SKIP TO MAIN CONTENT

नेपालमा यो वर्षको साहित्य पुरस्कार "पद्मश्री" किन विवादित भयो?

Modnath Prasit and Dr Sanjeev K Uprety
Modnath Prasit and Dr Sanjeev K Uprety have both declined to the "PadmaShree" award. Source: Composite from Jiwa Lamichhane's Facebook

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान अत्यन्त विवादित भएपछि यस वर्षका लागि रद्द गरिएको छ। प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो।


Published

Updated

Source: SBS



Skip to podcast episode content

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले दिँदै आएको पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान अत्यन्त विवादित भएपछि यस वर्षका लागि रद्द गरिएको छ। प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो।


प्रश्रितलाई केही वर्ष अगाडि सामाजिक अभियन्ता शारदा भुसालले यौन शोषण गरेको आरोप लगाएकी थिइन्, र त्यस्तो गम्भीर आरोप लागेका मानिससँग एउटै मञ्चमा पुरस्कार नलिने उप्रेतीले बताएका छन्।

त्यसपछि प्रश्रितले पनि पुरस्कारसँग सम्बन्धित भएर केही मानिसले आफ्नो चरित्रहत्या गर्न लागिपरेको भनेपछि आयोजक जीबा लामिछानेले एउटा विज्ञप्ति जारी गर्दै पुरस्कार यो वर्षका लागि स्थगित गरिएको बताएका हुन्।

अङ्ग्रेजीका प्रोफेसर उप्रेतीलाई उनको पुस्तक ‘हंस’ को निम्ति यस पुरस्कारको लागि मनोनीत गरिएको थियो।

Hansa by Sanjeev K Uprety won Padmashri award in Nepal
Source: Bookhill

आफू लैङ्गिक समानताका निम्ति लेख्ने तथा समर्थन गर्ने भएकाले लाञ्छनाग्रस्त मानिसलाई सँगै मनोनीत गरिएको आफ्नो लागि अस्वीकार्य भएको उनले बताएका छन्।

कम्युनिस्ट नेता, भूतपूर्व मन्त्री तथा लेखक प्रश्रितलाई सन् २०१६ मा भ्रष्टाचार विरुद्धकी अभियन्ता शारदा भुसालले आफ्नो आत्मकथा 'धरातल'मा प्रश्रितले आफूमाथि पटक पटक बलात्कार गरेको र घरबाहिर जान रोक लगाएको आरोप लगाएकी थिइन्।

पुस्तक छापिएपछि एक सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएकी थिइन्।

"ममाथि झम्टिँदा टोलै थर्किने गरी चिच्याउँथेँ। उसले अँधेरी रात मात्र भनेछ, उजेली दिनमा पनि चिच्याउँथेँ, जति बेला ममाथि बलात्कार हुने गर्थ्यो। जुन मोदेले मलाई दोस्रो दर्जाको पागलको संज्ञा दिएको छ, मेरो पागलपनको परिभाषा गरी दिएको रहेछ सानैमा मानसिक रोगी थिइन्, भुसालको पागलपन कहिले कम र कहिले बेसी हुन्थ्यो।"

प्रश्रितले भुसालको मानसिक अवस्था ठिक नभएको भन्दै त्यो आरोप अस्वीकार गर्दै आएका छन्।

पछिल्लो समयमा नेपालमा ‘मि-टू’ आन्दोलन अन्तर्गत थुप्रै महिलाहरूले आफूमाथि भएका दुर्व्यवहार सार्वजनिक गर्दै यस्ता आरोपहरू लगाएका थिए।

तर ती मध्ये कसैलाई पनि कुनै किसिमको कारबाही भएन।

उप्रेतीले भुसालको आरोपलाई गम्भीरतापूर्वक लिएर केही कदम चालेपछि नेपालमा पहिलो पटक सार्वजनिक आरोपको प्रभाव देखिएको छ।

उप्रेतीको कदमलाई केही साहित्यकार र महिला अधिकारकर्मीले प्रशंसा गरेका छन् भने केहीले आलोचना पनि गरेका छन्।

नेपालमा यौन हिंसाको उन्मूलनका लागि उप्रेतीको कदम अपुग भएको केहीको भनाइ छ भने कतिले अप्रमाणित आरोपलाई यति गम्भीरतापूर्वक लिँदा आरोपित व्यक्तिको सार्वजनिक जीवनमा नकारात्मक प्रभाव परेको भन्दै त्यस्तो गर्नु प्रश्रितमाथि अन्याय भएको पनि धारणा व्यक्त गरेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now