Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

प्रेम र कफी बीच अस्ट्रेलियाको आप्रवासी जीवन: निरु त्रिपाठीको 'पेरिस्कानो'

Niru Tripathi's first novel Parisccano

Niru Tripathi's first novel Parisccano Source: Facebook, MY Studio

अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी पत्रकार तथा गीतकार निरु त्रिपाठीले गत जनवरीमा आफ्नो पहिलो उपन्यास "पेरिस्कानो" प्रकाशन गरेकी थिइन्। यस विषयमा हाम्रा सहकर्मी आभास पराजुलीसँगको उनको कुराकानी माथि सुन्नुहोस्।


Published

Updated

By Dinita Rishal

Presented by Abhas Parajuli

Source: SBS




Share this with family and friends


अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएकी पत्रकार तथा गीतकार निरु त्रिपाठीले गत जनवरीमा आफ्नो पहिलो उपन्यास "पेरिस्कानो" प्रकाशन गरेकी थिइन्। यस विषयमा हाम्रा सहकर्मी आभास पराजुलीसँगको उनको कुराकानी माथि सुन्नुहोस्।


आफू कक्षा आठमा छँदा विद्यालयका प्रधानाध्यापकले सबैको अगाडी आफ्नो निबन्धको प्रशंसा गरेको याद गर्दै त्रिपाठी भन्छिन्, "त्यति बेला 'ओ हो! मैले राम्रो लेख्न सक्दो रहेछु। यदि मैले मिहिनेत गरेँ भने अझै म अगाडी जना सक्छु कि' भन्ने सोच आयो।" 

चार वर्षको लगातार मिहिनेत पछि तयार भएको यस किताबमा अस्ट्रेलियामा रहेका नेपाली अन्तराष्ट्रिय विद्यार्थी तथा आप्रवासीहरूको कथा व्यथालाई समेटिएको छ।  

"मलाई नयाँ तरिकाबाट कथा लेख्नु पर्ने छ, नयाँ पात्रहरू जन्माउनु पर्ने छ भनेर मेरो दिमागमा पहिलेदेखि नै थियो।", यस उपन्यासको रोचक विषयवस्तुको बारेमा बताउँदै त्रिपाठीले भनिन्।

Niru Tripathi's first novel Parisccano
Niru Tripathi's first novel Parisccano Source: Facebook

आफू एक पटक ट्रेनमा यात्रा गरिरहेको समयमा पेरिस नाम गरेका एक अस्ट्रेलियन पुरुषसँग भेट भएको, र उनीसँगको १० मिनेटको छोटो कुराकानी पछि यही विषयमा कथा लेख्छु भनेर निर्णय गरेको उनी बताउँछिन्।

"कुरा गर्दै जाँदा खेरि, वहाँ नेपाल धेरै गइरहेको मान्छे - नेपाल प्रेमी हुनुहुँदो रहेछ।", त्रिपाठी भन्छिन्।

"ती व्यक्तिले आफ्नो परिचय दिँदै गर्दा खेरी, मलाई उनको नाम चाहिँ कस्तो राम्रो लाग्यो।

उसको नेपालसँगको माया, ममता - त्यो दस मिनेटमा मैले जुन ऊ भित्र पाएँ - त्यो चीजले मेरो मनलाई छोयो, र मेरो मन मस्तिष्कमा बसिहाल्यो।"

आफ्नो पात्रलाई पेरिस नाम दिँदै उनले पहिले "कफी-कुमारी" नामक छोटो कथा लेखेकी थिइन् र "पेरिस्कानो" त्यही कथाको उपन्यास रूप हो।

Parisccano writer Niru Tripathi signing her book
Parisccano writer Niru Tripathi signing her book Source: Facebook, MY Studio

कफी र प्रेमको सेरोफेरोमा बुनिएको यस कथामा अझै यथार्थताको स्वाद दिन उनले आफैँ पनि कफी बनाउने तालिम लिएको अनुभव निकै उत्साहका साथ सुनाइन्।

यस उपन्यास अस्ट्रेलियाको आप्रवासी जीवन, घरेलु हिंसा र स्थायी रेसिडेन्सी (पी आर) जस्ता गम्भीर विषयवस्तुहरूमा आधारित भएकाले उनले किताब लेख्नु अघि शैक्षिक परामर्शदाता, अध्यागमन एजेन्ट र वकिलहरूबाट पनि पर्याप्त जानकारी लिएकी थिइन्।

'पेरिस' र 'मनु' नाम गरेका दुई मुख्य पात्रहरूको जिन्दगीको उतारचढावलाई चित्रण गर्दै यस किताबले कैयौँ पेरिस र मनुहरूको पहिचानलाई सँगालेको उनको विश्वास छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now