Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

आमाबुबाको नामले फाइदा र चुनौती निम्त्याएको छ - गायिका श्रेया सोताङ

Nepali Singer Shreya Sotang.

Nepali Singer Shreya Sotang. Source: Supplied

उदय र मनिला सोताङकी छोरी श्रेया सोताङले नेपाली सांगीतिक क्षेत्रमा अहिले आफ्नै नाम बनाउन सफल भैसकेकी छिन्। उक्त सफलताको लागि आफ्नो आमा बाबुको नामले आफुलाई धेरै फाइदा हुनुका साथै तुलनात्मक रुपमा केहि चुनौतीहरु पनि सिर्जना भएको उनि बताउँछिन्। नजिक छैन, पोल्छ मुटु र यो छोरीको रूपै राम्रो भन्ने लगायतका गीतहरुका साथ् धेरै संगीत प्रेमीहरुको मन जित्न सफल भएकी सोताङले "मन चरी" नामक एक नया गीत रिलिज गरेकी छिन्। श्रेया सोताङले आफ्नो सांगीतिक यात्राबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।


Published

Updated

By Smriti Dhungana

Source: SBS



Share this with family and friends


उदय र मनिला सोताङकी छोरी श्रेया सोताङले नेपाली सांगीतिक क्षेत्रमा अहिले आफ्नै नाम बनाउन सफल भैसकेकी छिन्। उक्त सफलताको लागि आफ्नो आमा बाबुको नामले आफुलाई धेरै फाइदा हुनुका साथै तुलनात्मक रुपमा केहि चुनौतीहरु पनि सिर्जना भएको उनि बताउँछिन्। नजिक छैन, पोल्छ मुटु र यो छोरीको रूपै राम्रो भन्ने लगायतका गीतहरुका साथ् धेरै संगीत प्रेमीहरुको मन जित्न सफल भएकी सोताङले "मन चरी" नामक एक नया गीत रिलिज गरेकी छिन्। श्रेया सोताङले आफ्नो सांगीतिक यात्राबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।


१.नेपाली संगीतमा सक्रिय तपाईको पछिल्ला सांगीतिक गतिविधिहरु के–के हुन् ?

हालै 'मन चरी’ बोलको गीत युट्युवमार्फत सार्वजनिक गरेको छु । रवि मल्लको लेखेको यस गीतमा संगीतकार कल्याण सिंहले संगीत दिएका छन् । त्यसबाहेक नयाँ गीतको रेकडिङको तयारीमा जुटेकी छु ।

२. नेपाली संगीतमा लोकप्रियताको लागि विभिन्न खालका गीतहरु आएरहेका छन् । तपाईले अहिलेको नेपाली संगीतको स्थितिलाई कसरी लिनुभएको छ ?  

नेपाली संगीतमा नसोचिएका गीतहरुले चर्चा पाइरहेका छन् । त्यसैले कस्ता गतिलाई राम्रो भन्ने भनेर सोच्न बाध्य भएको छु । राजधानी र राजधानीबाहिरको चल्ने गीतहरु फरक हुने गरेका छन् । विभिन्न सांगीतिक कार्यक्रमको सिलसिला करिव २० वटाजति क्षेत्रहरु पुग्ने अवसर पाएको थिए । त्यसबेला मैले काठमाडौंमा चर्चा पाएका गीतहरुको तुलनामा स्थानीय कलाकारहरुले गाएका गीतहरु श्रोताहरुले मनपराएको पाएको थिए । त्यसबाहेक नेपाली फिल्मका गीतको स्थित बढेको महशुस गरेको छु ।

३.युट्युवले संगीत सुन्ने संस्कृतिबाट हेनुपर्नेपनि रहेछ भन्ने बनाइदिएको छ । यसको आवश्यकताहरु के–के रहेछन् ?

कलाकारहरुको लागि संगीतको प्रमोसन हुनु जरुरी छ । फेरि युट्युवले कुनैपनि गीत सुन्नेमात्र नभएर हेनुपर्छ भन्ने स्थितिको सृजना गरिरहेको छ । कलाकारको लागि भिडियो आवश्यक भइसक्योजस्तो लाग्छ ।

४. नेपालमा हुने विभिन्न महोत्सवदेखि विदेशमा हुने सांगीतिक कार्यक्रममा कलाकारहरुले गर्ने दौडधुपको तुलनामा कमाइचाँहि कस्तो छ ?

