गैर आवासीय नेपाली संघ (एनआरएन)को आयोजनामा पहिलो विश्व विज्ञ सम्मेलन सुरु, नेपाली महिला क्रिकेट टोली आईसीसी वरियतामा र नेपाली किशोरीहरुलाई आत्मा-सुरक्षाको तालिम। यी हुन् नेपालमा गत ७ दिनका केही मुख्य समाचार।
एनआरएन विज्ञ सम्मेलन
गैर आवासीय नेपाली संघ (एनआरएन)को आयोजनामा पहिलो विश्व विज्ञ सम्म्लन सुरु भएको छ। केहि विदेशीहरुको पनि सहभागिता रहेको उक्त सम्मेलनमा उर्जामा आत्मनिर्भर हुन, कृषि उत्पादन बढाउने र वातावरण प्रदूषण न्यूनिकरण गर्न बारे छलफल हुने बताइएको छ।
साथै सहरी विकास, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विकास गर्नेबारे पनि वार्ता हुने छ। यसका लागि करिब १ सय ६० वटाभन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुने बताइएको छ। छलफलको निश्कर्षहरुको एउटा स्वेतपत्र बनाइ सरकारलाई बुझाउने कार्यक्रम रहेको आयोजक संस्थाले बताएको छ।
पुनर्निर्माण भएका घर तीन लाख नाघे
भूकम्प पछि पुनर्निर्माण भएका निजी आवासको संख्या तीन लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ। प्राधिकारणका सह प्रवक्ता मनोहर घिमिरेका अनुसार हालसम्म तीन लाख पाँच हजार ८८३ आवासको पुनर्निर्माण भइसकेको छ। यस्तै दुई लाख ५१ हजार ५२७ घर निर्माण हुन बाकिँ रहेको पनि उनले बताए।
यस्तै प्राधिकरणले चारवटा एकिकृत वस्ती विकासको योजना स्विकृत गरेको छ।
"सिन्धुपाल्चोकमा दुईवटा, दोलखा र नुवाकोटमा जोखिममा रहेका वस्तिहरुलाई सुरक्षित स्थानमा सार्ने र त्यहाँ एकिकृत वस्ती विकास गर्ने निर्णय भएको छ," सहप्रवक्ता घिमिरेले बताए।
आयोगको आठ बुधेँ निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले निर्माला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषि पत्ता लागइ कार्वाहि गर्न सरकारलाई ८ बुँदे निर्देशनपत्र पठाएको छ। उक्त पत्रमा आयोगले सरकारले हालसम्म गरेको अनुसन्धान प्रति असन्तुष्टि जनाएको छ। भेटिएका प्रमाणहरुको वैज्ञानिक परीक्षण हुन नसकेको पनि उल्लेख गरिएको छ। जसले गर्दा न्याय पाउने बारे आम मानिस तथा पीडित परिवारमा नराशा बढेको उसले भनेको छ।
पछिल्लो समय बालिका हिंसा बढेको तथ्यांकले देखाएको भन्दै प्रहरीले विभिन्न विद्यालयहरुमा यस्तो तालिम दिइन थालेको हो। महिला माथि हुने कुल हिंसा मध्येको एक तिहाइ १६ वर्ष मुनिका बालिका माथि हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ।
गृहमन्त्री रामबहादुर थापाले ७० प्रतिशत हिंसाका कारक मदिरा भएकाले यसलाई नियन्त्रण गर्न जुट्नु जरुरी रहेको बताएका छन्। हिंसा रोक्न स्थानिय तहबाटै जनता परिचान गरेर आन्दोलन र अभिया सञ्चालन गर्नुपर्ने मन्त्री थापाले बताए।
नेपाल खाद्य संस्थानले शुक्रबारदेखि च्याङ्ग्रा र खसी बोका बिक्री गर्न थालेको छ। दशैंका लागि मुस्ताङ्कबाट एक हजार च्याङ्ग्रा ल्याइएको संस्थानले जनाएको छ।
यस्तै एक हजार खसी बोका पनि बिक्रिका लागि ल्याइएको संस्थाका महाप्रबन्धक योगेन्द्र गौचनले बताए। उनका अनुसार च्याङ्ग्रा प्रति किलो ७सय र खसीबोका ५ सय रुपियाँमा राखिएको छ। असोज ३० गतेसम्म खसीबोका र च्याङ्ग्रा बिक्रि हुने बताइएको छ।
यसैबीच कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले काठमाण्डूमा स्वस्थ मासुको व्यवस्थापन गर्नका लागि हेटौंडामा दैनिक २ सय वटा राँगो काट्ने क्षमता भएको बधशाला उपयोगमा ल्याउने र काठमाण्डू उपत्यकामा ४० वटा मिटमार्ट निर्माण गर्ने सरकारको योजना रहेको बताएका छन्।
महिला टोली बरियतामा
नेपाल आईसीसी महिला टी-२० क्रिकेटको बरियतामा परेको छ। आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ४६ राष्ट्रमध्ये १८औं स्थानमा रहेको छ। नेपालको महिला टोलीले ११७ अंक पाएको छ।
