Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

धान रोपाइँका बिच देशका विभिन्न स्थानमा बाढी, पहिरो र हैजाको प्रकोप: साप्ताहिक नेपाल सन्दर्भ

Paddy sowing in Nepal, planting paddy

असारको महिना धान रोप्ने चटारोका बिच देशका विभिन्न स्थानमा वर्षा र बाढी पहिरो जाने क्रम जारी रहेको छ। साथै काठमान्डुका कम्तीमा १० ठाउँमा हैजाको ब्याक्टेरिया भएको पुष्टि भएको लगायत पछिल्लो सात दिनका प्रमुख समाचारका साथ एक विशेष कुराकानी सुन्नुहोस्।


Published

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


असारको महिना धान रोप्ने चटारोका बिच देशका विभिन्न स्थानमा वर्षा र बाढी पहिरो जाने क्रम जारी रहेको छ। साथै काठमान्डुका कम्तीमा १० ठाउँमा हैजाको ब्याक्टेरिया भएको पुष्टि भएको लगायत पछिल्लो सात दिनका प्रमुख समाचारका साथ एक विशेष कुराकानी सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा:

  • अदालतले निजगढ विमानस्थल सम्बन्धी गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ, जसमा विमानस्थल बनाउनका लागि बाटो भने खुला राखिएको छ। एक महिना अगाडि सर्वोच्च अदालतले निजगढ विमानस्थलको निर्माण प्रक्रिया रोकिदिएको थियो। बाराको निजगढमा नेपाल सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया थालेको २५ वर्ष भन्दा बढी भइसकेको छ। हाल भने नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अलावा लुम्बिनीमा र पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेका छन्, र यस सन्दर्भमा निजगढ विमानस्थलले वातावरणको विनाश मात्र गर्ने भनेर त्यसको विरोध भइरहेको छ। अदालतको फैसलामा न्यून वातावरणीय क्षति गरेर निजगढ विमानस्थल बनाउने विकल्प खोज्ने आदेश दिइएको छ।
  • काठमान्डुमा कम्तीमा १० ठाउँमा हैजाको ब्याक्टेरिया भएको पुष्टि भएको छ भने कम्तीमा १४ जना यसका बिरामी भइसकेका छन्। देशका विभिन्न ठाउँमा समेत हैजा देखिएकाले यसको महामारी फैलिने जोखिम देखिएको छ। बर्खा याममा यो रोग सामान्यतया फैलिने अवस्थामा यस वर्ष काठमान्डुमा फोहोर मैला नउठेर समस्या भएकाले सङ्क्रामक रोगको जोखिम झन् बढेको देखिन्छ। प्रतिक्रियामा सरकारले सडकमा पाइने खानेकुरा र माग्ने मानिसहरू प्रतिबन्धित गरेको छ, जसले थुप्रै मानिसको जीविकोपार्जनमा समस्या भएको छ।
  • असार महिनालाई 'मानो छरेर मुरी उब्जाउने' समय भनेर चिनिने गर्दछ। राष्ट्रिय धान दिवसका अवसरमा देशभर असार पन्ध्र मनाइएको छ। गत बुधवार धान रोपाइँ गर्दै दही चिउरा खाएर यो दिवस मनाइएको हो।  
  • यो हप्ता पनि देशभर वर्षा हुने र बाढी पहिरो जाने क्रम जारी छ भने देशभर वर्षा भएका स्थानमा धान रोपाइँ पनि भइरहेको छ।

नेपालले यस वर्ष देखि इलेक्ट्रोनिक पासपोर्टको वितरण गर्न सुरु गरेको छ।

यसलाई तेस्रो पुस्ताको राहदानी भनिने राहदानी विभागले बताएको छ, यो भन्दा पहिले नेपालमा हस्तलिखित राहदानी र त्यसपछि यन्त्र वाचक अर्थात् मसिन रिडेबल राहदानीको प्रचलन रहेको थियो।

गत फेब्रुअरी महिनामा नेपालले पहिलो विद्युतीय राहदानी जारी गरेर तेस्रो पुस्ताको राहदानीको सुरुवात गरेको थियो, जसले विदेश यात्रा गर्दा नेपालीहरूलाई सजिलो हुने अपेक्षा गरिएको छ।

यसै क्रममा विदेशस्थित नेपाली दूतावासहरूले पनि विद्युतीय राहदानी वितरण गर्न थालेका छन्।

पुरा रिपोर्ट सुन्नुहोस्:null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

राहदानीमा बायोमेट्रिक अर्थात् शारीरिक विवरण सङ्कलनका लागि दूतावासमै पुग्नुपर्ने अवस्था रहेको छ, जसका कारण दूतावास भन्दा टाढा बस्ने नेपालीहरूलाई अप्ठ्यारो परेको गुनासो पनि सुनिएका छन्।

राहदानी विभागका निर्देशक तथा प्रवक्ता शरद राज आरणले टाढा रहेका नेपालीका लागि घुम्ती टोली र मोबाइल किट पठाइने र त्यतिन्जेल सम्मका लागि राहदानी आवश्यक भएमा पुरानै मसिन रिडेबल पासपोर्टका लागि आवेदन दिन मिल्ने बताएका छन्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now