अहिलेसम्म मैले नेपालीमा हुने स्थानीय महोत्सवहरुमा सहभागि हुने अवसर पाएकी छैन् । मेरो परिवारको मुख्य पेशा भनेको संगीत हो । नेपाली संगीतमा लागेर हाम्रो परिवार खुसीसाथ बसेका छौं । आर्थिक अभावको कारण अन्य पेशा अंगाल्नुपर्ने स्थिति आएको छैन्।

५. राम्रा र विकृति फैलाउने दुवै खालका गीतहरु अहिले दिनहुँजस्तो आइरहेका छन् । नेपाल सरकारले गीत संगीतलाई सेन्सर गर्नुपर्छ जस्तो लाग्दैन् ?

नेपालमा निकाय भएपनि खासै ध्यान नदिएको हो जस्तो लाग्छ । छनोट समितिमा भएका कर्मचारी र स्रष्टाहरुले सब खालका गीतलाई बुझ्न सक्नुपर्छ । कहिलेकाँही स–साना बालबालिकाहरुले सुन्नै नसक्नु शब्दहरु राखिएर तयार भएका गीतहरु गाइरहेका हुन्छन् । मैले आफ्ना श्रोतालाई कहिल्यै दुखित तुल्याउने खालका गीतहरु गाएकी छैन् । गीत संगीतलाई सेन्सर लगाउने भन्दापनि गुणस्तर बढाउनमा ध्यान दिनु जरुरी छ ।

६.सांगीतिक जोडी उदय सोताङ र मनिला सोताङकी छोरी भएर संगीतमा लाग्दाका राम्रा र नराम्रा अनुभव कस्ता रहे ?

आमाबुबाको नामले नेपाली संगीतमा करियर सुरु गर्दादेखि अहिलेसम्म पनि फाइदा पाएकी छु । नेपाली संगीतमा लागेदेखि मलाई गायिकाको रुपमा हेर्ने दृष्टि सकारात्मक पाएको छु । त्यसबाहेक अहिलेसम्म कोहीबाट दुरव्यवहारको सिकार हुनपरेको छैन् । नेपाली संगीतका शुभचिन्तकहरुदेखि श्रोताहरुले पनि कहिलेकाँहीचाँहि मलाई उहाँहरुसँग तुलना गरिदिनुहुन्छ । त्योचाँहि मलाई लागेको नराम्रो पक्ष हो । त्यसैले मलाई गीतहरु निकाल्नपनि तुलनात्मक रुपमा गाह्रो हुने गर्छ। 

७. संगीत सिक्नु कतिको आवश्यक रहेछ ?  

एकदमै आवश्यक छ । संगीत सिकेर आएका र नसिकेर गीत निकालेका कलाकारहरुको गीतको स्थितमा आकाश जमिनको फरक हुन गर्छ । त्यो कुरा श्रोताहरुले थाहा पाइहाल्ने गरेका छन्। रहर पुरा गर्नको लागि संगीत सिक्नु जरुरी भने हुन्न् ।

८. योजनाहरु केही बनाउनु भएको छ ?

हरेक नयाँ गीत सार्वजनिक गरेलगत्तै अर्को गीत कस्तो निकाल्नेमा धेरै केन्द्रित हुने गरेको छु । योजना बनाएर कहिल्यै काम गरिन् ।

९. संगीतमा करियर बनाउन आउनेहरुलाई केही सल्लाह छन् ?

यो क्षेत्रमा धैर्यता चाहिन्छ । एउटा गीत चलेर खासै केही नहुने भएकाले मेहेनत गरिरहनु पर्छ । त्यसबाहेक पैसापनि हुनु जरुरी जस्तो भइसकेको छ ।

१०. आफैले स्वर दिएका गीतहरुमध्ये तपाईलाई मनपरेको गीत कुन हो ?

मलाई मैले आएका राम्रो गीतमा आउन बाँकीनै छन् जस्तो लाग्छ । मेरो दोस्रो एल्बम 'प्रेलिएड’बाट 'अलिअलि’ बोलको गीत मनपर्छ ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now