पछिल्लो समय महिला क्रिकेट नभइरहेको अवस्थामा आईसीसीको बरियतामा परेको समाचारले महिलाहरुलाई उक्त खेलमा सहभागी हुन हौसला मिलेको राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीले बताइन्।
नेपालले पछिल्लो पटक गत मङ्सिर महिनामा थाइल्याण्डसंग भएको विश्व टी-२० एशिया छनोट खेलेको थियो। बरियताको शिर्ष स्थानमा २८० अङ्क पाएको अस्ट्रेलिया रहेको छ।
काठमाण्डूका सडक निर्माण
राजधानीमा आयोजित एउटा कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टि (नेकपा) का एक जना अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजधानीका सडको खाल्डा चाँढै पुरिने बताएका छन्।
मेलम्चिको पानी राजधानीमा ल्याउनका लागि पाइप राख्ने क्रममा राजधानिका अघिकाशं सडक खनिएका छन् र त्यसले गर्दा लामो समयदेखि सडकमा खाल्डा खुल्डि परेका कारण प्रदुषण पनि बढेको छ।
खनिएका सडक निर्माण नहुँदा राजधानीबासीले पानी पर्दा हिलो र घाम लाग्दा धुलो खान बाध्य भएका छन्। जसमध्ये चाबहिल-बौद्ध सडक खण्डको खराब स्थितिले निकै चर्चा पाउने गरेको छ।
केहि समय अघि नेपालले आयोजना गरेको विमस्टेक सम्मेलनमा उक्त सडक खण्ड मर्मत हुन गर्न नसकेका कारण विशिष्ट विदेशी पाहुनाहरुलाई रिट्रिटका लागि गोकर्ण लाने भन्ने योजना रद्ध गर्नु परेको थियो।
गोकर्ण नजिकैको कागेश्वरी मनहरा नगरपालीका पुगेका प्रचण्डले स्थानीयबासीलाई सम्बोधन गर्दै भने, “यो बाटोको हालत देखेर मलाई नमिठो लाग्यो। हिलो र खाल्डाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो दलको नेतृत्वतहमा राम्रो समझदारी छ। अनी प्रधानमन्त्री ज्यू र मेरो एउटा संकल्प छ ‘काठमाण्डू बनाएपछि नेपाल नयाँ बनाउने प्रकृया सुरु हुनेछ’।”
अर्को बर्खा सुरु हुनु अघी काठमाण्डूका बाटो मर्मत गर्ने काम सिकसक्ने पनि उनले बताए।
विगतका कुनै पनि सरकार स्थिर हुन नसक्दा जनताले दु:ख पाएको र राष्ट्र समेत समस्यामा परेको उनले बताए।
यस्तै केहि समय यता नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का वरिष्ठ नेता वामदेव गौतमले काठमाण्डू निर्वाचन क्षेत्र नम्बर ७बाट उपनिर्वानमा भाग लिने भन्ने चर्चा सकिएको पनि बताए। उक्त निर्वाचन क्षेत्रबाट चुनाव जितेका रामवीर मानन्धरले पार्टिमा राजिनामा दिएको र त्यहाँबाट गौतमले चुनाव लड्ने भन्ने विवरणहरु आएपछि यस विषयले साता भरि चर्चा पाएको थियो। तर अब त्यो विषय सकिएको प्रचण्डको भनाई छ।
उनले भने, "रामवीरको राजीनामा वामदेव चुनाव लड्ने बारे तपाईहरुले टेन्सन लिइ राख्नु पर्दैन यसबारे पार्टिले निर्णय गर्छ। अहिले त्यो लफडामा हामी लाग्दैनौं। हिजो बाट स्वयमं वामदेवजीले म लड्दिन भन्नु भनिसक्नु भयो, सिध्दियो कुरा।"
राउत फेरी पक्राउ परे
मधेशलाई छुट्टै राज्य बनाउने अभिव्यक्ति दिँदै आएका डा सिके राउत पक्राउ परेका छन्। असोज २१ गते राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो।
जिल्ला अदालत रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षककेदार ढकालका अनुसार राज्य विरोधी अभिव्यक्ति दिएकाले उनलाई पक्राउ गरिएको हो।
दशैं खर्च लिन राउटे राजधानीमा
कर्णाली प्रद्श र प्रदेश नम्बर सातका केहि भागमा बस्ने एउटा फिरन्ते समूह राउटेहरु दशैं खर्च लिन काठमाण्डू आएका छन्। उनीहरु हरेक वर्ष दशैं मनाउने खर्च लिन काठमाण्डू आउने गर्छन्।
यो वर्ष पनि चार जना राउटेहरुको समूह संघीय राजधानी आइपुगेको छ। तर एक साता विभिन्न मन्त्रालय धाउँदा पनि खर्च पाउन गाह्रो परेको सो समूहका ठालू हरि बहादुर शाहीले बताए।
“गृह मन्त्रालय देखि सामान्य प्राशासन, अर्थ लगायका मन्त्रालय धाउनु पर्यो,” शाहीले भने, “तर अब पैसा दिने भनेका छन् लिएर मात्र जान्छौं।”





