Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपालमा बोलिने १३१ भाषाहरू मध्ये ३७ भाषा लोपोन्मुख : साप्ताहिक नेपाल सन्दर्भ

Nepali endangered language

पछिल्लो जनगणनाले हाल नेपालमा १३१ भाषा बोलिने गरेकोमा ३७ भाषा लोपोन्मुख भएको देखाएको छ। यसै सन्दर्भमा भाषा आयोगका उपसचिव गेहनाथ गौतमसँग गरिएको कुराकानीका साथै पछिल्लो सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


पछिल्लो जनगणनाले हाल नेपालमा १३१ भाषा बोलिने गरेकोमा ३७ भाषा लोपोन्मुख भएको देखाएको छ। यसै सन्दर्भमा भाषा आयोगका उपसचिव गेहनाथ गौतमसँग गरिएको कुराकानीका साथै पछिल्लो सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा:

  • नेपालमा कोरोनाको तेस्रो लहरको सङ्क्रमण निकै कम भइसकेको छ। प्रतिदिन नयाँ सङ्क्रमित हुने मानिसको सङ्ख्या ५०० भन्दा कम छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजारको हाराहारीमा छ।
  • अमेरिकी सरकारले नेपाललाई दिन लागेको सहयोग एमसीसी फेरी पनि विवादित बनेको छ। एमसीसी प्रतिनिधिसभामा प्रस्तुत गर्ने दिन बुधवार सदन र सडकबाट त्यसको विरोध भएको थियो, र ५० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका थिए। शुक्रवार पनि फेरी त्यसै गरी विरोध भएपछि सरकार पछि हट्न बाध्य भएको छ। एमसीसी सदनबाट पारित गराउनका लागि प्रधानमन्त्री देउवा प्रतिपक्षी दलका नेता केपी ओलीलाई मनाउन ओली निवास बालकोट पुगेका छन्, तर यस विषयमा कुनै निष्कर्ष भने आएको छैन। प्रतिनिधिसभाको अर्को बैठक आइतबार हुने भनिएको छ।
  • एमसीसीकै कारण नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा पनि परेको छ। एकातर्फ एक जना अमेरिकी नेता डोनाल्ड लुले नेपाललाई एमसीसी पास नगरे अमेरिकाले नेपाल सम्बन्धी नीति परिवर्तन गर्न सक्ने बताएका छन् भने अर्कोतर्फ चीनले अमेरिकाको जबरजस्ती कूटनीतिको विरोध गरेको बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले अमेरिकाको आग्रहका बारेमा त्यस्तो अभिव्यक्ति दिएका हुन् भने अमेरिकाले नेपालले दबाब दिएको होइन भन्दै स्पष्टीकरण पनि दिएको छ।
  • नेपालले ओमानमा जारी क्रिकेटको २०-२० विश्वकपको छनोटमा लगातार दोस्रो जीत हात पारेको छ। ओमान र फिलिपिन्सलाई जितेपछि नेपाल छनोटको सेमिफाइनलको नजिक पुगेको छ।
  • र, भोलि विश्व मातृभाषा दिवस। नेपालमा सन् २०२२ को जनगणना अनुसार १३१ वटा भाषा बोलिन्छन्, र ती मध्ये कतिपय लोपोन्मुख अवस्थामा रहेका छन्। यस अवसरमा मैले भाषा आयोगका उपसचिव गेहनाथ गौतमसँग नेपालका मातृभाषाहरूका बारेमा कुराकानी गरेकी छु।

 

"पछिल्लो जनगणना अनुसार नेपालमा १२३ वटा भाषा बोलिने कुरा अभिलेख गरिएको थियो भने यो जनगणनामा थप ८ वटा भाषा थपिएका छन्। अर्थात् अहिले नेपालमा १३१ वटा भाषा बोलिन्छन्," गौतम भन्छन्।

पुरा रिपोर्ट सुन्नुहोस्: नेपालमा बोलिने १३१ भाषाहरू मध्ये ३७ भाषा लोपोन्मुख : साप्ताहिक नेपाल सन्दर्भ हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

"नेपालमा विभिन्न परिवारका भाषा बोलिन्छन्। त्यसमध्ये किराँत परिवारका धेरै छन्, करिब ३० वटा भाषा छन्। त्यसबाहेक, भोट बर्मेली, भारोपेली, परिवारका भाषा छन् भने कतै कुनै सम्बन्धी नभएको एक्लो कुसुण्डा भाषा पनि बोलिन्छ।"

Gehanath Gautam
Source: Gehanath Gautam/ facebook

नेपालले एक हजार भन्दा कम वक्ता भएका भाषालाई लोपोन्मुख भाषा भनेको छ, र हाल १३१ मध्ये ३७ भाषा लोपोन्मुख मानिएका छन्। ती मध्ये पनि कुसुण्डा भाषाकी एक जना मात्र वक्ता अब बाँकी छिन्।

त्यस्तै गरी, तिलुङ, बराम, दुरा, लिङ्खिम, जस्ता भाषा पनि अति सङ्कटापन्न छन्।

"भाषा आयोगले यी मध्ये केही भाषाको भाषा कक्षा सञ्चालन गरिरहेको छ भने आयोगकै भाषा संरक्षण तथा संवर्द्धन शाखाले यी भाषाहरूको अभिलेखीकरण पनि गरेको छ। अभिलेखीकरण अन्तर्गत वर्ण निर्धारण, शब्द सङ्कलन, व्याकरण निर्धारण आदि पर्दछन्," गौतम भन्छन्।

वक्ताहरू नभएको भाषाको पनि अभिलेखीकरण गर्नु जरुरी रहेको गौतम बताउँछन्।

तर हाल भने देशभित्र नेपाली र विश्वव्यापी रूपमा अङ्ग्रेजीको प्रभाव बढिरहँदा यस्ता भाषाहरू झन् छिटो लोपोन्मुख भइरहेका छन्। विशेष गरी विदेशमा रहेका मानिसहरूलाई भाषाको पुस्तान्तरण गर्न अप्ठ्यारो भइरहेको छ।

"भाषा जति बोलिन्छ त्यति समृद्ध हुन्छ, त्यसैले घरपरिवारभित्र सकेसम्म आफ्नो भाषा बोलेर त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने कोसिस गर्नुपर्छ," गौतमको विचार छ। "विदेशमा भएका प्रबुद्ध समूहहरूले पनि यसका लागि मञ्चहरू बनाउनुपर्छ।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now