अस्ट्रेलियामा सल्केको भयानक डढेलोको कारणले अहिलेसम्म मरेको जीव जन्तुको संख्या एक अर्ब भन्दा बढी रहेको बताईन्छ। यस बाहेक बाँचेका जीनजन्तुहरु पनि उपयुक्त वातावरणको अभावमा मासिने सक्ने संभाबना रहेको विज्ञहरुले चेतावनी दिएका छन्।
यस डढेलोको प्रभाव- दशकौ सम्म पनि देखिन सकिने उनीहरुले बताएका छन्।
अनुमान गरिएको एक अर्ब भन्दा बढी जीवजन्तुहरुको संख्यामा चमेरो, भ्यागुता लगायतका साना जनावरहरु नजोडिएको बताईन्छ।
समग्रमा, यो संख्याभन्दा बढी जीवजन्तुहरु मारिएको अनुमान गरिएको छ।
शुरुमा, आधा अर्ब जनावरहरु मारिएको अनुमान लगाईए पनि, अहिले आएर यो संख्या दोब्बर हुने सम्बन्धित विज्ञहरुले बताएका छन्।

क्वाला र कङ्गारु जस्ता अस्ट्रेलियाका चिनारी बोकेका जनावरहरु निकै नाश भएको अधिकारीहरुको भनाई छ।
पुटोरो भनिने सानो कङ्गारूको जाति, कालो सुँगा र डायमण्ड पाईथन नामक साँप पनि यस डढेलोबाट मासिएको चिन्ता छ।
ड्यारल जोन्स ग्रिफित विश्वविधालयका प्राध्यापक हुन र उनको भनाईमा अस्ट्रेलियाको यसपल्टको डढेलोले यसको पूर्वी भेगको वातावरणलाई उथल-पुथल गरेको बताउछन्।
यस देशले यसअघि यति विधि आगो चारैतिर नदेखेको बताउदै, यसका कारण यहाँको जीवजन्तुलाई आवश्यक पर्ने वातावरणिय संरचनामै क्षति भएको हुन सक्ने बताउछन्।
आगो छिटै फैलिएकाले धेरै जनावरहरु भाग्न असफल भएका थिए, र यसले गर्दा उनीहरु आगोको ज्वालामा जलेको जनाईएको छ।
तर बाँचेकाहरुको पनि समस्या सकिएको छैन।
घाँस र वनस्पति जलेका कारणले यि जनावरहरु भोकले छट्पटाईरहेका र साथै कतिपय घाईते पनि भएकाले यिनिहरु लामो समयसम्म बाँच्न गाह्रो हुने उनको भनाई छ।
यसका कारणले सबैजना मिलेर यस बाँकी रहेका जीव जन्तुको संरक्षण गर्नु पर्ने जोन्सको विचार छ।
ठूला जमीनमा जनावरहरुको लागि खाना छोड्न उनले अपिल गरेका छन् तर पाउरोटि, मासुको परिकार तथा चिनी र नून भएको खाना चाहि नछोड्न उनले सल्लाह दिएका छन्।
बर्षासँगै वनस्पतिमा पनि ज्यान आउने, हरियाली छाउने कुरा त पक्का छ, तर यो सँगै पशुपक्षीहरु पनि त्यसै अनुसारले समाहित हुन्छन् त भन्ने मुख्य प्रश्न हो भनि जोन्स बताउछन्।

चार्ल्स स्टुवर्ट विश्वविधालयका डा. एन्ड्रु पीटर्स पनि पहिले देखिनै तनावमा भएको यी जीव जन्तुलाइ यसपल्टको डढेलोले झनै दु:ख दिएको बताउछन्।
ज्यान गएका जनावरहरुको संख्यामा मात्रै हाललाई ध्यान गएको बताउदै, उनले बाँचेकाहरु पनि धुँवाको कारण र आशिक रुपमा जलेको कारण – अस्वस्थ्य रहेको उनले बताए।
यसमाथि, सुख्खाले गर्दा वनस्पति धेरै मरेका र बाँकी रहेका पनि अब जलेर नाश भएका छन्। यसले गर्दा एक अर्कामा भर पर्ने पशुपक्षीको जैविक- चक्रमै प्रभाव पर्ने भय अहिले रहेको उनले बताए।
पिटर्सका अनुसार बाचेका साना जनावरहरु अब निकै तनावमा रहेने छन।
उनीहरुको वातावरण असन्तुलित भएको छ यसले गर्दा यसमा केहि जनावरहरुको जात भने विजेता हुन सक्ने उनको भनाई रहेको छ।
पर्यावरण र जैविक-संरक्षण संस्थामा काम गर्ने डा. स्टुवर्ट ब्लांकले केन्द्रिय सरकारले राष्ट्रिय रुपमा पर्यावरण संरक्षणको निति अवलम्बन गर्नु पर्ने बताउछन्।
शुरुमा अहिले को क्षतिको मर्मत-संभार गर्नु पर्ने, त्यसपछि विरुवाहरु रोप्नु पर्ने आवशयक्ता रहेको, अनि पुन: नविकरण हुने उर्जामा ध्यान दिनु पर्ने कुरामा उनी जोड दिन्छन्।




