Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'पानी पनि नपिई व्रत': रमदानका बेला कामको व्यवस्थापन कसरी सम्भव छ?

work composite my ramadan

Lawyer Sara Mansour and journalist Najma Sambul.

कार्यालयमा हुने तनाव र रमदानका बेला घरको व्यस्तता, माइ रमदान पोडकास्टको यो शृङ्खलामा पत्रकार नज्मा सम्वुल र वकिल सारा मन्सुरले कामको व्यवस्तताकाबीच पनि आफूलाई कसरी ख्याल राखिरहेका छन् भन्ने बारेमा प्रस्तोता सारा मलिकसँग कुरा गरेका छन्।


Published

Updated

By Sarah Malik

Source: SBS



Share this with family and friends


कार्यालयमा हुने तनाव र रमदानका बेला घरको व्यस्तता, माइ रमदान पोडकास्टको यो शृङ्खलामा पत्रकार नज्मा सम्वुल र वकिल सारा मन्सुरले कामको व्यवस्तताकाबीच पनि आफूलाई कसरी ख्याल राखिरहेका छन् भन्ने बारेमा प्रस्तोता सारा मलिकसँग कुरा गरेका छन्।


सन् २०१७ मा पढाई सक्काएर पहीलोपटक सिड्नीको व्यस्त ल फर्ममा काम गर्दै गर्दा रमदानका बेला आफूले भोगेको एक घटना सारा मन्सुरले सम्झना गरेकी छन्।

कामबाट पाँच बजे निस्कन र घरबाटै काम गर्नका लागि फर्मका पार्टनरलाई इमेल लेख्दा आफूले कुनै प्रतिउत्तर नपाएको र ७ः३० सम्म कार्यालयमै बसेर रमदानको व्रत तोडेको स्मरण पोडकास्टका क्रममा उनले गरिन्।

कोभिड अघिको उक्त घटना पछि, उनले कामका मामलामा लचकता र तनावबाट बाहिर निस्कने विकल्प रोजिन्।

तत्कालै राजीनामा दिएर स्थानीय सानो स्तरको ल फर्ममा काम गर्न थालेकी साराले आजकाल घरबाटै कामलाई निरन्तरता दिइरहेकी छन्।

कर्पोरेट वकिलको जस्तो व्यस्तता र प्रतिष्ठा नभए पनि आजकल उनी निकै खुसी छिन्।

यस कुराले मलाई मेरो व्यवसायीक लक्ष्य र आकाक्षाहरुका बारेमा पुनर्विचार गर्न बाध्य बनायो, किन भने मेरो विश्वास, म के हुँ भन्ने को ठुलो हिस्सा हो
सारा मन्सुर

रमदानका बेला घरको काम र मानसिक तनावले महिला र आमाहरूलाई पार्ने प्रभावलाई लिएर उनी विरोध गर्छिन्।

हामी अहिले यस्तो पुस्तामा छौ, जहाँ अवास्तविक कुराहरूलाई धकेल्न सक्छौ, एस्त कुराले मानसिक स्वास्थ्य पनि विर्गाछ
सारा मन्सुर

यता भर्खरै पत्रकारिता सुरु गरेकी नज्मा सम्बुललाई पनि ९ देखि पाँचको जिम्मेवारीका बिच आफ्ना लागि समय निकाल्न निकै सङ्घर्ष गर्नु गरेको छ।

आफ्नो क्यारियरमा जत्तिकै, रमदानका बेलामा आफूमा सुधार र आकाक्षालाई व्यवस्थापन गर्न उनलाई गार्‍हो परिरहेको छ।

अस्थिर वातावरणबिच रमदान मनाइरहँदा, आफ्नो रफ्तारलाई अलि कम गर्नु पर्छ, आफ्नो मानसिकतामा पनि थोरै परिवर्तन गर्नुपर्छ नज्मा सम्बुल

माइ रमदान पोडकास्टमा आधुनिक अस्ट्रेलियामा कसरी इद र रमदान मनाइन्छ भनेर चर्चा गरिएको छ।

माइ रमदानलाई एसबीएस रेडियो, एप्पल पोडकाष्ट, स्पटीफाईवा पोडकाष्ट सुन्न अन्य एपहरूमा फलो गर्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now