Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ओलीलाई मास्क नलगाई स्कुटरमा बस्न चुनौति र नेपाल बायुसेवालाई थप पैसा नदिने: गए ७ दिन नेपालमा

Pollution Daily Life in Nepal

प्रधानमंत्री ओलीले आफुले पद सम्हालेपछि काठमाडौंमा प्रदुषण कम भएको भावको अभिव्याक्ति दिएपछि उनलाई मास्क नलगाई स्कुटरमा बस्न एक विपक्षिसांसदले चुनौति दिएकी छिन्। यसैबिच, प्रधानमंत्री ओलीले नेपाल वायुसेवाले आफञलाई नसुधारे एक थप पैसा नदिने बताएका छन्। गए ७ दिनका प्रमुख नेपाल समाचार।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


प्रधानमंत्री ओलीले आफुले पद सम्हालेपछि काठमाडौंमा प्रदुषण कम भएको भावको अभिव्याक्ति दिएपछि उनलाई मास्क नलगाई स्कुटरमा बस्न एक विपक्षिसांसदले चुनौति दिएकी छिन्। यसैबिच, प्रधानमंत्री ओलीले नेपाल वायुसेवाले आफञलाई नसुधारे एक थप पैसा नदिने बताएका छन्। गए ७ दिनका प्रमुख नेपाल समाचार।


काठमाण्डूका जनताले मास्क नलगाई हिँड्न थाले: प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष देखि काठमाण्डूका जनताले माक्स नलगाई हिँड्न थालेको बताएका छन्। मंगलवार प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताए।

"पोहोर साल माक्स लगाएर हिँड्नुहुन्थ्यो,अहिले त आँफै नलाई हिँड्नु भएको छ अरु केहि प्रमाण चाहिँदैन,"उनले भने। ''म प्रधानमन्त्री भएका बेला आधा जनसंख्या मास्क लगाएर हिँड्थ्यो तर अहिले मास्क लगाएर कोहि पनि हिँड्दैन।''

यसैबीच प्रतिपक्षी दल नेपाली कांग्रस सासंद रंगमती शाहीले भने प्रधानमनत्रीलाई उनीसंग स्कुटरमा चढ्न चुनौती गरेकी छन्। संसदको एउटा समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई उनको उक्त सन्देश पुर्याउन आग्रह गरेकी हुन्। 

उक्त विषयमा पत्रकारहरूसंग कुरागर्दै उनले भनिन्, "प्रधानमन्त्री ज्यूले मास्क लगाउन छोडेको कुरा गर्नुभएछ। म उहाँलाई एक दिन मेरो स्कुटरमा यात्रा गर्न आग्रह गर्छु अनी उहाँले वास्तविकता थाहा पाउनु हुने छ।"

यथास्थितिमा निगमलाई एक रुपैयाँ दिइँदैन: प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमलाई अहिलेकै अवस्थामा एक पैसा पनि सहयोग नगर्ने बताएका छन्। यस्तै उनले निगमलाई उसको व्यवस्थापन तत्काल सुधार्न पर्ने बताए। निगमको ६१औं वार्षिकोत्सको अवसरमा उनले यस्तो बताएका हुन्। साथै उनले निगमलाई आफैं व्यवस्थापन गर्न नसक्ने भए रणनीतिक साझेदारीमा जान सुझाए। 

"अहिलेकै स्थितिमा २०-३० अर्ब दिँदैमा सुरुसुरु वमानउड्न सक्छन् भन्ने होइन,"पर्यटन मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीले भने, "अन्य नीजी कम्पनीले कमाइ राखेका छन् निगममात्र एक्लै किन घाटामा छ?"भनी प्रश्न समेत गरे।

चार पूर्व महानिरिक्षकलाई सफाई

भ्रष्टाचार आरोपमा मुदधा चलाइएका सशस्त्र प्रहरीका चार पूर्व महानिरिक्षकलाई विशेष अदालतले सफाइ दिएको छ। आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचारको मुद्धा लगाइएका चार पूर्व महानिरिकक्ष सहित २२ जनालाई करिब १७ करोड रूपैयाँ माग दाबी सहित दर्ता गरिएको मुद्धामा सोमवार सफाइ दिइएको हो। अख्तियारले तीन वर्ष अघि पूर्व आइजीपी कोषराज वन्तलाई ६ करोड,शैलेन्द्र कुमार श्रेष्ठलाई ८० लाख,वासुदेव ओलीलाई एक करोड र सनतकुमार बस्नेतलाई नौ करोड बगो मागदाबी गर्दै मुद्धा दर्ता गरेको थियो। सशस्त्र प्रहरी कर्मचारीका लागि बन्दोवस्तीका सामान ढुवानीमा अनियमितता भएको अख्तियारको आरोप थियो।

आइफा अवार्डबारे बोले प्रम

इन्टरन्याशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा)२०१९ नेपालमा आयोजना गर्नेबारे चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारको उक्त निर्णयको बचाउ गरेका छन्।

उनले नेपाल भ्रमण वर्ष सफलतापूर्वक आयोजना गर्न नचाहनेहरूले आइफाको विरोध गरेको बताएर आइफा अवार्डलाई लिएर भएको आलोचना प्रति अस्नतुष्टि प्रकट जनाए, "सकारले करौडौं खर्च गर्ने हावा फैलाएर। सरकारले निर्णय गरि नसकेको अवस्थामा लौ सर्वानाश हुने भयो भनेर हल्ला पिटाए।यो  राम्रो र सफल भयो भने हाम्रो भ्रमण वर्षलाई राम्रो हुन्छ।"

