SKIP TO MAIN CONTENT

आर्थिक सहयोग जुटाउन किरण गुरुङ्ग पर्थ सिटी टू सर्फमा

Former Gurkha Kiran Gurung in Perth, Western Australia.
Former Gurkha Kiran Gurung in Perth, Western Australia. Source: Supplied

किरण गुरुङ यसपटक पर्थ सिटी टू सर्फ नामक एक दौडमा लडाकु सैन्य पोशाकमा भाग लिंदै छन् - एक असल उदेश्य लिएर।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

किरण गुरुङ यसपटक पर्थ सिटी टू सर्फ नामक एक दौडमा लडाकु सैन्य पोशाकमा भाग लिंदै छन् - एक असल उदेश्य लिएर।


सिङ्गापुर प्रहरीको गोर्खा टुकडीमा दस बर्ष काम गरेका किरण गुरुङलाई अस्ट्रेलिया सर्ने रहर जाग्यो र सन् २००८ तिर उनी यता आए।

त्यसको लगत्तै, आफ्नो लागेको बानी र बनेको ज्यानलाई कायम राख्न दौडिन लागे - लडाकु दस्ताले लाउने सैन्य पोशाकमै। त्यसपछि त उनी "बुट-रनर" भएर आफु बस्ने पर्थमा चिरपरिचत हुन थाले।

खुकुरी भिर्दै, ढाडमा २०/२५ किलोको बन्दोबस्तीका सामान साथ् गुरुङ दौडदा मानिसहरुलाई लाग्थो कि उनी आर्मी मै छन् र कवाज गरिरहेछन्।

Army Gear
Source: Kiran Gurung

एसबीएस नेपालीसंगको कुराकानीमा उनी हाँस्दै भन्छन्, "मलाई पर्थमा मानिसहरु बुट नलाएर कहिल्यै कुद्नु भएको छ भनी सोध्छन्!"

आफ्नो राईफल बाहेक प्राय: जसो सेनाले बोक्ने सबै सामान तथा लाउने पोशाक लागएरै दौडिन कसैले रोकेनन् त भन्दा गुरुङले भने "२०१५मा नेपालमा भुकम्प गएपछि मैले पाँचवटा म्याराथनमा भाग लिए - भुकम्प पिडितका लागि केही आर्थिक सहयोग जुटाउँ भनेर।"

Kiran Gurung
Source: Kiran Gurung

" त्यस मध्य दुईवटामा मैले खुकुरी भिरेर दौडेको देखेर केही मान्छेहरुले आयोजकलाई रिपोर्ट गरिदिएछन्। प्रहरी आएर सोधपुछ गर्यो अनि गोर्खा भन्ने थाहा पाउने बित्तिकै ओके ओके भनेर खुसि हुँदै गए। "

कामका व्यस्ताका वावजुत उनी यो सप्ताहन्तमा आयोजना हुन लागिरहेको पर्थ सिटी टु सर्फमा अस्ट्रेलियन हिमालयन फाउण्डेसन अन्तर्गतको शैक्षिक कार्यक्रमका निम्ति केही आर्थिक सहयोग जुटाउन भाग लिंदै छन्।

Promo
Source: Kiran Gurung

आफुले १८ बर्ष अघि डिजाइन गरेको स्ट्टबि होल्डर, टी-सर्ट तथा आफ्नो एक अस्ट्रेलियन मित्र फ्र्यांक लेनले नेपालदेखि मगाएको खुकुरीहरु उक्त कार्यक्रमका क्रममा थप आर्थिक सहयोग जुटाउन एक स्टलमा राख्ने कुरा गुरुङले एसबीएस नेपालीलाई बताए।

गुरुङसँगको हाम्रो कुराकानी सुन्न माथिको प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now