Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

यो वर्ष मात्र अस्ट्रेलियामा बस्ने करिब १७ हजार पुरुषहरूमा प्रोस्टेट क्यान्सर देखा पर्न सक्ने

Prostate cancer awareness
Source: Getty Images

कसैले पनि एक्लैले रोगसँग लड्नु नपरोस् भन्ने उद्देश्य राख्दै प्रोस्टेट क्यान्सर प्रति जनचेतना फैलाउन अस्ट्रेलियामा एक नयाँ अभियानको सुरुवात भएको छ।


Published

Updated

By Marcus Megalokonomos, Julia Carr-Catzel

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


कसैले पनि एक्लैले रोगसँग लड्नु नपरोस् भन्ने उद्देश्य राख्दै प्रोस्टेट क्यान्सर प्रति जनचेतना फैलाउन अस्ट्रेलियामा एक नयाँ अभियानको सुरुवात भएको छ।


२०१९ अगस्ट १९ का दिन सिड्नी निवासी ५२ बर्सिया पुरुष टोनी वेबरको जीवनमा ठुलो दुर्घटना भयो ।

उनी प्राण घातक मानिने प्रोस्टेट क्यान्सर वा अण्डाशयको क्यान्सर रोगबाट ग्रसित बनेको चिकित्सकहरुले बताए।

“जब मलाई प्रोस्टेट क्यान्सर भयो भनियो, मलाई छाँगाबाट खसे जस्तै भयो। मेरी श्रीमती जो साथमै थिइन् - उनलाई पनि त्यस्तै भयो।"

"जब डाक्टरको बाट फर्किएर कारमा पुग्यो हामी दुवै निकै बेर रोर्‍यौं,” उनले भने।

अण्डाशयमा असामान्य कोषहरूको विकास हुनथाले पछि विस्तारै क्यानसरमा परिणत हुने बताइन्छ।

असामान्य कोषहरूको विकासले तीव्रता लिँदा भने अण्डकोष भन्दा बाहिर पनि क्यान्सर फैलन सक्छ ।

Screening For Prostatic Cancer
Getty Images) Source: Universal Images Group Editorial

रोगको पहिचान भएपछि करिब ६ महिना वेबरले केमोथेरापीको सहारा लिन पुगे ।

रेडिएसन थेरापीले उनको अण्डकोष बाहिर, क्यान्सर फैलनबाट रोक्न सफल भयो ।

यो वर्ष मात्र पनि करिब १७ हजार पुरुषहरूमा प्रोस्टेट क्यान्सर देखापर्ने अनुमान विज्ञहरूको छ।

प्राध्यापक जेफ डन प्रोस्टेट क्यान्सर अस्ट्रेलियाली प्रमुख कार्यकारी अधिकृत हुन्।

उनले पुरुषहरूलाई आफ्नो स्वास्थ्यका बारेमा जागरुप गराउनका लागि नयाँ अभियानको थालनी गरेका छन् ।

“अस्ट्रेलिया करिब दुई लाख मानिसहरूमा प्रोस्टेट क्यान्सर भएको र उपचार गरी रहेको तथ्याङ्क छ।"

"तर हामी यो कुरामा चिन्तित छौ कि चाडै पत्ता लगाउन साकिने यो जस्तो क्यानसर पनि पुरुषहरुले  तदारुकता नदेखाउँदा, अन्तिम अवस्थामा मात्र पत्ता लागिरहेको छ,” उनले भने ।

प्रोस्टेट क्यान्सर भएका पाँच मध्ये एक व्यक्तिमा उपचार तथा जीवनभर नै रोगसँग सम्बन्धित अतिरिक्त समस्याहरूले तनाव सिर्जना गराउने अनुसन्धानहरूले देखाउँछन् ।

Diagnosing and treatment of prostate cancer
Diagnosing and treatment of prostate cancer Source: Flickr/Darryl Leja, NHGRI CC BY 2.0

प्रोस्टेट क्यान्सर भएका पुरुषहरूमा आत्महत्याको सोच पनि अन्य सामान्य मानिस भन्दा, ७० प्रतिशत बढी हुने रिपोर्टहरूले उल्लेख गरेका छन्।

प्रोस्टेट क्यान्सरका लागि गरिने हार्मोन थेरापीले टस्टोस्टेरोनका उत्पादनलाई ढिला बनाउँछ जसले क्यान्सर बृद्धीलाई त सुस्त बनाउँछ तर यसले मानसिक रूपमा भने असर गर्ने हुन्छ।

वेबर भन्छन्, "उपचार र रोगका बारेमा वास्तविकतालाई स्विकार्न गार्‍हो थियो तर सबैभन्दा संकोच आफ्ना सन्तानहरूलाई यसका बारे बताउन थियो ।"

फाउन्डेसनका अनुसार प्रोस्टेट क्यान्सरको अवस्थाबाट मानसिक समस्या भोगिरहेका ७२ प्रतिशत मानिसले चिकित्सक सँग सल्लाह लिन हिच्कीचाउछन् ।

विश्व स्वास्थ्य दिवस समाजमा रोगको मौनतामा बाची रहेका पुरुषहरू माझ पुग्ने उत्तम उपाय भएको बताउँछन्, प्राध्यापक डन ।

उनी भन्छन्, "मानिसहरूले महामारीका कारण पनि आफ्नो स्वास्थ्य प्रति उचित ध्यान दिई रहेका छैनन् ।"

टोनी वेबर क्यान्सर जित्न सफल भएकोमा आफूलाई निकै भाग्यमानी मान्छन् तर त्यसमा सबैभन्दा बढी भूमिका उनको वरिपरि रहेका सहयोगीहरू सेवाहरू हुन् भनेर बताउन पनि उनी कञ्जुस्याईं गर्दैनन् ।

प्रोस्टेट क्यान्सरबाट ग्रसित मानिसहरुका लागि प्रोस्टेट क्यान्सर फाउन्डेसनले भर्खरै सुरु गरेको दूर स्वास्थ्य सेवा मार्फत विशेषज्ञ नर्ससँग समस्या राख्न सकिन्छ। यसका लागि १८०० २२० ०९९ मा सम्पर्क गर्नुहोस्।

अस्ट्रेलियाको पछिल्लो समाचार तथा अन्य सामाग्री नेपाली भाषामा सुन्न यहाँ थिच्नुहोस्


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now