 चौतर्फी आलोचना भएपछि संसदको अन्तराष्ट्रिय मामिला तथा मानव अधिकार समितिले आइफा अवार्ड नेपालको हितमा नरहेको भन्दै उक्त कार्यक्रम नगर्न आदेश समेत दिइसकेको अवस्थामा प्रधानमन्त्रीले भने सरकारले घाटा नबेहोरी उक्त कार्यक्रम आयोजना गर्ने लागेको बताए। 

"थोरो लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरिएको थियो तर अर्बौं खर्च भनेर हावा कुरा गरियो," उनले भने।

गत साता बसेको मन्त्रीपरिषद बैठकले काठमाण्डू महानगरपालिका  सहयआयोगजक रहने गरी नेपाल पर्यटन बोर्डको संयोजकत्वमा आइफा अवार्ड गर्ने निर्णय गरेको थियो।

वाणिज्य ब्याङ्कहरू गाभ्न राष्ट्र ब्याङ्कको निर्देशन

राष्ट्र ब्याङ्कले वाणिज्य ब्याङ्कहरूलाई मर्ज अर्थात गाभिन मौखिन निर्देशन दिएको छ। केन्द्रीय ब्याङ्कले दिएको यस्तो निर्देशनमा मर्जका लागि प्रतिबन्दधता पश गर्न मौखिक निर्देशन दिएका थिए। उत्तरमा करिब एक दर्ज राष्ट्रिय वाणिज्य ब्याङ्कहरूले राष्ट्र ब्याङ्क समक्ष गाभ्ने तथा प्राप्ति सम्बन्धी प्रतिवबद्धता जनाएका छन्।

राष्ट्र ब्याङ्कको निर्देशनबारे ब्याङ्कर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना भन्छन्, "हामीले नेपाल सरकारले लिएको नीतीलाई समर्थन गर्दै कसरी अघाडी बढ्ने र यसका लागि सरकारले कस्तो सहुलीयत दिन सक्छ भन्ने विषयमा छलफल गरिरहेका छौं।"

हालै प्रस्तुत भएको बजेटमा पनि ब्याङ्कहरू मर्ज गर्ने विषय परेको थियो। साथै राष्ट्र ब्याङ्कले ल्याउन लागेको मौद्रिक नीति पनि त्यसैमा केन्द्रीत रहने बताइएको छ।

चन्द सूहलाई वार्तामा आउन आग्रह

सरकारले चेनावनी पूर्ण शैलीमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिलाई वार्तामा आउन आग्रह गरेहो छ। नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका संचर मन्त्री गोकुल बाँस्कोटाले चन्द समूहलाई लुटपाटको धन्दा बन्द   गरेर वार्तामा आउन आग्रह गरेका हुन्। 

"कमिसन माग्ने ठेक्का पट्टा आदी सबैलाई त्राहिमाम बनाउने लुटेरा समूह हो लुटपाटको धन्दा आतंकको धन्दा गरिरहँदा क्षती हुने उहाँहरुलाई नै हो। यो जंगल राज चल्दैद। हाम्रो आग्रह छ आउनुहोस् छलफल गरौं,"उनले भने। 

यस्तै उनले उक्त समूहलाई आतंककारीको संज्ञा पनि दिए।

मल ल्याउँदै

रोपाईको समयमा किसानहरू समक्ष मल पुर्याउन नसकेकपछि सरकारले मध्य असारमा ९० हजार टन मल खरिद गर्दै छ। साल्ट ट्रेडिङ्क कम्पनी र कृषि सामाग्री कम्पनी लिमिटेडले ५० हजार टज युरिया र ४० हजार टन डिपिए मल खरिद गरेका हुन्।

मनाङे नेकपा प्रवेश

दिपक मनाङे भनेर प्रख्यात गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले नेकपा प्रवेश गरेका छन्। उनलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले स्वागत गरे। मनाङबाट स्वतन्त्र मार्फ प्रदेश सभा चुनिएका मनाङेले लामो समयसम्म उनीमाथी लागेको फौजदारी मुद्धाका कारण सपथ लिन पाएका थिएनन्। सर्वोच्च अदालतले उनलाई थुनामा नरही मुद्धा लड्ने बाटो खोलिदिएपछि मात्र प्रदेश सासंदको सपथ लिएका थिए।

लिबियामा एक नेपालीको मृत्यु

लिबियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा परी लमजुङ बेँसिसहर निवासी २७ वर्यीयासन्तोष श्रेष्ठको मृत्यु भएको छ। उनी लिबियाबाट इटाली जाने क्रममा रहेको बताइएको छ। तर मानव तस्करको पासोमा परेका कारण उनी करिब पाँच महिना यता लिबियामा रहेका थिए।

उनको रात्री आक्रमणमा परी मृत्यू भएको लिबिया समेत हेर्ने जिम्मेवारी माएका इजिप्ट स्थित नेपालका लागि कार्यवाहक राजदूत सुजन बिडारीले बताए। 

आक्रमणमा घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। बम विस्फोट हुँद अन्य १४ जना नेपाली त्यही रहेको तर उनीहरू सुरक्षित रहेको बताइएको छ। पछिल्लो समय युरोपका विभिन्न सरह जान हिँडेकमा नेपाली लिबियामा अलपत्र पर्ने क्रम बढ्दो छ।

मानव तस्करको जालोमा परेका कारण लाखौं रूपैयाँ खर्च गरेर हिँडेका नेपाली यसरी समस्यामा पर्ने गरेका छन्। गत महिनामात्र २६ जना नेपाली लिबियाबाट उद्धार गरेर नेपाल ल्याइएको थियो। 

 

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now