जाने होइन त मेलबर्नको नेपाल महोत्सवमा ?

Source: Facebook/Nepal Festival Melbourne
आउँदो शनिवार मेलबर्नको मुटुमा रहेको फेडेरेशन स्क्वेरमा नेपाल महोत्सवको पाँचौँ संस्करण आयोजना हुँदैछ। अस्ट्रेलियाका विभिन्न सहरहरूमा हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको नेपाल महोत्सवको सुरुवात मेलबर्नबाट दश वर्ष अगाडि सन् २००८बाट भएको हो। यसै सन्दर्भमा हामीले मेलबर्नको नेपाल महोत्सव आयोजना समितिका अध्यक्ष केशव कँडेलसँग गरेको कुराकानी उपलब्ध मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नसक्नुहुनेछ। मेलबर्नको नेपाल महोत्सव बारे थप जानकारी यो पृष्ठको अङ्ग्रेजी संस्करणमा उपलब्ध रहेको छ।
Share



