Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

र्यापर भीटेनलाई पक्राउ नगर्न अदालतको अन्तरिम आदेश

Nepali rapper VTEN

Nepali rapper Samir Ghising aka VTEN Source: VTEN Facebook

प्रहरीले पक्राउ पुर्जी जारी गरेका र्यापर भीटेनलाई पक्राउ नगर्न पाटनको उच्च अदालतले अन्तरिम आदेश दिएको छ।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


प्रहरीले पक्राउ पुर्जी जारी गरेका र्यापर भीटेनलाई पक्राउ नगर्न पाटनको उच्च अदालतले अन्तरिम आदेश दिएको छ।


दसैँ अघि भीटेनले युट्युबमा सार्वजनिक गरेको पारा भन्ने गीतमा आपत्तिजनक शब्द भएको भन्दै भीटेनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई अक्टोबर २९ मा पत्राचार गरेको थियो।

त्यसको लगत्तै भीटेनले सामाजिक सञ्जालमा एउटा विज्ञप्ति राख्दै गीतले "कतिपय निकायमाथि ठेस पुगेको" भनेर माफी माग्दै गीतमा संशोधन गर्ने बताएका थिए।

nepali Rapper Vten
Source: VTEN:facebook

प्रहरीले उनलाई खोज्दै गर्दा उनी आफैँ दसैँको बिदापछि पाटनको उच्च अदालत पुगेर निषेधाज्ञाका बारेमा रिट दर्ता गरेको बताइएको छ।

मङ्गलवार अदालतले फैसला गर्दै प्रहरीले उनलाई फौजदारी मुद्दा भए पक्रन मिल्ने तर गीत सङ्गीतको बारेमा पक्रन नमिल्ने भन्दै उनलाई पक्राउ गर्ने कारण देखाउने आदेश दिएको छ।

समीर घिसिङ नाम गरेका र्यापर भीटेन युवा पुस्तामाझ लोकप्रिय छन्, र प्रहरीसँगको यस्तो द्वन्द्व उनका लागि नौलो होइन।

गत वर्ष कार्त्तिकमा पनि उनले एउटा गीतमा प्रहरीलाई डण्ठे भनेको, प्रहरी चौकीमा मद्यपानको उल्लेख गरेको, र प्रहरीको वर्दीमा लागु पदार्थ खाँदै गरेको तस्बिर फेसबुकमा राखेको देखिएपछि प्रहरीले उनलाई गिरफ्तार गरेको थियो।

त्यस बेला भिटेनले यस्ता अश्लील शब्द फेरी नदोहोर्‍याउने सर्तमा प्रहरीले उनलाई छोडेको थियो।

यस वर्ष भिटेनको "पारा" भन्ने गीत नेपालमा युट्युबको ट्रेन्डिङमा पहिलो स्थानमा थियो, र प्रहरीका बारेमा त्यस्तै शब्द गीतमा थिए। गीत सार्वजनिक भएपछिको प्रतिक्रियालाई सम्बोधन गर्दै भिटेनले लाइभ भिडियोमा यस्तो उत्तर दिएका थिए। 

"छाडा भयो त नि अब के गर्ने त। घर छोडी हिँडेपछि छाडा हुँदैन? मतलब छैन। पच्न अलि गाह्रो होला तर बाल छैन। पारा भनेको त्यही हो पारा। बाल छैन अब। हान्दिन हो बोल्दिने हो डाङडुङ मतलब छैन।"

Vten,nepali rapper
Source: VTEN:facebook

यसको लगत्तै प्रहरीले भीटेनलाई पक्राउ गर्ने पुर्जी जारी गरेको हो।

गत वर्ष झैँ यस वर्ष पनि प्रहरीको यो कदमले वाक स्वतन्त्रताको बारेमा बहस सुरु गरेको छ।

एकातर्फ भीटेनका गीतहरू अश्लील र महिलाद्वेषी छन् भन्दै प्रहरीलाई समर्थन गर्ने थुप्रै मानिस छन् भने अर्कोतर्फ जस्तो पनि गीत गाउनु कलाकारको स्वतन्त्रता भित्र पर्छ र कलाकारलाई गिरफ्तार गर्नु वाक स्वतन्त्रताको हनन हो भन्दै थुप्रैले प्रहरीको विरोध पनि गरिरहेका छन्।

अश्लील शब्दहरू लोकगीत, साहित्य लगायत अरू विधामा पनि हुने भन्दै प्रहरीले भिटेनलाई लक्षित गर्नु नहुने उनका समर्थक बताउँछन्।

प्रहरीले हत्या, बलात्कार जस्ता मुद्दामा कम सक्रियता देखाएर गीत सङ्गीतमा बढी चासो देखाएकोमा प्रहरीको सबभन्दा बढी आलोचना भइरहेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now