Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“नेपाली फिल्म क्षेत्रलाई महामारीले पुरै ३६० डिग्री एङ्गलमा नै असर पारेको छ”: निशा अधिकारी

Nepali actress and producer Nisha Adhikari Malla

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्रीको रूपमा चिनिने निशा अधिकारी पछिल्लो समयमा चलचित्र निर्माताको रूपमा समेत दर्शकमाझ देखा परिन्। कोरोना महामारीले ल्याएको निषेधाज्ञासँगसँगै उनी आफैले भर्खरै निर्देशन गर्न लागेको एउटा 'सर्ट फिल्म' को काम पनि रोक्न बाध्य छिन्। महामारीको कारण गत वर्षदेखि नेपाली फिल्म क्षेत्र तथा व्यवसायमा ठुलो नैराश्य छाएको छ र यसै सन्दर्भमा अधिकारीले नेपाल संवाददाता गिरीश सुवेदीसँग गरेको कुराकानी।


Published

Updated

By गिरिश सुवेदी

Source: SBS




Share this with family and friends


लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सफल अभिनेत्रीको रूपमा चिनिने निशा अधिकारी पछिल्लो समयमा चलचित्र निर्माताको रूपमा समेत दर्शकमाझ देखा परिन्। कोरोना महामारीले ल्याएको निषेधाज्ञासँगसँगै उनी आफैले भर्खरै निर्देशन गर्न लागेको एउटा 'सर्ट फिल्म' को काम पनि रोक्न बाध्य छिन्। महामारीको कारण गत वर्षदेखि नेपाली फिल्म क्षेत्र तथा व्यवसायमा ठुलो नैराश्य छाएको छ र यसै सन्दर्भमा अधिकारीले नेपाल संवाददाता गिरीश सुवेदीसँग गरेको कुराकानी।


नेपाली फिल्म जगतलाई कोरोना महामारीले कस्तो असर परेको छ जस्तो लाग्छ?

“नेपाली फिल्म क्षेत्रलाई महामारीले पुरै ३६० डिग्री एङ्गलमा नै असर पारेको छ। यसले फिल्मको निर्माणदेखि लिएर मञ्चन गर्ने सबै तहमा नराम्रो असर गरेको छ। कतिपय फिल्मका परिकल्पना तथा पटकथाहरू यसै थन्किएका छन् र जीवन्त हुन पाएका छैनन्। यस क्षेत्रमा भएका विभिन्न सम्झौता कार्यान्वयन हुन पाएका छैनन् र फिल्महरू छायाङ्कन समेत हुन सकेका छैनन्। निर्माता, कलाकार र टेक्निसियनहरु सबै जना अहिले स्तब्ध छन्। जय नेपाल र कुमारी हल जस्ता फिल्म मञ्चन गर्ने संस्थान आगामी दिनहरूमा सञ्चालन नै गर्न नसक्ने अवस्थामा पुगिसकेका छन्। महामारी कम भएको अवस्थामा पनि सायद अब मल्टिप्लेक्सका हलहरु मात्र सञ्चालनमा आउनेछन्। यसै गरी प्रायजसो फिल्म वितरक र हलका कर्मचारीहरू पनि अहिले देशैभर बेरोजगारीको अवस्थामा छन्।”अधिकारीसँगको पुरा कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा यहाँबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ।

कोरोना समय अघि कस्तो थियो नेपाली फिल्म क्षेत्रको माहौल?

