारी हत्याका दोषीमध्ये एक छविलाल पौडेलले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेलगत्तै जेल चलान भएपछि न्यायाधीश शर्माले पत्रकारहरु सामु चितवन जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसला साउन २० मा गर्ने जानकारी दिएका थिए ।

उक्त उजूरी गंगामायाका तर्फबाट अधिवक्ता पुष्पराज पौडेलले न्यायपरिषदमा दर्ता गराएका थिए ।

न्यायाधीशले इजलासको मुद्दाबारे बाहिर बोल्न नपाउने जिकिर गर्दै गंगामायाले कारबाही माग गरेकी थिइन् ।

...

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो जित

नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल एक रनले विजयी भएको छ । शुक्रबार नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीयको दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै नेपाली टोलीका कप्तान पारस खड्काले अन्तिम बलमा रनआउट गरेपछि नेपाल विजयी भएको थियो ।

नेपालले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले अन्तिम बलमा २ सय १५ रन बनाउँदै अलआउट भएको थियो ।

खेलमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएका थिए भने नेपालका सन्दीप लामिछानेले ३ र ललितसिंह भण्डारीले २ विकेट लिएका थिए ।

यसअघि बुधबार नेदरल्यान्ड्ससँग भएको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाल २३ औं राष्ट्र बनेको थियो। उक्त खेलमा नेदरल्यान्ड्सलाई १ सय ८९ रनमा अलआउट गरेको नेपालले १ सय ३४ रनमा अलआउट भएको थियो ।

Nepali cricket team celebrating after its first ever one day international victory against Netherlands on Aug 2018.
Nepali cricket team celebrating after its first ever one day international victory against Netherlands on Aug 2018. Source: ICC

...

युरोपेली युनियनलाई विमानमाथिको बन्देज हटाउन आग्रह

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले युरोपमा उडाउने निषेध गरिएको नेपाली विमानमाथिको बन्देज हटाउन युरोपेली युनियनलाई आग्रह गरेका छन् ।

१० दिने युरोप भम्रण सिध्याएर बुधबार नेपाल फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै बेल्जियम र पोर्चुगलका सरकारी तथा युरोपियन युनियनका अधिकारीसँगको भेटमा नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह गरेको जानकारी गराएका थिए ।

...

धरौटीमा छुटे निर्माता माधव वाग्ले

गत जेठ २ मा नक्कली नोट छापेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्ले पाटन उच्च अदालतको आदेशमा धरौटीमा छुटेका छन् । अदालतले वाग्लेलाई २५ लाख, कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रहरी परिसर काठमाडौंले उनीहरूविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो ।

चंगा चेटनामक फिल्मका लागि छापिएको नक्कली नोट फिल्म युनिटले दुरुपयोग गरेका थिए ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now