“महामारी अगाडी कमसेकम यस क्षेत्रको हरेक तहमा आर्थिक स्थिरता थियो। यस क्षेत्रले राम्रो कलाकार; निर्देशक र पटकथा लेखकहरूको जन्म पनि गराएको थियो। अन्तर्राष्ट्रिय स्तरमा पनि मीन भाम जस्ता निर्माताले 'कालो पोथी' जस्तो फिल्म निकाल्न सफल भइरहेको अवस्था थियो। यसमा सबै कुरा राम्रो नै देखिएको र प्राविधिक तहमा पनि सजिलैसँग राम्रो श्रम-शक्ति पाइने अवस्था थियो। यसले गर्दा आफ्नो सोच र परिकल्पनालाई जीवन्त बनाउन सकिने एउटा माहौल थियो। यस्तै सिनेमा हलहरू पनि व्यवस्थित र सुविधा सम्पन्न रूपले चलिरहेका नै थिए। यी हलहरूमा लाग्ने विदेशी फिल्महरूले पनि राम्रो रकम उठाइरहेका थिए। समग्रमा भन्नुपर्दा यत्रो फिल्म क्षेत्र आफैमा धानिएको थियो र मानिसहरूको यसप्रति मोह र चासो पनि बढिरहेको थियो। डिजिटल मञ्चको सुविधाको कारण नेपाली सिनेमाले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्थान र पहिचान पनि पाई रहेको थियो।”
Nisha Adhikari Malla's movie JhyanaKuti
अधिकारी निर्मित चलचित्र झ्यानाकुटी Source: Instagram/Nisha Adhikari Malla

यस्तो अवस्थामा आगामी दिनहरूका फिल्म व्यवसाय क्षेत्रका निर्माताहरुले कस्तो उपायहरू अपनाउनुपर्छ? अहिले कस्ता गतिविधिहरू भई रहेका छन्?

“अहिले हामी फिल्मकर्मीहरूले डिजिटल मञ्चकै माध्यमबाट अघि बढ्ने हो। छिमेकी राष्ट्र चीनकै उदाहरण लिने हो भने पनि हामी सफलताका यस्तो धेरै उदाहरण देख्ने गर्छौँ। भारतले नै 'अमेजन प्राइम' र 'नेटफ्लिक्स्' मा आफ्नो स्थान बनाइसक्यो। हाम्रो नेपालको सन्दर्भमा भने अनलाइनमा पैसाको कारोबार नभइरहेकोदेखि लिएर पहुँचको कमीले पनि यस्ता कति धेरै कार्यहरू स्थगित भई रहेका छन्। अहिले दक्षिण एसिया र भारतको विभिन्न चलचित्र निर्माणको अवस्था हेर्ने हो भने पनि हामीले यस क्षेत्रमा अझै धेरै कुराहरू गर्नुपर्ने रहेछ जस्तो लाग्छ। हुन त निर्माताहरुले पनि कथावस्तुको एउटा राम्रो परिकल्पना भएपछि नै अघि बढ्नु सफल हुनु बराबर हो। हाम्रो भाग्यमा अहिले युट्युब नै एउटा यस्तो साधक बनेको छ, जसको कारण नेपाली चलचित्रहरूलाई दर्शकमाझ ल्याउन सकिएको छ। अहिले देशमा सामान्य रूपमा चलिरहेको खोप अभियानझैँ फिल्म क्षेत्र पनि सामान्य निर्माणमा नै सीमित हुने अवस्था रहिआएको छ। जसरी अहिले सबै जना कसरी यो महामारीको समयमा आफ्नो जीवनस्तरलाई कायम राख्ने भनेर लागिपरेका छन्, त्यसरी नै फिल्म क्षेत्रलाई पनि कसरी टिकाउन सकिन्छ भनेर सबै जना लागिपर्नुपर्छ जस्तो लाग्छ।”
Nisha Adhikari Malla
Source: Instagram/Nisha Adhikari Malla

नेपाली फिल्म व्यवसायको आगामी दिनहरूको भविष्य कस्तो देख्नुभएको छ?

“साँच्चै भन्नुपर्दा यस क्षेत्रको अबको निकट भविष्य कस्तो हुन्छ भन्ने विषयमा म पनि अन्योलमै छु। यसरी महामारी हुन्छ भनेर हामी कसैले पनि सोचेको र चिताएका थिएनौँ होला। हाम्रो देशको खुला सिमाना भएकाले छेउको राष्ट्रहरूमा पनि महामारीको निवारण भएको खण्डमा मात्र यहाँ स्वास्थ्य मापदण्डको अवस्था सुध्रन सकिने देखिन्छ। सायद अबको दुई-तीन वर्षको स्थिति यस्तै रहन सक्छ र यसको कारण चलचित्र क्षेत्र यस्तै समस्यामाझ नै रहन सक्छ। यसबिचमा पनि के हुन्छ – तोकेर भन्न नसकिने अवस्था रहेको छ।”

यी पनि हेर्नुहोस्:


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now